निर्णय नं. १०३८५ - आगो लगाई कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३८५ - आगो लगाई कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११ फैसला मिति :२०७६/०१/२२ ३०८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।१।२२ ०७४-CR-०२८४ मुद्दाः आगो लगाई कर्तव्य ज्यान पुनरावेदक / वादी : आरिफ अहमद राइनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बर्दिया, गुलरिया न.पा.वडा नं.८ वतन भएकी हसिना हास्मीसमेत ०७४-CR-०९७२ पुनरावेदक / प्रतिवादी : रहिस अहमद हास्मीको छोरा बर्दिया जिल्ला, गुलरिया नगरपालिका हाल वडा नं.६ घर भई हाल कारागार कार्यालय बर्दिया, गुलरियामा थुनामा रहेको रिजवान अहमद हास्मीसमेत विरूद्ध प्रत्यर्थी / वादी : आरिफ अहमद राइनसमेतको जाहेरीले नेपाल सरकार मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा ग्रहण गर्नको लागि दुई वा दुईभन्दा बढी कागज पेस भएकोमा ती कागजहरू वा दुई वा दुईभन्दा बढी व्यक्तिहरूले सुनेको भनी लेखाएको विषय एकापसमा विरोधाभाषपूर्ण हुनुहुँदैन । अस्पतालमा गराइएको भनिएको कागजमा उपचारमा संलग्न चिकित्सक वा अन्य कर्मचारीलाई रोहवरमा राखी निजहरूले अदालतसमक्ष सोको विषयमा बकपत्र गरेको हुनुपर्दछ । पेस गरिएका कागजमा उल्लिखित बेहोरा मिसिल संलग्न कागजबाट समर्थित भएको हुनुपर्दछ, सो नभए पनि खण्डित भएको हुनु नहुने । (प्रकरण नं.२०) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६९, अंक १२, नि.नं.८९३० सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री बसन्तराज पौडेल बर्दिया जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री वीरबहादुर डाँगी मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- मिति २०६९।८।२२ गते बर्दिया जिल्ला, गुलरिया नगरपालिका-८ स्थित मेरो घरमा बहिनी शिवा हास्मीलाई बाबु खाँले रातो रङ्गको प्लाष्टिकको जगमा ल्याएको पेट्रोल हाली सलाई कोरी आगो लगाई दिई सख्त घाइते बनाएको र निजले पटकपटक बहिनीलाई विवाह गरौं भनी फोनबाट भनेको र विवाह नगर्ने भए तँलाई मारी सिध्याई दिन्छु भनेकोसमेत हुँदा ज्यान मार्ने उद्योगअन्तर्गत आवश्यक कानूनी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको रिजवान हास्मीको जाहेरी दरखास्त । बर्दिया जिल्ला, गुलरिया नगरपालिका वडा नं.८ स्थित पूर्वमा राज्जा अली हलवाईको घर, पश्चिममा बारीस अली शाहको बारी, उत्तरमा मदन थापाको बारी, दक्षिणमा मस्जिद टोलको बाटो यति चार किल्लाभित्र शिवा हास्मीको एकतले पक्की घर, सोही घरको उत्तरतर्फ फोहर पानी फाल्ने पानी जमेको खाल्डो, सो खाल्डोको पश्चिम किनारामा हरियोमा सेतो रातो धर्का भएको कपडा जलेको, उक्त कपडा प्रहरीले जिम्मा लिएको, सो स्थानमा बाबु खाँले शिवा हास्मीलाई आगो लगाई दिएको भन्ने देखाएको घटनास्थलमा मुद्दासँग प्रमाण लाग्ने चिजवस्तुहरू केही फेला नपरेको, सो घरको भित्र पस्दा तीन वटा कोठामध्ये बिचको कोठामा खाटमुनि कोकको डेढ लिटरको बोतलमा अन्दाजी ५० मि.लि. मट्टितेल र सिसीको टुकी बत्ती फेला पारी प्रहरीले आफ्नो जिम्मामा लिएको ठीक छ भन्नेसमेत बेहोराको घटन