निर्णय नं. १०३६५ - खिचोला मेटाई हक कायम दर्ता गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३६५ - खिचोला मेटाई हक कायम दर्ता गरिपाऊँ । भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०६/३० ४८६४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७६।६।३० मुद्दाः खिचोला मेटाई हक कायम दर्ता गरिपाऊँ । ०७५-DF-०००५ पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.६ बस्ने जीतबहादुर कुँवरको मु.स. गर्ने ऐ.ऐ. घर भई हाल रूपन्देही जिल्ला शंकरनगर गा.वि.स. वडा नं. ५ बस्ने शिवप्रसाद शर्मा कुँवर विरूद्ध प्रत्यर्थी / वादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ८ बस्ने बसन्तकुमारी राणा ०७५-DF-०००८ पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.६ बस्ने सोभितबहादुर कुँवरसमेत विरूद्ध प्रत्यर्थी / वादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ८ बस्ने बसन्तकुमारी राणा ०७५-DF-००२० पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.६ बस्ने बुद्धिबहादुर कुँवरको मु.स. गर्ने लक्ष्मी कुँवर विरूद्ध प्रत्यर्थी / वादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ८ बस्ने बसन्तकुमारी राणा मुद्दा दोहोर्याई हेर्ने आदेश नै प्रचलित कानूनविपरीत देखिन आएको परिप्रेक्ष्यमा मुद्दामा तात्विक महत्त्व राख्ने वा सान्दर्भिक देखिन नआएमा अरू सम्बद्ध तथ्यहरू के थिए भनी हेरिरहनुको कुनै औचित्य रहन सक्दैन । दोहोर्याई हेर्ने आदेश नै कानूनसम्मत नदेखिएको हुँदा निस्सा प्रदान गर्दाको आदेशमा उल्लेख गरिएदेखि बाहेक निवेदनमा उल्लेख गरिएका अन्य विषयहरूमा विवेचना गरी यस अदालतको संयुक्त इजलासबाट भएको फैसलाउपर मुद्दा दोहोर्याई हेरिरहनु पर्ने अवस्था देखिएन । प्रस्तुत मुद्दामा निस्सा प्रदान गर्ने भएको आदेशमा वस्तुगत आधार नदेखिएको अवस्थामा अन्य सम्बद्ध विषयहरूमा प्रवेश गरिरहनु पर्ने कुनै औचित्य रहेको नदेखिने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शेरबहादुर के.सी. र विश्वप्रकाश सिग्देल तथा विद्वान् अधिवक्ताद्वय श्री भोजबहादुर ढकाल र गंगासागर खत्री प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ सुरू अदालतमा फैसला गर्नेः मा.जिल्ला न्या. श्री सुरेन्द्रवीर सिंह बस्न्यात कास्की जिल्ला अदालत पुनरावेदन अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री गोपाल पराजुली मा. मुख्य न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ पुनरावेदन अदालत पोखरा यस अदालतको संयुक्त इजलासमा फैसला गर्नेः मा. न्यायाधीश श्री शारदाप्रसाद पण्डित मा. न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- हर्षबहादुर सुवालका नाउँमा विजपाथी ।१ दर्ता भएको धारी मसिनु गुरूङगाडे भन्ने पाखो जग्गा ससुरा केशविर जंग राणाले १९९४ सालमा राजीनामा लिई जेठाजु २०३२ सालमा परलोक भएपछि जेठानी सन्तकुमारीले २०३३।१२।२७ मा मलाई हदमुनिको राजीनामा दिनु भएको कि.नं. २९१, २९९ र ३०० का कित्ता जग्गा मेरो हक हुन आई भोग चलन गरी आएकी थिएँ । हुकुम प्रमाङ्गीबमोजिम दर्ताको कारबाही चलिरहेको अवस्थामा विपक्षीहरू