निर्णय नं. १०३८७ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३८७ - भ्रष्टाचार भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११ फैसला मिति :२०७६/०५/१८ ५८०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।५।१८ ०६४-CR-०३१९ मुद्दाः- भ्रष्टाचार पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं. २ छपकैया घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ बस्ने बस्ने जगरनाथप्रसाद सोनार विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत जगदिशमान श्रेष्‍ठको प्रतिवेदनले नेपाल सरकार भ्रष्टाचारजन्य कसुर र देवानी दायित्वका बिच तात्त्विक भिन्नता रहेको हुन्छ । भ्रष्टाचार निवारण ऐनको संरचनाबाट सार्वजनिक उत्तरदायित्व भएका पदाधिकारी तथा राष्ट्रसेवकले अन्य व्यक्तिहरूसँग मिली भ्रष्टाचारजन्य कार्य गरी सरकारी वा सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने, आफू वा अन्य व्यक्तिलाई लाभ वा हानि पुर्‍याउने कार्य गरेमा सो कार्यमा संलग्न रहेका पदाधिकारी, संस्था वा व्यक्तिलाई समेत कसुरदार ठहर हुने । (प्रकरण नं.९) करारीय सम्बन्धको विषयलाई लिएर भ्रष्टाचार मुद्दा चलाइएको, कर्जा लगानी गर्ने बैंकका कर्मचारीहरूलाई सफाइ दिने गरी भएको फैसलाउपर वादी पक्षको पुनरावेदन परेको नदेखिएको, खास ऋणीहरूउपर मुद्दा नै नचलाइएको, हायर पर्चेज कर्जासम्बन्धी बैंक र ऋणीबिच भएको सम्झौताको सर्तबमोजिम बैंकले गाडी कब्जामा लिने कार्य गरेको नदेखिएको, फौजदारी कसुरजन्य बदनियत राखेर प्रतिवादीले कारोबार गरेको देखिने तथ्य प्रमाणित हुन नआएको र ऋणी तथा जमानत दिने सप्लायर्स कम्पनीसमेतका प्रतिवादीबाट कृषि विकास बैंक र सप्लायरबिच भएको Buy Back Agreement अनुसार र प्रचलित कानूनबमोजिम असुल गर्नुपर्ने बाँकी रकम बैंकले असुल गर्न सक्ने नै भएको अवस्था रहेकोले यसमा आरोपपत्र दाबीबमोजिम भ्रष्टाचारको कसुर ठहर गर्न नमिल्ने । (प्रकरण नं.१२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री कृष्णप्रसाद सापकोटा, श्री सविता भण्डारी, श्री प्रकाश के.सी. विद्वान् अधिवक्ताहरू डा. श्री भिमार्जुन आचार्य र श्री दुर्गाप्रसाद उप्रेती प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली, विद्वान् वरिष्ठ अधिवक्ता श्री कोमल प्रकाश घिमिरे र विद्वान् अधिवक्ता श्री निर्मलराज कोइराला अवलम्बित नजिर : सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०५९ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सुरू तहमा फैसला गर्ने: अध्यक्ष मा.न्यायाधीश श्री भूपध्वज अधिकारी सदस्य मा. न्यायाधीश श्री कोमलनाथ शर्मा सदस्य मा.न्या. श्री चोलेन्द्र शमशेर ज.ब.रा. विशेष अदालत, काठमाडौं फैसला न्या. ईश्वरप्रसाद खतिवडा : विशेष अदालत ऐन, २०५९ को दफा १७ तथा साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(घ) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- संक्षिप्त तथ्य कृषि विकास बैंकका उपमहाप्रबन्धक रामचन्द्र महर्जनसमेतको मिलेमतोबाट अनिता इलेक्ट्रिक एन्ड मेकानिक कम्पनी प्रा.लि., रवि इन्टरनेसनल र काठमाडौं टुक टुक प्रा.लि. का सञ्चालक जगरनाथ प्रसाद सोनारसमेतबाट हायरपर्चेज (बस गाडी खरिद) कर्जाअन्तर्गत इटहरी स्थित बैंकिङ कार्यालयबाट विना धितो बस नै धितो भनेर करिब सवा तीन करोड लगानी भएको, एउटै कम्पनीको गाडी अपत्यारिलो किसिमले फरक फरक मूल्यमा बिक्री गरेको, कर्जा