निर्णय नं. १०३८६ - टप घर भत्काई खिचोला छोडाई बाटो कायम चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३८६ - टप घर भत्काई खिचोला छोडाई बाटो कायम चलन भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११ फैसला मिति :२०७५/०३/१२ २३२१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७५।३।१२ मुद्दाः- टप घर भत्काई खिचोला छोडाई बाटो कायम चलन ०७३-CI-०१८७ पुनरावेदक / प्रतिवादी : पन्नालाल साहको छोरा बारा जिल्ला छातापिप्रा गा.वि.स. वडा नं. २ हाल परिवर्तित बारा जिल्ला गढीमाई नगरपालिका वडा नं. ७ बस्ने जगतप्रसाद साह विरूद्ध प्रत्यर्थी / वादी : बारा जिल्ला छातापिप्रा गा.वि.स.वडा नं.९ हाल परिवर्तित बारा जिल्ला गढीमाई नगरपालिका वडा नं.१० बस्ने जानकीदेवी धनुकाइन ०७३-CI-१०७५ पुनरावेदक / प्रतिवादी : अनिसुर रहमान अंसारीको श्रीमती जिल्ला बारा गा.वि.स. भवानीपुर जितपुर वडा नं. ३ परिवर्तित ऐ. गढीमाई नगरपालिका वडा नं. ७ बस्ने नइमुन नेसा विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला बारा गा.वि.स. छातापिप्रा वडा नं. ९ बस्ने जानकीदेवी धनुकाइनसमेत दाताले बाटो निकास रहेको भनी लिखतमा उल्लेख गरेको बेहोरालाई पछि जग्गा खरिद गर्ने दातालाई पनि सो तथ्य बन्धनकारी हुने र बाटो निकासलाई अवरोध गर्न नमिल्ने । (प्रकरण नं.३) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : विद्बान् वरिष्ठ अधिवक्ता श्री दीपक राजभण्डारी, विद्बान् अधिवक्ता श्री पुण्यप्रसाद दंगाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- मा.न्या.श्री तेजेन्द्रप्रसाद शर्मा सापकोटा बारा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर पुनरावेदन अदालत हेटौंडा फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ : म जानकीदेवी धनुकाइनको नामदर्ताको जिल्ला बारा, गा.वि.स. जीतपुर भवानीपुर, वडा नं. ९, कि.नं. ३७१७, को ज.वि. ०-०-५१/२ जग्गा र म मसौदादेवी धनुकाइनको ऐ., कि.नं. ३७१६ को ज.वि. ०-०-६१/२ जग्गाको पूर्वमा टाँसिएको १० फिट चौडाइको बाटो हाम्रो जग्गाको दक्षिणतर्फ रहेको कि.नं. २०७८ को जग्गासम्म रहेको छ । हाम्रो कि.नं. ३७१६ र कि.नं. ३७१७ को पूर्वबाटो सोदेखि पूर्व नइमुन नेसाको कि.नं. १७५४ को जग्गा छ । कि.नं. ३६१० को जग्गा महमद याकुबले बाटो बनाई आफ्नो नाउँमा बचाई राखेका थिए र हामीले निजलाई आफ्नो नामको लगत कट्टा गरी चलिआएको सो बाटोलाई कायम गराउनु होस् भनी भन्दै आएकोमा विपक्षीले आलटाल गर्दै आएका थिए, र मिति २०६७।०९।१५ मा मजदुर लगाई बाटो जग्गामा नइमुन नेसाले पक्की घर बनाउन जग खन्न सुरू गर्दा विवाद बढेपछि यो जग्गा मैले खरिद गरेकी छु, घर बनाउँछु भनेकीले जग्गासँग सम्बन्धित रहेका कित्ताहरूको लिखतहरूको नक्कल लिई हेर्दा महमद याकुबले कि.नं. ३६१० को जग्गा मालपोत कार्यालय, बाराको र.नं. ११४९२, मिति २०६०।०२।३० मा नइमुन नेसालाई हस्तान्तरणण गरेको र नइमुन नेसाले र.नं. १२४६ , मिति २०६३।०७।०१ मा पारित गरेको लिखतबाट ज.वि. ०-०-१८-८ जग्गा महमद याकुबको नाउँमा गई कित्ता काट हुँदा कि.नं. ३६१० तीन कित्तामा विभाजित भई कि.नं. ४४९५ महमद याकुबको नाउँमा गएको, कि.नं. ४४९६ र कि.नं.४४९७ को जग्गा विपक्षी नइमुन नेसाकै नाउँमा कायम रही कि.नं. ४४९७ को बाटो जग्गा