निर्णय नं. १०३९२ - अपहरण तथा शरीर बन्धक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३९२ - अपहरण तथा शरीर बन्धक भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११ फैसला मिति :२०७६/०९/०२ २८३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।९।२ ०७२-CR-०९९४ मुद्दा:- अपहरण तथा शरीर बन्धक पुनरावेदक / वादी : उपेन्द्रराज बस्नेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला रोल्पा, घर्तीगाउँ गाउँ विकास समिति वडा नं. ४ बस्ने प्रेमबहादुर वि.क.समेत पछि दिइएको वा दोस्रो जाहेरी वारदात र तथ्यको नजिक छ, किटानी छ, प्रतिवादीहरूको बयान पनि वारदातसँग नजिक छ, त्यसलाई भौतिक र परीक्षण प्रतिवेदन जस्ता अन्य स्वतन्त्र प्रमाणहरूले पनि समर्थन गर्दछ र जाहेरवाला स्वयंले तथ्य पुष्टि हुने गरेर अदालतमा आई किटानी बकपत्र गरी दिन्छन् भने त्यस्तो जाहेरीलाई ढिलो गरिदिएको वा “सोच विचार गरी” (after thought) पूर्वाग्रह राखी दिइएको जाहेरीको कोटीमा राख्न नमिल्ने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल अवलम्बित नजिर : ने.का.प. २०६७, अंक १२, नि.नं. ८५२५ ने.का.प. २०६९, अङ्क १, निर्णय नं. ८७६० सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री विश्वमंगल आत्रेय दाङ देउखुरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई पुनरावेदन अदालत, तुलसीपुर फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- तथ्य खण्ड म निवेदकको फोन नं. ९८५७८३१९६५ मा ९८१२८२११०२ र ९८१२८२११३४ मोबाइलबाट हामी पूर्वमाओवादी लडाकु हौं, हामीले तपाइँबाट रू. ५,००,०००।- (पाँच लाख रूपैयाँ) लिने निर्णय भएको छ भनी बारम्बार फोन गर्ने गरेकाले निजहरूले मेरो पेसा व्यवसायमा नै बाधा पारिरहेका थिए । म काम विशेषले मिति २०६९।११।११ गते रोल्पातर्फ जाँदै गरेको समयमा जिल्ला दाङ, घोराही नगरपालिकावडा नं. ७ स्थित मलाई पछ्याउँदै गएका मानिसहरूले मेरो मोटरसाइकल रोकी मलाई नियन्त्रणमा लिई नजिकै रहेको जंगलमा लिई मलाई बन्धक बनाई निजहरूले मेरो साथमा भएको रू. ५०,०००।- (पचास हजार रूपैयाँ) तत्काल लिई बाँकी रहेको रकम तत्काल दिने सहमतिमा म निज अपहरणकारीहरूको पञ्जाबाट मुक्त भएको हुँदा निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको उपेन्द्रराज बस्नेतको निवेदन । जिल्ला दाङ, घोराही नगरपालिका वडा नं. ७ स्थित पूर्वमा बाह्रकुने दहको मूल ढोका, पश्चिममा सोही दहको जंगल, उत्तरमा घोराही होलेरी सडकखण्ड, दक्षिणमा सानो जोगिनी खोला यति चार किल्लाभित्र पर्ने बाह्रकुने दहको पश्चिम किनारातर्फ रहेको जंगलमा अपहरणकारीहरूले उपेन्द्रराज बस्नेतलाई अपहरण गरी बन्धक बनाएको भन्ने घटनास्थल प्रकृति मुचुल्का । मैले दाङ घोराही नगरपालिका वडा नं. ११ मा लालबन्दी फर्निचर उद्योग खोली आफ्नो पेसा व्यवसाय गरी आइरहेको अवस्थामा मिति २०६९।११।०६ गतेदेखि मेरो मोबाइल नं. ९८५७८३१९६५ मा ९८१२८२११३४ बाट फोन गरी पूर्वमाओवादी लडाकु समूहको मान्छे हो । हाम्रो पार्टीले तपाइँसँग रू. ५,००,०००।- (पाँच लाख रूपैयाँ) लिने निर्णय भएको हुँदा तपाइँले हामीहरूला