निर्णय नं. १०३६८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३६८ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०१/२२ २२३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।१।२२ मुद्दाः कर्तव्य ज्यान ०७४-RC-०१०१ पुनरावेदक / वादी : चेतनारायण बुढाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कृष्णबहादुर तामाङ भन्ने मंगलबहादुर तामाङ ०७४-CR-११९८ पुनरावेदक / प्रतिवादी : कृष्णबहादुर तामाङको छोरा जिल्ला बारा, गढिमाई न.पा. वडा नं.१ पथलैया घर भई हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेका मंगलबहादुर तामाङ विरूद्ध प्रत्यर्थी / वादी : चेतनारायण बुढाको जाहेरीले नेपाल सरकार विषालु र नशालु पदार्थ सेवन गरेको २४ घण्टाभन्दा बढी अवधि व्यतित भएपश्चात् Viscera निकालेर परीक्षणको लागि पठाएको भिसेरामा नशालु र विषालु पदार्थ नपाइएको भनी दिएको प्रतिवेदनलाई निर्णायक प्रमाणको रूपमा ग्रहण गरी प्रतिवादीले अदालतमा गरेको बयानमा स्वीकार गरेको तथ्यलाई अन्यथा गरी निष्कर्षमा पुग्नु प्रमाण कानूनको सिद्धान्तअनुकूल नहुने । (प्रकरण नं.७) प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री शोभा कार्की वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ केही नेपाल कानूनलाई एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री नरबहादुर शाही माननीय न्यायाधीश श्री लक्ष्मीकृष्ण श्रेष्ठ उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- जिल्ला रूपन्देही बुटवल नगरपालिका वडा नं.१२ रामनगर स्थित पूर्व जयबहादुर गुरूङको घर, पश्चिम, बाटो उत्तर अशोक गुप्ताको घर, दक्षिण केशव थापाको घर, यति चार किल्लाभित्रमा रहेको १० कोठा भएको दिनेशकुमार उपाध्यायको पश्चिम मोहडाको २ तले घर, सो घरको गल्लीबाट भित्र भुइँतलामा प्रवेश गर्दा सो गल्लीको अन्तिम दक्षिणतर्फको उत्तरतर्फ झ्याल भएको, उक्त कोठामा हेर्दा सो कोठामा खाट पलङ केही नभएको, १ थान म्याट, १ ओटा डसना, २ ओटा सिरानी, १ थान तन्ना रहेको, उक्त कोठाको पश्चिमतर्फको सिमेन्टले बनेको ४ खानाको र्याकको अन्तिम खानामा २ ओटा रियल म्याङ्गो फ्रुटी, सोमध्ये १ ओटा खाली १ ओटा आधा रहेको, १ प्याकेट बिस्कुट खोलिएको अवस्थामा रहेको, र्याकमा १ ओटा रातो जग रहेको, भुइँमा सुन्तला र केही सुन्तलाका बोक्राहरू रहेको, मिनरल वाटरको बोतल रहेको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का । बुटवल नगरपालिका वडा नं. १२ रामनगर स्थित दिनेश उपाध्यायको घरमा चन्द्रौटातर्फ घर बताउने व्यक्तिलाई घरको कोठा भाडामा दिएको, सो कोठामा दिउँसो निज व्यक्तिले १ जना महिलालाई लिई आएकोमा बेलुका उक्त कोठाको बाहिरबाट ताला लगाएको तर मानिस घुरेको आवाज सुनेपछि घरबेटीले उक्त कोठामा हेर्दा भित्र मानिस सुतेको र बाहिरबाट कोठामा ताला लगाएको देखी राति २३:०० बजेको समयमा उक्त कोठावाला नआएको हुँदा प्रहरीलाई खबर गरेपश्चात् मसमेतको प्रहरी टोली उक्त घटनास्थलमा खटी गई कोठाको बाहिरबाट लगाएको ताला तोडी ती महिलालाई बोलाउँदासमेत न