निर्णय नं. १०३८९ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३८९ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११ फैसला मिति :२०७५/१०/०५ २८०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७५।१०।५ ०७३-CI-०५६८ मुद्दा:- उत्प्रेषण / परमादेश पुनरावेदक / रिट निवेदक : भक्तपुर जिल्ला साबिक चपाचो गाउँ विकास समिति वडा नं.६ को परिवर्तित हाल मध्यपुर ठिमी नगरपालिका वडा नं.१० बस्ने न्हुच्छेबहादुर खड्‍गीसमेत विरूद्ध प्रत्यर्थी / विपक्षी : मध्यपुर ठिमी नगरपालिका कार्यालय, मध्यपुर ठिमी, भक्तपुरसमेत कुनै व्यक्ति लामो समयदेखि घर बनाई कुनै स्थानमा बसिरहेको छ, निजको सोभन्दा बाहेक अन्य स्थानमा स्थायी प्रकृतिको बसोवास छैन, स्ववासीका आधारमा नेपालको कानूनबमोजिम निजको अधिकार सिर्जना गर्दछ भने त्यस्तो व्यक्तिको तथा स्ववासी जग्गाको समेत सन्तुलित रूपमा संरक्षण गर्नु राज्यको कर्तव्य हुने । स्ववासीको नाममा केही समयदेखि कब्जा गरी बसेका तथा परापूर्वकालदेखि बसोवास गरी आएका बिचको अधिकारमा भिन्‍नता हुन्छ । कुनै जग्गा हाल कब्जा गरी बस्ने तथा परापूर्वकालदेखि नै सन्तान दरसन्तानदेखि बसोवास गरी आएकालाई एकै कसीमा राख्न नमिल्ने । चिरभोगको आधारमा कानूनबमोजिम आवासको व्यवस्थाको संरक्षण गर्नु पनि अदालतको कर्तव्य हुन आउने । (प्रकरण नं.३) कानूनबमोजिम लामो समयदेखि वासस्थान बनाई स्ववासी रूपमा प्रयोग गरी रहेको घरले चर्चेको जग्गाहरू र सार्वजनिक जग्गा छुट्टिने प्रमाण बुझी निर्णय गर्नुपर्ने । (प्रकरण नं.४) पुनरावेदक / रिट निवेदकका तर्फबाट : वरिष्ठ अधिवक्ताद्बय श्री रामप्रसाद भण्डारी ‘सम्भव’ र श्री राजन ढुंगाना प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री उद्धव पुडासैनी, वरिष्ठ विद्वान् अधिवक्ता श्री दुर्गामोहन श्रेष्ठ, श्री शशिचन्द्र विष्ट अवलम्बित नजिर : सम्बद्ध कानून : जग्गा नापजाँच ऐन, २०१९ पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी माननीय न्यायाधीश श्री युवराज सुवेदी पुनरावेदन अदालत, पाटन आदेश न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) तथा ३३ नं. बमोजिम यस अदालतमा निवेदकहरूको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड हामी निवेदकहरूको पितापुर्खाको पालादेखि नै हकभोग चलन गरी निज पुर्खाहरूले नै घरसमेत बनाई निरन्तर बसोवास गरी आएको भक्तपुर जिल्ला, मध्यपुर नगरपालिका वडा नं. १० अन्तर्गतको हाल नापीमा कायम भएअनुसार निवेदक न्हुच्छेबहादुर खड्गीको हकभोगको घरजग्गा हाल कि.नं. ५१ को पूरै र कि.नं. ४९ मध्येबाट आधा, निवेदक बेखानारायण साहीको हकभोगको घरजग्गा हाल कि.नं. ६० को पूरै र कि.नं. ५९ मध्येबाट, निवेदक कृष्णकुमारीको हकभोगको घरजग्गा हाल कि.नं. ४९ मध्येबाट आधा र निवेदक बुद्धरत्‍न खड्‍गीको हकभोगको घरजग्गा हालको कि.नं. ५२ अन्तर्गत परी नापनक्सासमेत भएको हामीहरूको स्ववासी घर र सोले चर्चेको लिग-लगापातसमेतका घरजग्गा दर्ता गरी पाउन हामीले मिति २०६४।२।१६ मा विपक्षी नापी गोश्वारा कार्यालयमा निवेदन दिई कारबाही रहिरहेकोमा हाल उक्त केही घरहरू भत्किई पाताल भइरहेकोमा विपक्षी सिद्धिकाली क्षेत्र संरक्षण तथा विकास समिति नामक संस्थाका पदाधिकारीसमेतका विपक्षीहरूले दाबीको घरजग्गा पर्ती घरजग्गा हो भनी दाबी गरेको कारण विवाद भएकोले सो सम्बन्धमा विपक्षी मध्यपुर ठिमी नगरपालिका वडा नं.१० वडा समितिको कार्य