निर्णय नं. १०३८० - उत्प्रेषण / प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३८० - उत्प्रेषण / प्रतिषेध भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११ फैसला मिति :२०७४/०५/११ ३५४१ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७४।५।११ ०६९-WO-१२५८ विषयः- उत्प्रेषण / प्रतिषेध निवेदक : ललितपुर जिल्ला ललितपुर उ.म.न.पा. वडा नं. १ स्थित नेपाल प्लाष्टिक उत्पादक संघको अख्तियारप्राप्त ऐ.का महासचिव ऐ.ऐ. वडा नं. ६ बस्ने राजेश्वरलाल जोशीसमेत विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, काठमाडौंसमेत प्लाष्टिकको झोलाबाट वातावरणमा दुस्प्रभाव पर्ने, यसलाई पुनः नवीकरण गर्न नसकिने र नसड्ने हुनाले लामो समयसम्म जमिनमा रही माटोको गुणस्तर कम भई माटो, पानीलगायत प्रदूषित भई जीव तथा वनस्पतिको जीवन खतरामा परेको अवस्था छ । वातावरण एवं जनस्वास्थ्यलाई ध्यानमा राख्दा हालको जस्तो प्लाष्टिक झोला र प्लाष्टिकजन्य सामानको निर्वाध प्रयोग र यसबाट सिर्जित फोहोर व्यवस्थापन नयाँ ढंगले नियमन गर्नुपर्ने । (प्रकरण नं.३) हामी बाँचिरहेको प्रकृति हामी सबै पृथ्वीवासीहरूको साझा घर हो र यसको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने दायित्व सबै मानवजातिको हो । हामीले गर्ने मानवीय जीवनका हरेक क्रियाकलापहरू वातावरण र प्रकृतिमैत्री हुनुपर्छ र वर्तमानको उपभोगले भावी पिँढीको जीवनशैली र उपभोग क्षमतालाई प्रभाव पार्नु नहुने । निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री गोपालप्रसाद अर्याल विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री विश्वराज कोइराला, विद्वान्‌ अधिवक्ता श्री दामोदर खड्का सरोकारवालाको तर्फबाट : विद्वान् अधिवक्ता श्री हरिशचन्द्र सुवेदी, श्री भुवनप्रसाद वाग्ले, श्री गणेश दाहाल अवलम्बित नजिर : ने.का.प.२०६१, अंक ८, नि.नं.७४३० सम्बद्ध कानून : वातावरण संरक्षण ऐन, २०५३ आदेश स.प्र.न्या.गोपाल पराजुली : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- रिट निवेदनको बेहोरा निवेदकमध्येको नेपाल प्लाष्टिक उत्पादक संघ नेपाल राज्यभित्र प्लाष्टिक उत्पादक व्यवसायीहरूको हकहित संरक्षण गर्नको लागि संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएको गैरनाफामूलक परोपकारी संस्था हो । निवेदकमध्येको एटलस पेट प्लस इण्डष्ट्रिज नेपाल प्रा.लि. कम्पनी ऐन, २०५३ बमोजिमको कानूनी व्यक्ति हो र औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३(क) बमोजिम प्लाष्टिकजन्य वस्तु उत्पादन गर्नको लागि इजाजत प्राप्त गरेको छ । त्यसैगरी निवेदकमध्येको महालक्ष्मी पोलिमर्स उद्योग, सबनम प्लाष्टिक उद्योग, राधाकृष्ण प्लाष्टिक उद्योग, विष्णु ट्रेडर्स, तिवारी प्लाष्टिक उद्योग, सुनकोशी प्लाष्टिक उद्योग, निता स्टोर फर्म प्राइभेट फर्म रजिस्ट्रेसन ऐन, २०१४ बमोजिम दर्ता भएको प्लाष्टिकका पोलिथिन झोला एवं प्लाष्टिकजन्य विभिन्‍न वस्तु उत्पादन र बिक्री वितरण गर्ने कानूनी व्यक्ति हो र निवेदकमध्येको म नारायणप्रसाद रिमाल पोलिथिन झोला प्रयोगकर्ता हुँ । हामी निवेदकहरू प्रचलित कानूनबमोजिम आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसमेतको लागि दर्ता भई प्लाष्टिकका पोलिथिन झोला र विभिन्‍न सामानहरू उत्पादन र बिक्री वितरण गरी आएकोमा विपक्षी काठमाडौं महानगरपालिकाबाट मिति २०७०।३।१ देखि काठमाडौं महानगरपालिका क्षेत्रभित्र प्लाष्टिक झोला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाई र सोको बर्ख