निर्णय नं. ८२६२ - क्षतिपूर्ति

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२६२ - क्षतिपूर्ति भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०७/२९ १४०४५ निर्णय नं. ८२६२ फागुन, २०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६३ सालको दे.पु.नं.०६३–CI–०१५८, ०१९३ फैसला मितिः २०६६।७।२९।१ मुद्दा : क्षतिपूर्ति । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वरस्थित ब्लूक्रस क्लिनिकमा कार्यरत डा. दिनेशविक्रम शाह विरुद्ध प्रत्यर्थी वादीः काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १४ कुलेश्वर वस्ने सिर्जना के.सी. तथा निजको आमा सरिता के.सी.को हकमा जनहित संरक्षण मञ्चको तर्फबाट भोजराज ऐर पुनरावेदक प्रतिवादीःकाठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ११ त्रिपुरेश्वरस्थित ब्लुक्रस नर्सिङ होम प्रा.लि. को तर्फबाट मार्केटिङ्ग मेनेजर दिलम्बर श्रेष्ठ विरुद्ध प्रत्यर्थी वादीःकाठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १४ कुलेश्वर वस्ने सीर्जना के.सी. तथा निजको आमा सरिता के.सी.को हकमा जनहित संरक्षण मञ्चको तर्फबाट भोजराज ऐर शुरु फैसला गर्ने : क्षतिपूर्ति समिति काठमाडौं पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री अलिअकवर मिकरानी मा.न्या. श्री जनार्दनबहादुर खड्का § डाक्टरले जाँची औषधि Prescribe गरेको दिन वा औषधि खाएको पहिलो दिनदेखि गणना गर्ने होइन, औषधि दिनहुँ खाएपछि लक्षण र असरहरू देखिन थालेको दिनबाट हदम्यादको गणना गर्नुपर्छ । ऐनको व्याख्या गर्दा Purposive व्याख्या गर्नुपर्छ, निरर्थक Frustrate हुने व्याख्या गर्नु नहुने । § हानि नोक्सानी भएको कुरा जुनवेला जानकारी भयो सोही मितिलाई मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मिति मान्नुपर्ने । § औषधि सेवनको कारणबाट उत्पन्न विवादमा अन्य मुद्दामा जस्तो औषधि खाएको पहिलो दिनबाट हदम्याद गणना गर्ने व्याख्या Absurd Interpretation हुन्छ । औषधि सेवनपछि क्रमशः असर गर्न थालेको जानकारी पाएको मितिबाट हदम्यादको गणना गर्नुपर्ने । (प्रकरण नं.५) § विरामीप्रति डाक्टरको खराव भावना, खराव आचरण, खराव मनसाय हुँदैन । यदि कुनै विरामीले डाक्टरप्रति यस्ता Negligence का आरोपहरू लगाउँछ भने लगाएको डाक्टर विरुद्धको त्यस्तो Negligence को आरोप लगाउनेले नै प्रमाणित गर्नुपर्ने । (प्रकरण नं.८) § Causation हुनलाई अनिवार्य तत्व जस्तैः कसैले कुनै काम गर्छ जसको परिणाममा कुनै असर वा अपराधको तत्व हुन्छ र कसैको त्यस्तो कार्य हुन नदिन रोक्ने वा Alert गराउने कर्तव्य हुन्छ तर उसले नरोक्नाले त्यस्तो कार्य हुनमा Contribute गर्छ साथै उसले समयमा त्यस्तो नहुन सजग होशियारी र साबधान गराउनु पर्ने । § Causation आँखा टि.बि. लगायतको उपचार नभई Tegrital को लामो सेवनको कारणबाट भएको देखिएको र Tegrital को लामो सेवन गर्दा हुने असरमा Alert गराउने, सावधानी गराउने, आदि शुरु र समयमै सबै कुरा जानकारी गराई Alert गराउनु पर्नेमा नगराएको कारण गरेको असर Causation अन्यत्रको उपचार नभइ त्भनचष्तब कै कारणबाट भएकाले यस्तोमा चिकित्सकलाई Negligence को आरोपबाट उन्मुक्ति दिन नमिल्ने। (प्रकरण नं.२९) § क्लिनिकले डाक्टरहरू मार्फत् औषधिबाट सेवा प्रदान गरेको अवस्थामा क्लिनिकले आफ्नो जिम्मेवारी नभएको भनी उन्मुक्ति प्राप्त गर्न नसक्ने । (प्रकरण नं.३०) § समयमा उपचार नगरी बसेको वा बिरामीलाई अन्यत्र लगी सम्बन्धित डाक्टर वा अस्पतालमा ढिला गरी लगेकोमा डाक्टरले प्रयास गर्दा पनि उपचार सफल नभएमा पनि डाक्टर वा अस