निर्णय नं. १०३९४ - अपुताली हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३९४ - अपुताली हक कायम भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/०९/०३ ७८९८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।९।३ ०७३-NF-००३२ मुद्दाः अपुताली हक कायम पुनरावेदक / प्रतिवादी : जिल्ला नवलपरासी रूपौलिया गा.वि.स. वडा नं.४ बस्ने नारायणप्रसाद थारू विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला नवलपरासी रूपौलिया गा.वि.स. वडा नं.४ बस्ने इन्द्रकुमारी देवी चौधरीको अनुमति प्राप्त हरेन्द्रकुमार चौधरी कानूनमा नै अंशबन्डा र अपुतालीसम्बन्धी छुट्टै महल तथा हकवालाको क्रम नै छुट्टै व्यवस्था भएको अवस्थामा अंश र अपुताली एउटै हो भनी मान्न सकिने देखिँदैन । अंश हकमा नातालाई हेरिन्छ भने अपुतालीमा नातावाला नै हुनुपर्छ भन्ने छैन । स्याहार संभार गर्ने व्यक्तिले पनि अपुताली पाउन सक्दछ वा कानूनले कायम गरेको मर्नेको हकवालाले पनि अपुताली प्राप्त गर्न सक्दछ । तर हकवालाको क्रमभित्र पनि को नजिकको हो भन्ने क्रम कायम गर्दा रगतको नाता नै नजिकको हकवाला हुने ठहर्छ । यसभित्र आफ्नो रगतको गर्भको सन्तान हुँदाहुँदै सौतेनी सन्तान नजिकको हकवाला कायम हुन सक्ने नदेखिने । (प्रकरण नं.५) आफ्नै उदरबाट जन्मेको छोरी भएको र सौतेना छोरा भई विमातृक रहेको तथ्य मिसिल प्रमाणबाट पुष्टि भएको साथै सौतेना छोराको तुलनामा आफ्नै उदरतर्फको छोरी नै नजिकको हकवाला हुने कुरालाई कानूनत: स्वीकार गरिएको अवस्था हुँदा हकवाला छोरी विवाहिता हुनु वा नहुनुले कुनै अर्थ राख्ने नदेखिने । (प्रकरण नं.६) दुवै अंशियारको संयुक्त नाममा रहेको सम्पत्तिमा सौतेनी छोरा र सौतेनी आमा सगुनीदेवीको समान भाग रहेको देखिन्छ । संयुक्त नाममा सम्पत्ति राख्नुको अर्थ आफ्नो हक अर्का संयुक्त नामवालालाई समर्पण गर्न वा हस्तान्तरण गर्नु हो भनी मान्न मिल्ने नदेखिने । मर्ने व्यक्ति स्वयंको गर्भबाट जन्मेको सन्तान नै मर्ने व्यक्तिको नजिकको हकवाला मान्नु पर्ने हुन्छ । विवाहित हुँदैमा छोरीलाई अपुतालीको क्रमबाट बेदखल गर्ने हो भने आफ्नै सन्तान पनि विवाहित छोरी हुँदैमा आमाको अपुतालीबाट बहिष्करणको स्थिति आई विभेदित हुने अवस्था आउने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री बालचन्द्र आचार्य र डा.श्री ठकेन्द्र प्रकाश गिरी एवं विद्वान् अधिवक्ता श्री भरतमणि शर्मा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री श्यामप्रसाद खरेल र श्री मिथिलेश कुमार सिंह अवलम्बित नजिर : ने.का.प.२०५३, अंक ९, नि.नं.६२६२ ने.का.प.२०६५, अंक ५, नि.नं.७९६७ सम्बद्ध कानून : नेपालको संविधान सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शेखर चन्द्र अर्याल नवलपरासी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री बलराम बिष्ट पुनरावेदन अदालत बुटवल यस अदालत संयुक्त इजलासमा फैसला गर्नेः माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम यस अदालतको संयुक्त इजलासको मिति २०७२।१२।२३ को फैसला पुनरावलोकन गरिपाउँ भनी प्रतिवादीका तर्फबाट निवेदन दायर भई यस अदालतको पूर्ण इजलासबाट मिति २०७३।१२।४ मा पुनरावलोकनको अनुमति प्रदान भएको प्रस्तुत मुद्दाको संक