निर्णय नं. १०३८२ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३८२ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११ फैसला मिति :२०७५/०३/१० १६५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७५।३।१० ०७१-WO-१०२७ मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक : तनहुँ जिल्ला, जामने गा.वि.स. वडा नं.१ घर भई पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय पोखरामा रा.प.अनं. प्रथम रेन्जर पदमा कार्यरत सन्तोष खनालसमेत विरूद्ध विपक्षी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंसमेत कानूनमा भएको व्यवस्थाबमोजिम नोकरी जोड्न समयमा नै निवेदन गरी कर्मचारीले आफ्नो कर्तव्य पालना गरेकोमा सार्वजनिक निकाय वा पदाधिकारीले ढिला निर्णय गरेका कारण त्यसको दुष्परिणाम कर्तव्य पालन गरेको कर्मचारीलाई बहन गराउन नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री दिपेन्द्र अधिकारी विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.ओमप्रकाश मिश्र : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- हामी रिट निवेदकहरू सन्तोष खनाल मिति २०६०।११।१ मा र विष्णुबहादुर के.सी मिति २०६०।११।५ मा नेपाल वन सेवा, जनरल फरेस्ट्री समूह रा.प.अनं. प्रथम श्रेणीको रेन्जर पदमा सेवा प्रवेश गरी रा.प.तृतीय श्रेणीको लागि बढुवा हुन न्यूनतम सेवा अवधि पुगेको, बढुवाको लागि अयोग्य नभएको हुँदा निजामती सेवा ऐन, २०४९ को दफा २४घ१क बमोजिम नेपाल वन सेवा, जनरल फरेस्ट्री रा.प.तृतीय श्रेणीको बढुवाको लागि सम्भाव्य उम्मेदवार भएको र लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा सम्पूर्ण विवरणसमेत खुलाई तोकिएको समयावधिभित्र मिति २०७१।९।१ सम्ममा दरखास्त फाराम बुझाई आएकोमा मिति २०७२।१।८ गते लोक सेवा आयोगका सदस्य र वन तथा भू-संरक्षण मन्त्रालयका सचिवज्यूबाट नेपाल वन सेवा, जनरल फरेस्ट्री समूह रा.प.अनं. प्रथम श्रेणीको पदबाट सोही सेवा समूहको रा.प.तृतीय (प्रा) पदमा ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको लागि सिफारिस गर्ने निर्णयानुसार मिति २०७२।१।९ को गोरखापत्रमा सूचनासमेत प्रकाशित भई हामी निवेदकहरू नेपाल वन सेवा, जनरल फरेस्ट्री समूह, रा.प.तृतीय श्रेणीको सहायक वन अधिकृत पदमा बढुवाको लागि सिफारिस भएका थियौं । विपक्षी सुरेसप्रसाद महतो र राजकुमार श्रेष्ठको बढुवा हुनको लागि सेवा अवधि नभएको कारण बढुवा हुन नसकेकोमा उनीहरूले आफूहरूको अस्थायी सेवा अवधि जोडी बढुवा पाउनुपर्ने भनी विपक्षी लोक सेवा आयोगमा उजुरी दर्ता गराएकोमा लोक सेवा आयोगले निर्णय नं. ३०९।२०७२।३।३ मा हामी रिट निवेदकहरूलाई बढुवा गर्ने गरी बढुवा समितिले गरेको निर्णय बदर गरी विपक्षी सुरेसप्रसाद महतो र राजकुमार श्रेष्ठलाई बढुवा गर्ने त्रुटिपूर्ण निर्णय गरेबाट हामी निवेदकहरूको पेसागत हक अधिकार कुण्ठित हुन पुगी नेपालको अन्तरिम संविधानद्वारा प्रदत्त मौलिक हक र निजामती सेवा ऐन तथा नियमावलीद्वारा प्रदत्त कानूनी हकमा आघात पुगेको हुँदा हामीहरूको कानूनी एवं संवैधानिक हकको प्रचलनको लागि सम्मानित अदालतको शरणमा आएका छौं । निजामती सेवा नियमावली, २०५० को नियम १२३ को उपनियम १ को खण्ड (क) को उपखण्ड (४) बमोजिम पहिले भू-संरक्षण सहायक पदमा काम गरेको अस्थायी सेवा अवधि ज्येष्ठता प्रयोजनका लागि निजामती किताबखाना हरिहर भवनले बढ