निर्णय नं. १०३८१ - लागु औषध (डाइजेपाम)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३८१ - लागु औषध (डाइजेपाम) भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११ फैसला मिति :२०७५/०७/२७ ३४६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७५।७।२७ ०७१-CR-१४९५ मुद्दाः- लागु औषध (डाइजेपाम) पुनरावेदक / वादी : प्र.स.नि. देवबहादुर खत्रीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला चितवन पिप्ले गा.वि.स. वडा नं.५ बस्ने देवबहादुर घले लागु औषध बरामद भएपछि त्यसको प्रकृति अर्थात् त्यसले मानव स्वास्थ्यमा पार्ने असर, लागु औषधको परिमाण, वारदात र वारदात हुँदाको अवस्था, प्रतिवादीले पहिले पनि कारोबार गरे नगरेको र सेवन गर्ने नगर्ने अवस्थासमेतलाई मध्यनजर गरी कसुरको मात्रा निर्धारण गर्नुपर्ने । बिक्री वितरण गर्ने गरेको भन्ने दाबी लिँदा त्यसको वस्तुनिष्ठ आधारसमेत खुलाएको हुनुपर्ने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री विश्वराज कोइराला प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री दीपेन्द्र अधिकारी मकवानपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य माननीय न्यायाधीश श्री विनोद शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या.डम्बरबहादुर शाही : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- मिति २०७०।१२।३ गते अं.१६:३० बजेको समयमा विशेष सूचनाको आधारमा वीरगन्जबाट नारायणगढतर्फ आइरहेको ना.४ ख.६३ नं. को बस रोकी चेकजाँच गर्ने क्रममा जिल्ला चितवन पिप्ले गा.वि.स. वडा नं. ५ बस्ने वर्ष १९ को देवबहादुर घलेको शरीर तलासी लिँदा निजले शरीरमा लुकाई छिपाई ल्याएको लागु औषध डाइजेपाम २९ एम्पुल, फेनारगन २९ एम्पुल र नरफिन २७ एम्पुल फेला पारी बरामद गरी निज देवबहादुर घलेसमेतलाई पक्राउ गरेको भन्ने सुरूको सञ्चार जाहेरी । मिति २०७०।१२।३ गते अं.१६:३० बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला मकवानपुर मनहरी गा.वि.स.वडा नं.३ स्थित प्रहरी चेक पोष्टमा वीरगन्जबाट नारायणगढतर्फ आइरहेको ना.४.ख. ६३ नं.को बस रोकी चेकजाँच गर्ने क्रममा जिल्ला चितवन पिप्ले गा.वि.स.वडा नं.५ बस्ने वर्ष १९ को देवबहादुर घलेको शरीर तलासी लिँदा निजले शरीरमा लुकाई छिपाई ल्याएको लागु औषध डाइजेपाम 2ml को २९ एम्पुल, फेनारगन 2ml को २९ एम्पुल र नरफिन 2ml को २७ एम्पुल फेला पारी बरामद गरेको भन्ने बरामदी मुचुल्का । मिति २०७०।१२।३ गते अं.१६.३० बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला मकवानपुर मनहरी गा.वि.स.वडा नं.३ स्थित प्रहरी चेकपोष्टमा वीरगन्जबाट नारायणगढतर्फ आइरहेको ना.४.ख.६३ नं. को बस रोकी चेकजाँच गर्ने क्रममा जिल्ला चितवन पिप्ले गा.वि.स.वडा नं.५ बस्ने वर्ष १९ को देवबहादुर घलेको शरीर तलासी लिँदा निजले शरीरमा लुकाई छिपाई ल्याएको लागु औषध डाइजेपाम 2ml को २९ एम्पुल, फेनारगन 2ml को २९ एम्पुल र नरफिन 2ml को २७ एम्पुल फेला पारी बरामद गरी आवश्यक कारबाहीको लागि मानिस तथा बरामद भएको लागु औषध डाइजेपामसमेत दाखिला गरेको भन्ने प्र.स.नि. देवबहादुर खत्रीसमेतको प्रतिवेदन । भौतिक सबुद नं.१ मा डाइजेपाम र सबुद नं.२ मा ब्युप्रिनोर्फिन पाइएको छ भन्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्र