निर्णय नं. १०३७९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३७९ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०३/२९ ४६५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७६।३।२९ ०७४-WO-०३८८ मुद्दा: उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २ कान्तिपथस्थित सूर्य नेपाल प्रा.लि.को तर्फबाट ऐ.का अधिकारप्राप्त प्रबन्ध सञ्चालक ऐ. बस्ने अभिमन्युकुमार पोद्दारसमेत विरूद्ध विपक्षी : आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौंसमेत जुन रकम आयमा गणना नै हुँदैन, आम्दानी नै भएको छैन, अर्कै संस्था कल्याणकारी कोषमा जम्मा भएको छ, त्यस्तो रकम कल्याणकारी कोषबाट खर्च भएको छैन भन्ने कारणले पुनः कम्पनीको आम्दानीमा गणना गरी कर लगाउन नमिल्ने । (प्रकरण नं.१३) कानूनमा रहेका अस्पष्टताहरू स्पष्ट गर्न परिपत्र जारी गर्न पाउने अधिकार प्रदान गरिएको कानूनी प्रावधानको मनसाय अन्य विषय विषयमा बनेका ऐनमा रहेका प्रस्ट प्रावधानहरू नै निष्क्रिय हुने गरी परिपत्र गर्न नपाउने । (प्रकरण नं.१४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की र श्री तुलसी भट्ट तथा विद्वान् अधिवक्ता श्री महेश थापा विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नारायण पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : बोनस ऐन, २०३० श्रम ऐन, २०४८ आयकर ऐन, २०५८ श्रम नियमावली, २०५० आदेश न्या.सुष्मालता माथेमा : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:- निवेदक सूर्य नेपाल प्रा.लि. कानूनबमोजिम दर्ता भएको कम्पनी हो । प्रत्येक वर्ष कर तिरेको छु । कानूनबमोजिम बाहेक कर लगाउन र उठाउन नपाउने संवैधानिक प्रत्याभूति गरिएको छ । कम्पनीले आ.व. २०६८/६९ मा आफ्नो व्यवसायबाट भएको खुद मुनाफाबाट बोनस ऐन, २०३० को दफा ५ को उपदफा (१) बमोजिम कामदार कर्मचारीहरूलाई वितरण गर्नको लागि १० प्रतिशतले हुन आउने रकम रू.४१,६६,१८,६८४।- बोनसबापत छुट्टयाएको थियो । सो आ.व. २०६८/६९ को आयकर निर्धारण हुँदा विपक्षी ठूला करदाता कार्यालयसमेतले विवाद नगरी बोनसबापतको पूरै रकम रू.४१,६६,१८,६८४।- लाई आ.व. २०६८/६९ मा खर्चको स्वीकार गर्नुभएको छ । बोनस ऐन, २०३० को दफा ९ को उपदफा (२) ले आर्थिक वर्ष समाप्त भएको ८ महिनाभित्र बोनस वितरण गरिसक्नुपर्ने भनी कानूनी व्यवस्था गरेको छ । सोहीबमोजिम कम्पनीले ६ महिनाभित्रै अर्थात् आ.व. २०६९/७० मा आफ्ना कामदार कर्मचारीहरूलाई बोनस वितरण गरिसकेको छ । बोनस ऐन, २०३० को दफा ७ ले बोनसबापत पाउने रकम र त्यसको निर्धारणको विधि तोकेको छ । सो दफामा तोकेको विधिबमोजिम बोनस वितरण गर्दा जम्मा बोनसबापत छुट्याएको रकम रू.४१,६६,१८,६८४।- मध्ये रू.५,७४,१७,८३२।- बोनस वितरण भएको छ । उक्त दफा ७ बमोजिम बोनस वितरण गरेर बाँकी रहेको रकमलाई के प्रयोजनमा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा ऐ. दफा १३ मा उल्लेख छ । जसअनुसार बोनसबापत छुट्याएको रकममध्येबाट बोनस वितरण गरेपछि बाँकी रहन आएको रकममध्ये ७० प्रतिशत रकम श्रम ऐन, २०४८ को दफा ३७ बमोजिम खडा गरेको प्रतिष्ठान स्तरको कल्याणकारी कोषमा र बाँकी ३० प्रतिशत नेपाल सरकारले खडा गरेको राष्ट्रिय स्तरको कल्याणकारी कोषमा जम्मा गर्नुपर्दछ । उपर्युक्त कानूनी व्यवस्थाबमोजिम नै निवेदक कम्पनीले आफ्ना कामदार कर्मचारीहरूलाई वितरण गरेर बाँकी रहेको बोनस रकम रू