निर्णय नं. १०३७१ - अग्नि बिमा दाबी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३७१ - अग्नि बिमा दाबी भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०७/२५ २१३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७६।७।२५ ०६९-RB-००११ मुद्दा: अग्नि बिमा दाबी पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं म.न.पा.वडा नं.११ त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर प्लाजामा कार्यालय रही सञ्चालनमा रहेको नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडका अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत डा.प्रणव सेन विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला बाँके, नेपालगन्ज नगरपालिका वडा नं.१ मा अवस्थित जय श्री श्याम सप्लायर्स प्रो.अशोककुमार अग्रवाल क्षति भएको भन्दा ज्यादै न्यूनतम मूल्याङ्कन गरेकोसमेत न्यायोचित नहुने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भरतकुमार लकाई प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सिताराम अग्रवाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा निर्णय गर्नेः अध्यक्ष श्री फत्तबहादुर के.सी. सदस्य श्री तेजराज शाक्य सदस्य श्री कमलशाली घिमिरे सदस्य श्री राजुकुमार सिवाकोटी बिमा समिति, काठमाडौं पुनरावेदन तहमा फैसला गर्नेः- मा.मु.न्या.श्री केशरीराज पण्डित मा.न्या.डा.श्री कुलरत्न भुर्तेल पुनरावेदन अदालत पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मेरो जिल्ला बाँके, नेपालगन्ज नगरपालिका वडा नं.१ स्थित जय श्री श्याम सप्लायर्समा मिति २०६२।७।८ को राति लगभग ११ बजेको समयमा विद्युत लाइन सर्ट भई आगलागी भएकोले सो पसलभित्र रहेका सामानहरू आगलागीबाट नष्ट भएकोले मैले विपक्षीहरूलाई तत्काल सो सम्बन्धमा जानकारी दिई प्रमाणसहित रू.६,६६,०४०।- क्षतिपूर्तिको लागि दाबी गरेको थिए । विपक्षी कहाँ पोलिसी नं. २४०/एन.एल.जी./३१०६६२२० मा मेरो उक्त पसलको अग्नि बिमा भएको थियो । क्लेम नं. एन.एल.जी ३१।०६-०७।०२ अन्तर्गत विपक्षी नं. २ को इ. सन् २४ अगस्त २००६ को पत्रानुसार रू.६६,१००।- मात्रको दाबी फछ्र्यौट पुर्जा म उजुरवालालाई प्राप्त भयो । सो पत्र र दाबी फछ्र्यौट पुर्जामा कुन सामान र के कति सामान के कति मूल्यको नोक्सानीबापत सो रकम प्राप्त भएको कुनै विवरण उल्लिखित छैन । सो कुरा प्रस्ट गर्नका लागि मैले विपक्षी नं. २ लाई मिति २०६३।५।२२ मा पत्र दिएको थिएँ । त्यसपछि विपक्षी नं. २ को २२ जनवरी २००७ को पत्रानुसार सामान र मूल्य उल्लेख भएको पत्र प्राप्त भयो । तर के कति परिमाणमा सो सामान नष्ट भएको सो कुरा उल्लिखित पत्रमा अंकित रहेको छैन । साथै मैले क्लेम गरेको नष्ट भएका कतिपय सामानको सम्बन्धमा पनि सो पत्रमा उल्लिखित छैन । उल्लिखित रकममा मेरो चित्त नबुझेकोले मैले सो रकम बुझेको छैन । दाबी फछ्र्यौट पुर्जामा उल्लिखित रकममा मेरो चित्त बुझेको छैन, मलाई साह्रै नै मर्का पर्ने गरी क्षतिपूर्ति दायित्वको निर्धारण भएको छ, टायर थान १० को १,७०,०००।- को नोक्सानी भएकोमा हचुवा आधारमा रू.३६,०००।- मात्र क्षतिपूर्ति निर्धारण भएको कानूनी त्रुटिपूर्ण छ, त्यस्तै अन्य सामान नष्ट भएकोमा हचुवा आधारमा क्षतिपूर्ति निर्धारण भएको छ, ट्युब, मोटरसाइकल, टेबुल, कुर्सी, वायरिङ, पंखा, बल्ब, फोन, क्याकुलेटरसमेतको कुनै क्षतिपूर्ति निर्धारण भएको छैन,