निर्णय नं. ४४१० - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४१० - बन्दीप्रत्यक्षीकरण भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/०९/०१ ३३४५ निर्णय नं. ४४१० ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४८ सालको रिट नं. १५२२ आदेश भएको मिति: २०४८।९।१।२ मा निवेदक : सदर खोर शाखामा थुनामा रहेका युक्तबहादुर गुरुङ विरुद्ध विपक्षी : राजश्व न्यायाधीकरण काठमाडौंसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) अख्तियार प्राप्त निकायबाट भए गरेको निर्णयको औचित्य भित्र प्रवेश गरी निर्णय ठीक बेठीक के हो ? त्यस सम्बन्धमा बन्दीप्रत्यक्षीकरणको निवेदनबाट विचार गर्न नमिल्ने । (प्रकरण नं. २२) (२) सुन चोरी पैठारी गरी पठाएको भन्ने कसूरमा निवेदक उपर हङकङ न्यायालयबाट सजाय भएको भन्ने आधिकारीक रुपमा पुष्टि हुन नसकेको यस स्थितिमा हङकङमा सजाय पाइसकेको अपराधमा नेपालमा सजाय हुन गएको एउटै मुद्दामा दुई पटक सजाय भएको भन्ने निवेदक जिकिर खम्बिर हुनसकेको नदेखिने । (प्रकरण नं. २३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बालाकृष्ण न्यौपाने, विद्वान अधिवक्ता श्री सुरेन्द्र भण्डारी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८, सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ४७ बमोजिम पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय आदेश यस प्रकार छ । २. म निवेदक हङकङमा ब्रिटिस सेनामा कार्यरत रही ०४६।१।२५ गते काठमाडौं आएकोमा २०४५।२।२७ को दिन शाही नेपाल वायुसेवा निगमको विमानबाट १९४ के.जी. सुन आएको विषयमा, मलाई विशेष प्रहरी विभागबाट पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गरियो । २०४५।२।२७ गते आएको सुन मैले हङकङमा कलाकार मुक्तानसंग लिई, ब्रिटिस मोभेन्ट क्याम्पमा ब्रिटिस कर्पोरल आर्मिटेज समक्ष मैले पुर्याई दिएको भनी मेरो इच्छा विपरीत बयान गराइयो । सो सुन आर्मिटेजले काठमाडौं पठाएको हो, मैले काठमाडौं पठाएको होइन, यही सुन सम्बन्धमा मलाई ब्रिटिस गोरखा हङकङमा ५ महीना कैद र रु. १,१२,०००।– हङकङ डलर जरिवाना समेत गरी नोकरीबाट हटाई दिएको थियो भनी कानुनी (साविक पेज नं. ७३१) बयान पनि गरेको थिएँ । भन्सार कार्यालय प्र. इन्द्रबहादुरसंग मिलेमतो गरी, सुन पैठारी गरेकोमा सुनको बाकस काठमाडौं पठाएको कुरामा युक्तबहादुर सावितै भएकाले निजलाई ५ वर्ष कैद र बिगो बमोजिम जरिवाना हुन्छ भनी ०४६।१०।५ मा फैसला गर्यो । भन्सार कार्यालयको निर्णय बदर गरिपाउँ भनी, राजश्व न्यायाधीकरण समक्ष पुनरावेदन दिएको थिएँ । यसमा युक्तबहादुर सुन पठाउने काममा संलग्न भई एजेन्टको रुपमा सुविधा लिई अपराध गरेको ठहर भै जरिवाना, कैद गरी सेवाबाट समेत निलम्बन गरेको कुरा, निजकै बयानबाट देखिन आएको, अवैध काममा संलग्न भएकोमा Double Jeopardy को सिद्धान्त लागू हुने नहुँदा निजलाई सजाय गर्नु पर्ने हुन आयो भनी मिति ०४८।४।२३ मा राजश्व न्यायाधीकरणबाट फैसला भयो । ३. ०४५।२।२७ मा त्रि.वि.वि. भन्सार कार्यालयमा आएको सुनको सम्बन्धमा भन्सार कार्यालयमा मुद्दा दायर भएको अवस्थामा श्री ५ को सरकारले म निवेदकलाई विपक्षी बनाई मुद्दा दर्ता नगरेको अवस्थामा ०४६।१।२५ मा काठमाडौं आउँदा विशेष प्रहरी विभागले गैरकानुनी रुपले पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गरी मलाई आजसम्म थुनामा राखिएको छ । भन्सार कार्यालयले मलाई २०४५।२।२७ मा आएको सुन हङकङमा कलाकार मुक्तानसंग लिई ब्रिटिश कर