निर्णय नं. ४४११ - जग्गा दर्ता बदर गरी दर्ता गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४११ - जग्गा दर्ता बदर गरी दर्ता गरी पाउँ भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/१०/२० २४९९ निर्णय नं. ४४११ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४५ सालको दे.पु.नं. ६७४ फैसला भएको मिति : २०४८।१०।२० मा पुनरावेदक/प्रतिवादी: ग.अं. तनहु जिल्ला भिमाद गा.पं. वार्ड नं. ४ नक्कल बिर्ता बस्ने घनश्याम सुवेदीको मु.स. गर्ने रुकमाया सुवेदीसमेत विरुद्ध (साविक पेज नं. ७३८) विपक्षी/वादी: ऐ.ऐ.अरुणोदय गा.पं. वार्ड नं. ५ निधिनी गैरा बस्ने प्रेम नारायण सुवेदीसमेत मुद्दा : जग्गा दर्ता बदर गरी दर्ता गरी पाउँ (१) मुद्दामा संलग्न पक्षले मिलापत्र गर्दा आफ्नो हकदावी र प्रतिवादी जिकिर कायम राख्ने, संशोधन गर्ने वा परित्याग गर्ने इत्यादि निश्चित र लेखबद्ध अभिव्यक्त गरेको छ, यसर्थ के कस्तो कुरामा वादी दावी कायम राखेको छ वा के कस्तो र के कस्तो हदसम्म वादीले दावी छाडेको छ भन्ने कुरामा मिलापत्रको लिखित नै सर्वाधिक महत्वको र आधिकारिक लिखत हुन आउँछ, सो लिखतमा लेखिएको किल्लालाई अघि परेको मुद्दाबाट निर्धारण गर्न खोज्नु मिलापत्र हुँदाको अवस्था सम्बन्धित पक्षहरुको अभिप्राय वा उद्देश्य अनुकूल हुन्छ भन्न नसकिने । (प्रकरण नं. २१ र २२) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुंगाना, विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान अधिवक्ता श्री सम्भु थापा, विद्वान अधिवक्ता श्री अनुपराज शर्मा फैसला न्या.त्रिलोकप्रताप राणा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ग) बमोजिम पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं निर्णय फैसला यस प्रकार छ । २. हाम्रा पिता नैनदत्त समेतका नाउँमा दर्ता भएको खेत मुरी ।४० मध्ये पूर्व यही दर्ता मध्येको हाम्रो खेत पश्चिम चुडामणि गोपिकृष्ण समेतको बिर्ता खेत, उत्तर भरुवा खोला, दक्षिण अंशियार लोकनाथको खेत यति ४ किल्ला भित्रको खेत मुरी ।१।१० मा यिनै यज्ञनारायण समेतले खिचोला गरी बाली लुटपिट गरेमा हामीहरुले स्याङजा जिल्ला अदालतमा नालेस दिई उत्तर कापे कुला देखि पूर्व होमनाथ तिमिल्सीना समेतको बिर्ता पाखो र अर्गली कुलाको पानी झर्ने मुहान देखि पश्चिमको जग्गा प्र.चुडामणि, यज्ञनारायण, गोपीकृष्णले खानलाई हामी वादीले दावी छोडी त्यस देखि पूर्व पट्टिको खेत १।१० हामी वादीले भोग चलन गर्ने गरी २०३२।७।१३ मा मिलापत्र भएको दर्तावाला पिताजीको शेषपछि हामीहरुको हक भोगको उक्त १।१० समेत जिडी बगुवा खेत ।४० मध्ये खेत मुरी ।१३।१० उक्त १।१० खेत देखि पूर्व तर्फ भएको सो मध्येपूर्व गुरुप्रसाद समेतका ४ किल्ला भित्रको जिडी बगुवा खेत ।८।१० का जग्गालाई राङरुङ वर पिपल र भिमाद गा.पं. वार्ड नं. ४ न.नं. कि.नं. ६५ हेमराज सुवेदी कि.नं. ६८ को करुणानिधि, कविराज सुवेदी कि.नं. ६९ विश्वराजरामचन्द्र कि.नं. ७०, डण्डपाणि कि.नं. ७१, यज्ञनारायण, पूर्णचन्द्र्, देवीनाथ समेतका नाममा सर्भे नापीमा कित्ताकाट गराएछन् । नापीमा उजूरी निवेदन परेकोमा ६ नं. नापी गोश्वाराबाट उक्त जग्गाहरु हेमराज, रामचन्द्र समेतका १५ जनाका नाउँमा अस्थाई दर्ता जनाई दिने गरी पर्चा भएको चित्त नबुझ्नेले अदालतमा नालेश दिन जानु भनी ०३४।९।६ को प