निर्णय नं. १०३७५ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३७५ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०३/२७ ३७३८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।३।२७ ०७२-CR-१३६३ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / वादी : राजकुमार परियारको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला चितवन दिव्यनगर गाउँ विकास समिति वडा नं.२ बस्ने विक्रम भन्ने शिवलाल महतो जबरजस्ती करणीको महलको १० नं. मा पीडितलाई पीडकबाट क्षतिपूर्ति भराइ दिने व्यवस्था पीडकलाई पीडितप्रति जवाफदेही बनाउने र पीडितले पीडकबाट आफूउपर पुर्याएको क्षतिको परिपूरण गर्ने आधार हो । जबरजस्ती करणीमा प्रतिवादीलाई हुने कैद र जरिवाना अपराधीलाई निजले गरेको आपराधिक कार्यबाट हतोत्साहित गरी अपराधलाई नियन्त्रण गर्ने आधार भए पनि पीडितले पाउने राहत भनेको प्रतिवादीबाट पाउने क्षतिपूर्ति नै हुने । (प्रकरण नं.९) प्रतिवादीका नाउँमा कुनै सम्पत्ति भए निजको नाउँको सम्पत्तिबाट तथा निजका नाउँमा कुनै सम्पत्ति नभए निजका आमाबुबाका नाउँमा रहेको निजको अंश भागमा पर्न आउने सम्पत्तिबाट र सो अवस्थासमेत नभए कानूनबमोजिम खडा भएको पीडित राहत कोष र सो पनि नभए नेपाल सरकारबाट कसुरको गाम्भीर्यता, पीडित नाबालिकालाई पर्न गएको पीडासमेत विचार गरी पीडितले क्षतिपूर्तिबापत रकम भराइ पाउने । (प्रकरण नं.११) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६७, नि.नं.८४९४ स.अ.बुलेटिन २०६६, अंक १०, पृ.१० सम्बद्ध कानून : अपराध पीडित संरक्षण ऐन, २०७५ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री भोलानाथ चौलागाई चितवन जिल्ला अदालत पुनरावेदनमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या.सपना प्रधान मल्ल : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको पुनरावेदनसहितको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । मिति २०६९।८।७ गते बिहानको खाना खाई घरमा नाबालिका छोरीहरू वर्ष ९ की नाम परिवर्तित “क” र वर्ष ८ की “ग” लाई छोडी खेताला गर्न गएको र बेलुका फर्की आउँदा छोरीहरू रोएको देखी ठुली छोरीलाई बुझ्दा तपाइँहरू मेलामा गएपछि विक्रम महतो आई बहिनीलाई बोकी उसको घरमा लिई गएको, केही समयपछि बहिनी रूँदै आएको र निजले पुनः मलाई जबरजस्ती घरमा लगी निजले आफ्नो लिङ्ग उत्तेजित बनाई ढाल लगाई मलाई खाटमा सुताई मेरो कपडा खोली ममाथि चढी शरीर थिची मुख थुनी निजको लिङ्ग केही बेर भित्र बाहिर गराई वीर्य स्खलन गराई ढाल निकाली जबरजस्ती मेरो मुखमा खुवाई दलिदिएको र अर्की छोरीलाई सोध्दासमेत निजले जबरजस्ती करणी गरेको बताएकी हुँदा अर्की छोरीको हकमा छुट्टै जाहेरी पेस गर्नेछु । निजलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको राजकुमार परियारको जाहेरी दरखास्त । जिल्ला चितवन दिव्यनगर गाउँ विकास समिति वडानं.२ स्थित पूर्वमा राजकुमार परियारको घर, पश्चिममा आशबिर वि.क.को खाली जग्गा, उत्तरमा राजकुमार वि.क.को खाली जग्गा र दक्षिणमा हिरापुर जाने सडक यति चार किल्लाभित्र रहेको बासुदेव महतोको बाँसको बेरा भएको २ कोठे कच्ची घर सो घरको दक्षिण साइडमा रहेका खाटमा मिति २०६९।८।७ गते अं.१०:३० बजेको समयमा विक