निर्णय नं. १०३७६ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३७६ - भ्रष्टाचार भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७५/०६/१६ १०४४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७५।६।१६ मुद्दाः- भ्रष्टाचार ०७१-CR-०२१२ पुनरावेदक / प्रतिवादी : रामेछाप जिल्ला, गोठगाउँ गाउँ विकास समिति वडा नं. २ घर अध्यागमन विभागको अनुसन्धान अधिकृत पदमा कार्यरत देवर्षि सापकोटा विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत अजय के.सी.को प्रतिवेदनले नेपाल सरकार ०७१-CR-०२९२ पुनरावेदक / प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, बालुवा गाउँ विकास समिति वडा नं. ५ घर भई अध्यागमन विभागको नायब सुब्बाको पदमा कार्यरत विश्वराज खरेल विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत अजय के.सी. को प्रतिवेदनले नेपाल सरकार ०७१-CR-०३०३ पुनरावेदक / प्रतिवादी : जिल्ला सिन्धुली, डाँडीगुरासे गाउँ विकास समिति वडा नं. ६ घर भई हाल जिल्ला रौतहट डुमरिया गाउँ विकास समिति वडा नं. २ अध्यागमन विभागका शाखा अधिकृत सुर्यप्रसाद दाहाल विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत अजय के.सी.को प्रतिवेदनले नेपाल सरकार ०७१-CR-०३३३ पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला, हेटौंडा नगरपालिका वडा नं. ५ बस्ने तत्काल अध्यागमन विभागको नायब सुब्बाको पदमा कार्यरत प्रदिपप्रसाद लामिछाने विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत अजय के.सी.को प्रतिवेदनले नेपाल सरकार ०७१-CR-०३७५ पुनरावेदक / प्रतिवादी : गुल्मी जिल्ला, दिगाम गाउँ विकास समिति वडा नं. ६ घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३२ बस्ने मेघराज खनालसमेत विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत अजय के.सी.को प्रतिवेदनले नेपाल सरकार ०७१-CR-०३७६ पुनरावेदक / वादी : अनुसन्धान अधिकृत अजय के.सी. बाबु श्रेष्ठको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला महोत्तरी, साढा गाउँ विकास समिति वडा नं. ३ बस्ने इनर्जी ओभरसिज प्रा.लि.का एजेन्ट युगलकिशोर झासमेत ०७१-CR-०५१९ पुनरावेदक / प्रतिवादी : महोत्तरी जिल्ला, साढा गाउँ विकास समिति वडा नं. ३ बस्ने इनर्जी ओभरसिज प्रा.लि.का एजेन्ट युगलकिशोर झा विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत अजय के.सी.को प्रतिवेदनले नेपाल सरकार ०७१-CR-०५५९ पुनरावेदक / प्रतिवादी : ललितपुर जिल्ला, ठैब गा. वि. स. वडा नं. ८ बस्ने जयनारायण नापित विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत अजय के.सी.को प्रतिवेदनले नेपाल सरकार ०७१-CR-०७२४ पुनरावेदक / प्रतिवादी : खोटाङ जिल्ला, बिजयखर्क गाउँ विकास समिति वडा नं. १ स्थायी घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. शान्तिनगर बस्ने श्रीबकस खत्री विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत अजय के.सी.को प्रतिवेदनले नेपाल सरकार प्रतिवादीहरूको सम्बन्धमा पेस भएको दृश्यसहितको अडियोमा प्रतिवादीहरूले जाहेरवालासँगको वार्तालाप र रिसवतको नोट लिएको, गनेको र अर्का प्रतिवादीले पनि जाहेरवालासँग रिसवतकै नोट लिएर गनेको दृश्य देखिँदा भ्रष्टाचार मुद्दामा कसुर स्थापित गर्ने प्रत्यक्ष एवम मुख्य प्रमाणको रूपमा नै मान्नु पर्ने । (प्रकरण नं.१६) भ्रष्टाचार जस्तो गम्भीर कसुरमा अभियोग लगाउँदा एवं कसुर कायम गर्दा प्रस्ट रूपमा सबुद प्रमाणहरूबाट पुष्टि हुनुपर्ने र त्यस्तो सबुद प्रमाण प्रत्यक्षरूपमा हुनु र देखिनु पर्ने । कसैले कुनै व्यक्तिउपर दोष वा अभियोग लगाउँछ भने त्यसरी द