निर्णय नं. १०३६६ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३६६ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०७/१९ २०७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७६।७।१९ ०६६-WO-०७६२ मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक / वादी : योगेन्द्रबहादुर शाहको छोरा, जिल्ला बाँके, नेपालगन्ज नगरपालिका, वडा नं.-१७ घर भई हाल भेरी अञ्चल अस्पताल नेपालगन्जमा डेन्टल सर्जन पदमा कार्यरत डा. निर्माणबहादुर शाहसमेत विरूद्ध विपक्षी / प्रतिवादी : भेरी अञ्चल अस्पताल विकास समिति, नेपालगन्ज, बाँकेसमेत अख्तियार दुरूपयोग अनुसन्धान आयोग मुद्दाको निर्णयकर्ता नभई अनुसन्धान, तहकिकात र अभियोजनकर्तासम्म हो । त्यसकारण आयोगले कसैउपर निर्णयकर्ताको रूपमा निर्देशनात्मक आदेश दिई कुनै कार्य भइसकेको अवस्थामा त्यसलाई बदर गराउन नसक्ने । आयोगले कुनै निर्णय लागू गर्ने वा नगर्ने भन्ने विषयमा निर्देशनात्मक आदेश दिने र अख्तियारवाला त्यसको प्रक्रिया नै नपुर्याई कार्यान्वयन गर्नेसम्मको काम गर्ने निकाय मान्ने हो भने अनुसन्धानकर्ता नै निर्णयकर्ताको रूपमा उभिने र निर्णयकर्ता कार्यान्वयनकर्ताको रूपमा सीमित रहने । (प्रकरण नं.४) कुनै पनि निकायले जतिसुकै राम्रो परिणाम आउने काम गरे पनि यदि त्यो काम गर्ने अधिकार उक्त निकायलाई छैन अर्थात् नभएको अधिकार प्रयोग गरी निर्णय भएको छ भने त्यस्तो निर्णयले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.५) निवेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मातृकाप्रसाद निरौला र विद्वान् अधिवक्ता श्री टंकहरी दाहाल विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी अवलम्बित नजिर : ने.का.प.२०६८, अंक ४, ८५९२ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ आदेश न्या.दीपककुमार कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- तथ्य खण्ड विपक्षी भेरी अञ्चल अस्पताल, भेरी अञ्चल अस्पताल विकास समिति (गठन) आदेश, २०४१ तथा भेरी अञ्चल अस्पताल नियमावली, २०६३ बमोजिम सञ्चालित हुने निकाय हो । विपक्षी अस्पताल आफैँले कानून बनाउने होइन, नेपाल सरकारबाट मिति २०६३/५/१ मा स्वीकृत गरिदिएको नियमावलीबमोजिम चल्न बाध्य छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित काठमाडौंको वीर अस्पतालसरह अन्य सबै अस्पताल विकास समितिमा कार्यरत सबै कर्मचारीहरूलाई स्थायी गर्ने सम्बन्धमा मन्त्रालयको स्वीकृतिमा सबै अस्पतालहरूमा कानूनबमोजिम एकरूपताको प्रक्रिया अवलम्बन गरी भेरी अञ्चल अस्पतालका लागि स्वीकृत दरबन्दीको स्थायी पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी मिति २०६५।११।४ मा गोरखापत्रमा विज्ञापन सूचना प्रकाशित भएकोमा सो विज्ञापनबमोजिम हामी रिट निवेदकहरूसमेतले आवेदन गरेका हौं । भेरी अञ्चल अस्पताल विकास समिति तथा पदपूर्ति समितिको मिति २०६६।२।२ को निर्णयबमोजिम मिति २०६६।२।१२ देखि मिति २०६६।२।१८ सम्म सञ्चालित परीक्षामा सामेल भएकोमा हामी निवेदकहरू परीक्षामा उत्तिर्ण भई मिति २०६६।२।२२ को भेरी अञ्चल पदपूर्ति समितिको सिफारिसबमोजिम हामीहरूलाई भेरी अञ्चल अस्पताल विकास समितिको मिति २०६६।२।२५ को निर्णय तथा भेरी अञ्चल अस्पतालको मिति २०६६।२।२७ को निर्णयबमोजिम मिति २०६