निर्णय नं. १०३९० - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३९० - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११ फैसला मिति :२०७६/०७/०४ २४८६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।७।४ ०७२-CR-००७४ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला, आमभञ्ज्याङ्ग गा.वि.स. वडा नं.१ घर भई हाल कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ६ बस्ने हाल जिल्ला कारागार कार्यालय कास्कीमा थुनामा रहेको जितबहादुरको छोरा मदन परियार विरूद्ध प्रत्यर्थी / वादी : मकवानपुर जिल्ला, स्थायी घर भई हाल कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.१ बस्ने कल्पना परियारको जाहेरीले नेपाल सरकार जाहेरी बेहोरा र पीडितको मौकाको कागजलाई मिसिल संलग्न पीडितको शारीरिक परीक्षण प्रतिवेदनले पुष्टि गरिरहेको अवस्थामा जाहेरवाली र पीडितको बकपत्र नभएकै कारण ती आधारहरू ग्रहण नगर्नु न्यायोचित नहुने । अन्य प्रमाणहरूले जाहेरी बेहोराका साथै पीडितको मौकाको कागजलाई समर्थन गरिरहेको अवस्थामा ती प्रमाणहरूलाई नजरअन्दाज गरी प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान र पुनरावेदन जिकिरलाई आधार मानी आरोपित कसुरबाट उन्मुक्ति दिन सकिने अवस्था नहुने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री टिकाराम लिम्बू प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुन कोइराला अवलम्बित नजिर : ने.का.प.२०७१, नि.नं.९१०७ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री पुरूषोत्तमप्रसाद ढकाल कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश श्री ऋषिराम दवाडी पुनरावेदन अदालत पोखरा फैसला न्या.प्रकाशमान सिंह राउत : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०६८।१२।११ गते राति मेरो श्रीमान् मदन परियारले मेरी छोरी वर्ष-७ की परिवर्तित नाम M61 २०६८ लाई आफ्नै डेरा कोठामा राति सुतेको मौकामा बिस्ताराबाट उठाई आफ्नो बिस्तारामा लगी मुख थुनी जबरजस्ती करणी गरेको हुँदा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको कल्पना परियारको जाहेरी । कास्की जिल्ला पोखरा-६ बैदाम जरेबर ठाडो पसलस्थित जाहेरवाली कल्पना परियारको डेरा कोठामा मदन परियारले पीडित M61 २०६८ लाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मिति २०६८।१२।११ गते राति घरका सबैजना कोठामा सुतेको अवस्थामा बुबा मदन परियारले मलाई सुतेको ठाउँबाट आफू सुतेको ठाउँमा लगी सुताई मेरो सुरूवाल खोली सिरकले थिची मुख छोपी मेरो पिसाब फेर्ने ठाउँमा आफ्नो पिसाब फेर्ने कुराले जोडले धकेली भित्र छिराई २/३ पटकसम्म भित्र बाहिर गरेका हुन् । त्यसबखत मलाई ज्यादै दुखेकोले म चलेपछि खाट कराउँदा आमाले थाहा पाउनु भएको हो । त्यसअघिसमेत २/३ पटक मेरो पिसाब फेर्ने ठाउँमा बुबाले आफ्नो पिसाब फेर्ने कुरा छिराएका हुन् भन्नेसमेत बेहोराको पीडित M61 २०६८ को कागज । मिति २०६८।१२।११ गते राति खाना खाई सुत्ने बेलामा श्रीमतीसँग ठाकठुक विवाद भएको थियो । रातको करिब ११/११:३० बजेको समयमा सबैजना सुतेका अवस्थामा मलाई मेरै छोरीमाथि करणी गर्ने उत्सुकता बढ्दै आएपछि छामछुम गर्दै छोरी सुतेको