निर्णय नं. ८२६१ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२६१ - परमादेश भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०७/०८ २७०४ निर्णय नं. ८२६१ फागुन, २०६६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री गौरी ढकाल संवत् २०६१ सालको रि.नं.९७५८ आदेश मितिः २०६६।७।८।१ मुद्दा : परमादेश । पुनरावेदक विपक्षीः का.जि.का.म.न.पा. वडा नं. ३१ वागवजार स्थित साविकमा नेपाल बैंक अफ सिलोन हाल नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि.का. तर्फबाट अख्तियार प्राप्त ऐ. का प्रवन्ध निर्देशक नरेन्द्र भट्टराई विरुद्ध प्रत्यर्थी निवेदकः ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १५ बस्ने कृष्णबहादुर कुँवर पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री गिरीशचन्द्रलाल मा.न्या. श्री ज्ञानेन्द्रबहादुर कार्की § आफूसमेत सञ्चालक रहदाको अवस्थामा लिएको कर्जा चुक्ता गरी सञ्चालक समेतबाट हटिसकेको र सो कम्पनीले लिएको ऋण तथा वैकिङ्ग कारोवारको हकमा आफूले राखेको धितो कायम नरही व्यक्तिगत रुपमा समेत जिम्मेवार नहुने भनी स्पष्ट रुपमा उल्लेख गरी बैंकमा निवेदन दिइसकेको अवस्थामा सुरक्षणबापत रहेको भन्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्यामकुमार खत्री प्रत्यर्थी निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय कृष्णप्रसाद सापकोटा एवं मणिराज आचार्य अवलम्वित नजीरः सम्बद्ध कानूनः आदेश न्या. खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०६०।११।१२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम विपक्षीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ :– म निवेदकका नाममा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम श्री ५ को सरकार घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंमा मिति २०५१।४।६ का दिन प्रा.फ.नं. १७५३।२६ को कृष्ण पश्मिना आर्टस नामको प्रोपाइटरसीप फर्म दर्ता गरी हालसम्म सञ्चालन गरी आएको छु । श्री ५ को सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयबाट म निवेदक कृष्णबहादुर कुंवर, श्रीमती शारदा कुँवर एवं कमलप्रसाद भारतीका नाममा क्रमशः रु.१२,५०,०००।–, २५,००,०००।– र १२,५०,०००।– वरावरको शेयर कायम रहने गरी मिति २०५५।२।२९ का दिन इ. (प्रा.) लि. नं. ८६२६।०५४।०५५ बाट रुम्वा कार्पेट इ. (प्रा.) लि. दर्ता भएको र कृष्ण पश्मिना आर्टस र रुम्वा कार्पेट ई. (प्रा.) लि. का नामबाट क्रमशः रु.२५,००,०००।– र २५,००,०००।– ओभरड्राफ्ट कर्जा विपक्षी बैंकबाट प्राप्त भएको थियो । सो ओभरड्राफ्ट कर्जा प्राप्त गर्नको लागि विपक्षी बैंकलाई सुरक्षणबापत म निवेदक कृष्णबहादुर कुँवरका नाममा दर्ता रहेको ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ५(क्ष) हाल वडा नं. १५ को कि. नं. ३२२ को क्षे.फ. १–५–३–० जग्गा र सोमा वनेको घर समेत दृष्टिवन्धकको लिखत रजिष्ट्रेशन गरी मालपोत कार्यालय ललितपुरको पत्रबाट रोक्का रहेको थियो । रुम्बा कार्पेट ई. (प्रा.) लि. को लागि विपक्षी बैंकबाट जारी भएको ओभरड्राफ्ट कर्जा रु.२५,००,०००।– को साँवा व्याँज लगायतको सम्पूर्ण रकम चुक्ता गरी मिति २०५६।१२।५ गते म निवेदक कृष्णबहादुर कुँवर र शारदा कुँवर समेतको सम्पूर्ण शेयर कम्पनीको अर्का सञ्चालक कमलप्रसाद भारतीलाई विक्री गरिसकेको र कम्पनी रजिष्ट्रारको मिति २०५७।६।६ को पत्रले रुम्वा कार्पेट इ.(प्रा.) लि. मा एकजना मात्र सञ्चालक विपक्षी मध्येका कमलप्रसाद भारती रहनु भएको छ । मिति २०५६।१२।५ पश्चात् रुम्वा कार्पेट इ.(प्रा.) लि. मा मेरो कुनै प्रकारको संलग्नता नरहेकोले मिति २०५८।५।११ म