निर्णय नं. १०३७४ - ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३७४ - ठगी भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०१/११ ७५१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।१।११ मुद्दाः ठगी ०७१-CR-०५४६ पुनरावेदक / वादी : भीमबहादुर खत्रीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : बागलुङ जिल्ला हटिया गा.वि.स. वडा नं. ३ बस्ने ओमबहादुर खड्कासमेत ०७२-CR-०१८४ पुनरावेदक / प्रतिवादी : बागलुङ जिल्ला हटिया गा.वि.स. वडा नं.३ बस्ने ओमबहादुर खड्का विरूद्ध प्रत्यर्थी / वादी : भीमबहादुर खत्रीसमेतको जाहेरीले नेपाल सरकार कानूनले कसुर नमानेको विषयमा कसैउपर मुद्दा चलाउने र कसुरदार ठहर गर्ने कार्य फौजदारी न्यायको सिद्धान्तविपरीत हुन्छ । देवानी दायित्वअन्तर्गतको विषयलाई समेत मिसाई फौजदारी कसुरमा प्रतिवादीलाई सजाय गर्न जाहेरी परेको अवस्थामा बलजफ्ती फौजदारी प्रकृतिको विवाद सिर्जना गर्न नहुने । (प्रकरण नं.६) आफ्नो रकम फिर्ता माग्दा फिर्ता नगरी लुकिछिपी हिँड्ने, सम्पर्क नगर्ने जस्तो कार्य गरेको देखिएकोले झुक्याइ गफलतमा पारी जाहेरवालाहरूको रकम लिने खाने पचाउने नियत लिएको कार्य ठगीजन्य कसुरअन्तर्गत पर्ने । (प्रकरण नं.१२) अभिभावक बाबुले आफ्नो दायित्व निर्वाह गर्न रकम खर्च गरेको कारणले मात्र छोरा छोरीलाई कसुरदार ठहर गर्नु न्यायको रोहबाट नमिल्ने । (प्रकरण नं.१६) वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई, विद्वान् अधिवक्ता श्री कृष्णराज शर्मा प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमनकुमार श्रेष्ठ, विद्वान् अधिवक्ताहरू श्री ज्ञानेन्द्रप्रसाद पोखरेल, श्री योगेन्द्रबहादुर अधिकारी, श्री भोजबहादुर ढकाल र श्री नरबहादुर योगी अवलम्बित नजिर : ने.का.प.२०६६, अंक ४, नि.नं.८११९ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय श्री डिल्लीरमण तिवारी बागलुङ जिल्ला अदालत पुनरावेदनमा फैसला गर्नेः माननीय न्यायाधीश श्री उमेशराज पौड्याल माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे पुनरावेदन अदालत, बागलुङ फैसला न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्रको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड एउटै परिवारका सबै विपक्षीहरूले म भीमबहादुर खत्रीको छोरा विदेश पठाई दिन्छु भनी रू.९६,०००।-, म तेजबहादुर खत्रीको मानिस विदेश पठाउने भनी रू.७२,०००।-, म बमबहादुर बस्नेतको छोरा बाहिर पठाउन भनी रू.१,४६,५००।, म टेकबहादुरको छोरालाई बाहिर पठाउन भनी रू.१,३१,०००।-, म कृष्णबहादुर खड्कालाई भैंसी दिन्छु भनी रू.३०,०००।-, म कृष्णदत्त उप्रेतीको छोरा विदेशमा पढाउन पठाउने भनी रू.१३,७४,०००।-, म भीमबहादुर खड्काको श्रीमतीलाई उपचार गराउँछु भनी झुक्याई रू.१,००,०००।-, म टिकाबहादुर खड्कालाई सुन किनिदिने भनी रू.१,०४,०००।- र गाउँका अन्य १४६ जना व्यक्तिहरूसँग झुटो बहाना बनाई हुँदै नभएको नगरेको कामको प्रयोजनको लागि रू.१,५०,००,०००।- (एक करोड पचास लाख) बराबर रकम झुक्यानमा पारी ठगी गरेको हुँदा निजसमेतका पाँचजनालाई आवश्यक कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको भीमबहादुर खत्रीसमेतको जाहेरी दरखास्त । विपक्षी ओमबहादुरले आफू फाइनान्स जस्तै संस्था हुँ भनी ढाँटी म यामबहादुर अधिकारीसँग रू.१,४२,०००।-, म नइन्द्रबहादुर खड्काबाट रू.१,२५,०००।-, म प्रेमबहादुर अधिकारीबाट रू.१,०३,५००।-, म नरबहादुर