निर्णय नं. १०३७८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३७८ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०४/२० २६४६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना आदेश मिति : २०७६।४।२० ०६८-WO-०६३१ विषयः उत्प्रेषण निवेदक : जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई काठमाडौं जिल्ला, महाङ्काल गा.वि.स. वडा नं.९ मा केन्द्रीय कार्यालय रहेको नेपाल बसोवास तथा बस्ती संरक्षण समाजका तर्फबाट अख्तियारप्राप्त भई आफ्नो हकमा समेत का.जि.का.म.न.पा. वडा नं.४ सुकुम्बासी बस्ती बस्ने कृष्णप्रसाद उपाध्यायसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय, सिंहदरबार, काठमाडौंसमेत बाग्मती नदीलगायतका सबै नदीनालाहरूको किनाराका अनधिकृत रूपमा मापदण्डविपरीत अतिक्रमित सरकारी सार्वजनिक जग्गालाई उचित संरक्षण र व्यवस्थापन नगर्ने हो भने सार्वजनिक जग्गाहरू अतिक्रमण गरी बसोवास गर्ने कार्यले परापूर्वकालदेखि चली आएको धार्मिक र सांस्कृतिक धरोहरका सम्पदाहरू क्रमश: लोप हुँदै जाने खतरा रहनुका साथै प्रदूषित खोलानालाको कारण प्राकृतिक वातावरणमा समेत प्रतिकूल असर पर्ने मात्र नभई सहरको मध्य भागमा रहेको बाग्मती सभ्यतामा असर परी सहरको कुरूपतासमेत प्रदर्शित हुन जाने । सुकुमबासीको नाममा सरकार वा महानगरपालिकाले तोकिदिएको स्थानबाहेक जहाँसुकै खाली स्थान पाउने बित्तिकै अतिक्रमण गर्नु गराउनु कानूनविपरीत मात्र नभई औचित्यपूर्ण तथा विवेकसम्मत नहुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल, विद्वान् अधिवक्ता श्री हरेराम तिवारी अवलम्बित नजिर : सम्बन्धित कानून : नेपालको अन्तरिम संविधान, २०६३ आदेश न्या.प्रकाशकुमार ढुंगाना : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- तथ्य खण्ड हामी निवेदकहरू नेपाल बसोवास तथा वस्ती संरक्षण समाज र नेपाल महिला एकता समाज सुकुम्बासीहरूको हक हितका लागि काम गर्ने उद्देश्यले संस्था दर्ता ऐन, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भई सुकुम्बासी समुदायका करिब एक लाखभन्दा बढी सदस्यहरू संगठित रहेका छौं । हामी निवेदक, निवेदिकाहरू बाढी, पहिरो भूकम्पलगायतका प्राकृतिक विपत्ति तथा सशस्त्र विद्रोह आदि कारणले आफ्नो बसोवास एवं जन्मथलोबाट विस्थापित भई आर्थिक विपन्नताका कारण घरबारविहीन भई सुकुम्बासीको रूपमा काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमतीलगायतका नदी किनारामा टहरा, झुप्रा निर्माण गरी बसोवास गरी आएका नेपाली नागरिकहरू हौं । यसरी बसोवास गरी आएको अवस्थामा हाम्रो बसोवासको अन्य वैकल्पिक व्यवस्था नै नगरी आफ्ना नागरिकहरूप्रति कुनै दायित्व र जिम्मेवारी नलिई काठमाडौं उपत्यकाबाट प्रकाशित हुने मिति ०६८।८।१३ को राष्ट्रिय दैनिक पत्रिकाहरूमा ५ दिनभित्र नदी किनाराका संरचना हटाउनु, नहटाएमा प्रत्यर्थी निकायहरूबाट हटाई सोको खर्चसमेत सम्बन्धित संरचनावालाले बेहोर्नु पर्ने भनी प्रत्यर्थी अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, गुहेश्वरीसमेतका सातवटा निकायका तर्फबाट सार्वजनिक सूचना प्रकाशित गरी हामी सुकुम्बासीका वस्तीहरू भत्काई हामीलाई उठी बास लगाई कहिँकतै पनि बस्न नपाउने कार्य प्रत्यर्थीहरूले गर्ने आशंका विद्यमान भई वैकल्पिक व्यवस्था नगरिएसम्म हामी बसोवास गरिरहेको स्थानबाट नहटाउनु