निर्णय नं. १०३६४ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३६४ - बन्दीप्रत्यक्षीकरण भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७५/०२/३१ १८९२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही आदेश मिति : २०७५।२।३१ ०७४-WF-००२७ मुद्दाः- बन्दीप्रत्यक्षीकरण निवेदक : सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका वडा नं. १८ घर भई हाल क्षेत्रीय कारागार कार्यालय झुम्का, सुनसरीमा थुनामा रहेका विशु भन्‍ने विश्‍व चौधरीको हकमा चक्रवर्ती हवी एजुकेसन एकेडेमी कलेज अफ ल मा अध्ययनरत सुनिलकुमार चौहान विरूद्ध विपक्षी : सुनसरी जिल्ला अदालतसमेत निवेदक प्रतिवादी नाबालक हुन् वा वयस्क हुन् भन्ने सम्बन्धमा निवेदक प्रतिवादीउपर मुद्दा चलेको सुनसरी जिल्ला अदालतले प्रमाण सङ्कलन गर्दै गर्दाको अवस्थामा उसले संकलित प्रमाण परीक्षण गरेर आदेश गर्न नपाउँदै सर्वोच्च अदालतबाट आदेश गर्दा सुरू अदालतको न्यायिक अधिकार प्रतिस्थापन हुनुका साथै न्यायिक स्वायत्तताको सिद्धान्तविपरीत हुने । (प्रकरण नं.५) निवेदक प्रतिवादीले दोहोर्‍याई हेरिपाउँको अनुमति माग नगरी असाधारण अधिकार क्षेत्रअन्तर्गत बन्दीप्रत्यक्षीकरणको निवेदन दिएको अवस्थामा साधारण अधिकारक्षेत्र संकुचन हुने गरी सर्वोच्च अदालतले आदेश गर्न नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६३, असार, नि.नं.७६७२ ने.का.प.२०६५, पुस, नि.नं.८०१५ सम्बद्ध कानून : नेपालको संविधान बालबालिकासम्बन्धी ऐन, २०४८ न्याय प्रशासन ऐन, २०७३ बालअधिकारसम्बन्धी महासन्धि, १९८९ यस अदालतमा यस अघि आदेश गर्नेः माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की मा. न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई आदेश न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: यस अदालतको संयुक्त इजलासको आदेशमा माननीय न्यायाधीशहरूबिच रायबाझी भई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपनियम (२) को खण्ड (क) बमोजिम यस इजलासमा पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य र आदेश यस प्रकार छ:- विशु भन्‍ने विश्‍व चौधरीउपर सुनसरी जिल्ला अदालतमा २०७४ सालको CR-००८० को मोटरसाइकल चोरी मुद्दा दायर भएको थियो । उक्त मुद्दा पहिलो पटक र २०७४ सालको CR-००८१ को मोटरसाइकल चोरी मुद्दा दोस्रो पटक दायर भएको थियो । दुवै मुद्दामा मिति २०७५।५।१२ मा सुनसरी जिल्ला अदालतबाट निवेदकको बयान भई थुनछेकको आदेश हुँदा CR-००८० मा विशु भन्ने विश्‍व चौधरीबाट रू. २,८५,०००।– र CR-००८१ मा रू. १,८०,०००।– नगद वा सो बराबरको जेथा जमानत माग भएकोमा निजले नगद, धरौट वा सो बराबरको जेथा जमानत दिन नसकेकोले सुनसरी जिल्ला अदालतबाट मिति २०७४।५।१२ मा थुनामा राख्ने आदेश गरी कारागार कार्यालय झुम्कामा थुनामा रहेको अवस्था छ । निज विशु भन्‍ने विश्‍व चौधरीको मिति २०५९।१।४ मा जन्म भएको कुरा मिति २०६७।५।२५ मा दर्ता भएको दर्ता नं. १६२।०६७ को जन्मदर्ता प्रमाणपत्र स्थानीय पञ्‍जिकाधिकारीको कार्यालय इटहरीको रेकर्डबाट देखिन्छ । साथै निजले पञ्चायत लोअर सेकेन्डरी स्कुल डकहा रायपुर सुनसरीमा अध्ययन गर्दा निजको जन्ममिति २०५९।१।४ हो भन्‍ने कुरा मिसिलमा रहेको प्रमाण कागजातहरूबाट पुष्‍टि भइसकेको छ । पहिलो चोरीको घटना मिति २०७४।२।२८ गते भएको देखिएकोले सो अवधिमा निजको उमेर १५ वर्ष १ महिना ४ दिन हुन आउँछ । दोस्रो चोरीको घटना मिति २०७४।४।१७ गते भएकोले निजको उमेर सो अवधिमा १५ वर्ष ३ महिना १३ दिन हुन आउँछ । यसर