निर्णय नं. १०३६७ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३६७ - बन्दीप्रत्यक्षीकरण भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०३/१७ २५४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई आदेश मिति : २०७६।३।१७ ०७५-WH-०१९६ विषयः- बन्दीप्रत्यक्षीकरण निवेदक : काभ्रेपलाञ्‍चोक जिल्ला, धुलिखेल नगरपालिका वडा नं.५ बस्ने हाल इलाका प्रहरी कार्यालय, धरान सुनसरीको हिरासतमा रहेका यादव ढुङ्गेलको हकमा विष्णुप्रसाद गौतम विरूद्ध विपक्षी : नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत कुनै पनि व्यक्तिउपर फौजदारी कसुरमा मुद्दा चल्न वस्तुनिष्ठ आधार हुनुपर्छ । फौजदारी कसुरमा प्रत्यक्ष वा परोक्ष सम्बद्धता बेगर सतही आधारमा मुद्दा चलाइनु गैरकानूनी हुने । (प्रकरण नं.४) आफ्नै हिरासतमा रहेको व्यक्तिलाई बेपत्ता देखाई पछि सुविधाअनुसार म्याद थप लिने छुट सरकारलाई हुँदैन । यसो गर्नु नेपालको संविधानको धारा १७(१) र धारा २० समेतको विपरीत हुँदा त्यस्तो थुनालाई मान्यता दिन नमिल्ने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री एकराज भण्डारी र विद्वान्‌ अधिवक्ता श्री कपिलचन्द्र पोखरेल विपक्षीका तर्फबाट : सहन्यायाधिवक्ता श्री हरिप्रसाद जोशी अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी संहिता, २०७४ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा १६ (१) १७(१) र १३३(२) (३) बमोजिम असाधारण क्षेत्राधिकारअन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- मिति २०७५।१२।१५ गते मेरा भिनाजु यादव ढुङ्गेललाई प्रहरी वृत्त भक्तपुरबाट पक्राउ गरी प्रहरीलाई अभद्र व्यवहार गरेको भनी झुट्टा आरोप लगाई जिल्ला प्रशासन कार्यालय, भक्तपुरबाट म्याद थपियो र मिति २०७६।०१।८ गते जिल्ला प्रशासन, कार्यालय भक्तपुरबाट दुई हजार धरौटी लिई धरौटीमा छोडियो । तर धरौटी बुझाएपश्चात् तत्कालै पुनः पक्राउ गरी रामेछाप जिल्ला लगियो र पुन प्रहरीलाई अभद्र व्यवहार गरेको भनी जिल्ला प्रशासन कार्यालय, रामेछापबाट म्याद थपियो र मिति २०७६।०२।०१ गते एक हजार धरौटी माग गरियो । जिल्ला प्रशासन कार्यालय, रामेछापमा सोही दिन धरौटी बुझाइसकेपछि प्रत्यर्थी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष आदेशमा मेरो भिनाजुलाई जिल्ला प्रशासन कार्यालय, रामेछापको हाताबाटै प्रत्यर्थी जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरीहरू पुन: पक्राउ गरियो । हाल उहाँलाई इलाका प्रहरी कार्यालय, धरान सुनसरीमा जिल्ला प्रहरी कार्यालय, सुनसरीको निर्देशनमा गैरकानूनी थुनामा राखिएको छ । प्रत्यर्थीहरूको मिलेमतोमा म निवेदकका भिनाजुलाई मिति २०७५।१२।१५ मा पक्राउ गरी आजका मितिसम्म पनि निरन्तर गैररकानूनी हिरासतमा राखिएको छ । निवेदकलाई के कति कारणले पक्राउ गरी हिरासतमा राखिएको हो भनी जानकारी माग्दा सो सम्बन्धमा कुनै पनि जानकारी प्रत्यर्थीहरूले परिवारका सदस्य र आफन्तहरूलाई दिएका छैनन्‌ । प्रत्यर्थी सुनसरी जिल्ला अदातलसमक्ष उपस्थित गराएको भन्नेसम्म जानकारी पाएको छु । अतः वैचारिक आस्थाको आधारमा प्रत्यर्थीहरूद्वारा पक्राउ गरी बिना आधार र कारण निरन्तर गैरकानूनी थुनामा राखिएको छ । अभद्र व्यवहार गरेको भनी झुट्टा आरोप लगाउँदै पटकपटक धरौटी माग गरी धरौटी बुझाइसकेपश्चात् प्रत्यर्थीहरूको मिलेमतो र योजनामा बदनियत र प्रवृत्त भावना राखी गैरकानूनी रूपमा पक्राउ गरिनु भएका निवेदकले कुनै पनि गैरकानूनी काम गर्नुभएको