निर्णय नं. १०३६९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३६९ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०२/३० ७४०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७६।२।३० ०७४-WO-०२१४ विषय :- उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० स्थित अनक स्काई जे.भी. को तर्फबाट अख्तियारप्राप्त ऐ.बस्ने यक्षध्वज कार्की विरूद्ध विपक्षी : उच्च अदालत पाटनसमेत प्रारम्भिक रूपमा विवादलाई Adjudication वा Dispute Adjudication Board लाई सुम्पने हो भने कसलाई, कसरी उक्त अधिकार दिने भन्ने बारे सम्झौतामै उल्लेख गरी कार्यविधिसमेत स्पष्ट गर्नु पक्षहरूबाट अपेक्षित विषयहरू हुन् । यदि सम्झौतामा विवाद समाधानको प्रारम्भिक चरणको त्यस्तो कार्यविधि उल्लेख भएको छैन भने अवस्था परिस्थितिअनुसार त्यस्तो सम्झौतालाई वैकल्पिक उपचार वा विवाद समाधान गर्ने सम्बन्धमा अपूर्ण वा कार्यान्वयन हुन नसक्ने प्रकृतिको सर्त मान्नुपर्ने अवस्था पर्न सक्ने । (प्रकरण नं.१४) विवादहरू मध्यस्थताद्वारा समाधान गरिने भन्ने सम्झौतामा स्पष्ट व्यवस्था नभएको अवस्थामा अदालत आफैँले मध्यस्थताबाटै विवाद समाधान गर्ने गरी नयाँ सर्त थप्न नसक्ने । करार सम्झौतामा उल्लेख नभएको सर्त सम्बन्धमा कुनै पक्षको व्यवहार, घटना, सामान्य पत्राचार वा एकतर्फी प्रस्तावलाई लिएर सम्झौतामा संशोधन वा हेरफेर भयो भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं.१६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री हरिहर दाहाल, श्री नरेन्द्रप्रसाद पाठक, श्री डिल्लीराज भण्डारी विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान अवलम्बित नजिर : ने.का.प.२०६९, अंक ११, नि.नं.८९१९ सम्बद्ध कानून : सार्वजनिक खरिद ऐन, २०६३ करार ऐन, २०५६ मध्यस्थता ऐन, २०५५ आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको संविधानको धारा ४६,१३३(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ: तथ्य खण्ड हामी निवेदक क श्रेणीको निर्माण कम्पनीका निर्माण व्यवसायी हौं, विपक्षी हुलाक सेवा विभाग र हामी निवेदकबिच हुलाक सेवा विभागको भवन निर्माण गर्न २०६७/३/३० गते करार सम्झौता भएको छ । विपक्षी हुलाक सेवा विभागबाट २०६७/६/२६ मा ७ दिनभित्र काम सुरू गर्ने कार्यादेश प्राप्त भएको छ । कार्यादेश प्राप्त भएको मितिले २ वर्ष अर्थात् २०६९ असोज मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो । कार्यादेश प्राप्त भएपछि तदारूकताका साथ निर्माण कार्य गरी हालसम्म झण्डै ९०% भौतिक प्रगति भएको अवस्था छ । निर्माण कार्यको सिलसिलामा हाम्रो काबुबाहिरको परिस्थिति र विपक्षी हुलाक सेवा विभागको कारण र बिचबिचमा अकल्पनीय रूपमा घटेका घटनाहरूको कारणले समय समयमा निर्माणको अवधिको म्याद थप हुँदै आएको थियो । पछिल्लो पटक २०७१ मंसिर मसान्तसम्म म्याद थप भएको थियो । थप गरिएको म्यादभित्रसमेत निर्माण कार्य सम्पन्न हुन नसक्ने बेहोरा उल्लेख गरी निवेदकले २०७१/८/२३ मा ६ महिना म्याद थपको माग गरेका थियौं । अकल्पनीय विनासकारी महाभूकम्पको कारण निर्माण कार्यमा कठिनाई परेको जानकारीसमेत गराएका थियौं । भूकम्प पराकम्प, तराई मधेस आन्दोलन, कल कारखाना बन्द, राजमार्ग बन्द, सिमाना बन्द, अघोषित नाकाबन्दीसमेतले काममा बाधा परेको हुँदा २०७२/९/२३ को पत्रद्वारा २०७३/३/३० सम्म म्याद थ