निर्णय नं. १०३९३ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३९३ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११ फैसला मिति :२०७६/०७/२८ २१२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७६।७।२८ ०७५-WO-०६८६ मुद्दाः उत्प्रेषण / परमादेश रिट निवेदक : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० मा रजिस्टर्ड कार्यालय रहेको जन्नत ओभरसिज प्रा.लि.का अख्तियार प्राप्त सञ्चालक एवं आफ्नो हकमा समेत ऐ.का सञ्चालक सेयरधनी महोत्तरी जिल्ला बलवा नगरपालिका वडा नं. ९ बस्ने सेयरधनी तसलिम खाँ मिस्कार विरूद्ध विपक्षी : वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंसमेत कम्पनीका सेयर होल्डरहरूमध्ये कसैको मृत्यु भएमा सेयर कारोबार के कसरी विभाजन गरी हक दायित्व बाँडफाँड गर्ने भन्ने कुरा पक्षहरूको दायित्व हुने र सोबमोजिमको हिसाब किताब बाँडफाँड गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कानूनी दायित्व कम्पनीको सञ्चालकहरूमा नै निहित रहने । (प्रकरण नं.६) रिट निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री मनोहर साह, विद्वान् अधिवक्ता श्री घुरन शाह विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश मरासेनी, विद्वान् अधिवक्ता श्री भुनेश्वर थापा अवलम्बित नजिर : सम्बद्ध कानून : कम्पनी ऐन, २०६३ वैदेशिक रोजगार ऐन, २०६४ आदेश न्या.पुरूषोत्तम भण्डारी : नेपालको संविधानको धारा ४६ र १३३(२) र (३) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ :- निवेदकको निवेदन बेहोराः- निवेदक जन्नत ओभरसिज प्रा.लि. वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न कम्पनी ऐन, २०६३ अनुसार स्थापित भई उक्त ऐनको दफा ७ बमोजिम अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हो । ऐ.ऐनको दफा १०(क) बमोजिम यस कम्पनीले गर्नु पर्ने सम्पूर्ण काम कारोबारहरू यसै कम्पनीको नामबाट गर्नु पर्ने, दफा २६ बमोजिम कम्पनीको आफ्नो छाप कम्पनीको तर्फबाट सही गरिएको वा जारी गरिएको आधिकारिक लिखतहरूमा प्रयोग गर्नु पर्ने, दफा १०८(२)(३) बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयले स्वीकृति दिएकोमा बाहेक यस कम्पनीको लेखा कम्पनीको रजिस्टर्ड कार्यालयबाहेक अन्यत्र राख्न नपाउने र सञ्चालक समितिले तोकिदिएको रकमबाहेक कम्पनीसँग रहेको नगद मौज्दात बैंकमा दाखिला गरी बैंकमार्फत नै कारोबार गर्नु पर्ने भन्ने कानूनी व्यवस्थाबाट नियन्त्रित एवं सञ्चालित संस्था हो । निवेदक कम्पनीले वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विपक्षी वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न १०४७/०७३/०७४ नं.को इजाजत पत्र मिति २०७३।३।२६ मा प्राप्त गरी २०७७ आषाढ मसान्तसम्म नवीकरण गराएको छ । यो कम्पनीमा हाल ओमनारायण जोशीको ५१% र म निवेदक तसलीम खाँ मिस्कारको ४९% सेयरसहित हामी २ जना मात्र सञ्चालक सेयरधनीहरू रहेका छौ । यो कम्पनीले खास गरेर नेपाली कामदारहरूलाई मलेसिया देश मात्र पठाउने गरेकोमा नेपाल सरकारले २०७५ साल आषाढ यता मलेसिया पठाउन रोक लगाएदेखि हालसम्म कम्पनीले कसैसँग वैदेशिक रोजगारीमा पठाउनेसम्बन्धी कुनै काम कारोबार गरेको छैन । यस कम्पनीका सञ्चालक सेयरधनी ओमनारायण जोशीको मिति २०७५।९।५ गते देहावसान पछि कम्पनीमा निजको नाउँमा रहेको ५१% सेयरको हक खाने हकदार अंशियारहरू निजको पत्नी विपक्षी राधाकुमारी श्रेष्ठ, छोरी सोनी जोशी, छोराहरू माउन्टेन जोशी र पारस जोशी रहेकोमा निज अंशिय