निर्णय नं. १०३७३ - राजीनामा लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३७३ - राजीनामा लिखत बदर भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०५/२० ३८९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७६।५।२० ०६९-CI-०७७६ मुद्दाः- राजीनामा लिखत बदर पुनरावेदक / वादी : जिल्ला सप्तरी, रूपनगर गा.वि.स. वडा नं. ८ बस्ने स्व. छुतहरू यादवको छोरा अवध यादव विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी, रूपनगर गा.वि.स. वडा नं. ६ बस्ने स्व. हुसैनी सरदार बाँतरकी पत्नी भुटी देवी सरदारसमेत म्याद गुजारी पछि दाखिला खारेज गर्न गएको भन्नेसमेतका आधारमा कानूनबमोजिम लिखत बदर नभएसम्म राजीनामा पास गरी लिने व्यक्तिको हक समाप्त हुने भनी भन्न नमिल्ने । (प्रकरण नं.३) राजीनामा लिखत कायम रहेकै अवस्थामा आफ्नो हक नै नरहेको जग्गामा मिलापत्र गर्दैमा सो जग्गामा मिलापत्रले वादीको हकदैया सिर्जना गरेको मान्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णनन्ददेव र विद्वान् अधिवक्ता दिनेशलाल श्रेष्ठ प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गंगाप्रसाद पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- मा. न्यायाधीश श्री किरणकुमार पोखरेल सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री बलराम विष्ट माननीय न्यायाधीश श्री टेकराज नेपाल पुनरावेदन अदालत राजविराज फैसला न्या.ईश्वरप्रसाद खतिवडा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- म वादी अवध यादव, मेरो बुबा छुतहरू यादव, दाजु रामफल यादव र भाउजू सरस्वती यादवसमेतको सगोलको आर्जनबाट बुबा छुतहरू यादवको नाउँमा खरिद गरेको जिल्ला सप्तरी गा.वि.स. रूपनगर वडा नं. ९(क) कि.नं. ७२को ०-५-१० जग्गा सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६३।५।८ मा मिलापत्र हुँदा आधा म वादीको भागमा परेको तथा आधा भाउजू सरस्वती यादवको भागमा परी मालपोत कार्यालयमा दा.खा. गर्न जाँदा उक्त जग्गा कृषि विकास बैंक शाखा कार्यालय, कञ्चनपुर र सहकारी संस्था लिमिटेड कञ्चनपुर, सप्तरीबाट छुतहरू यादवले लिएको ऋणबापत रोक्का रहेकोले उक्त संस्थाको ऋण बुझाई दा.खा. गर्न जाँदा उक्त जग्गा बुबा छुतहरू यादवले हामीसमेत लाई थाहा जानकारीसमेत नदिई विपक्षीहरूको पति तथा बुबा हुसैनी सरदार वातरलाई मालपोत कार्यालय, सुनसरीबाट र नं.३५१, मिति २०३९।४।२१ मा राजीनामा पारित गरी दिएको थाहा भएकोले हाम्रोसमेत अंश हक लाग्ने जग्गा हामीसमेतलाई थाहा जानकारी नदिई सो जग्गा रोक्का रहेकै अवस्था बेजिल्लामा गइ गरी दिएको उक्त राजीनामा लिखत बदर गरिपाउँ भन्नेसमेत बेहोराको अवध यादवको फिराद दाबी । राजीनामा लिखतद्वारा हाम्रो हक कायम भई सकेको र हक नै नरहेको जग्गामा गरेको मिलापत्रले हकदैया सृजना नहुने हुँदा हदम्यादसमेत नघाई विपक्षी वादीले दाबी लिएको फिराद हकदैया र हदम्यादको अभावमा खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्र.भुटी देवी सरदार र प्र.घुरन सरदारसमेतको संयुक्त प्रतिउत्तर जिकिर । वादीले लिखत बदरमा दाबी लिएको र.नं.३५१ को राजीनामाबाट हक हस्तान्तरण गरिएको जग्गा रोक्का रहेको अवस्थामा अर्थात् फुकुवा नहुँदै राजीनामा पास भएको भन्ने कुरा स्थापित छ । त्यस्तो प्रकृतिको हक हस्तान्तरणको कार्यलाई मुलुकी ऐन, जग्गा मिच्नेको ९ नं. को कानूनी व्यव