निर्णय नं. १०३९६ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३९६ - बन्दीप्रत्यक्षीकरण भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/१०/०९ १९५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ आदेश मिति : २०७६।१०।९ ०७६-WH-०२१९ विषयः- बन्दीप्रत्यक्षीकरण निवेदक : संखुवासभा जिल्ला मादी नगरपालिका वडा नं. ४ घर भई हाल महानगरीय प्रहरी परिसर, टेकुको गैरकानूनी हिरासतमा राखिएका डि.वि. सिलवाल भन्‍ने धनबहादुर वि.क. को हकमा मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने कुलबहादुर विश्‍वकर्मा विरूद्ध विपक्षी : नेपाल सरकार गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत विभिन्‍न अदालतहरूबाट निवेदकलाई थुनामुक्त गर्न पटक पटक आदेश जारी भए तापनि थुना मुक्त नगरी पुनः अर्को मुद्दा लगाई थुनामा राख्‍ने गरेको र बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकोमा समेत थुनामुक्त गर्नासाथ तत्कालै अदालतको परिसर नजिकबाटै पुनः पक्राउ गरी अर्को मुद्दा लगाई उचित आधार र कारण बिना निरन्तर थुनामा राख्‍ने कार्य गरेको, एउटा कुनै कसुरको नामसम्म उल्लेख गरी कागजी औपचारिकतासम्म पूरा गरेको देखाई निरन्तर हिरासतमा राख्‍ने कार्यलाई अदालतको आदेशको पालना गर्नमा वाञ्छित संवेदनशीलता नअपनाएको र निवेदकउपर प्रवृत्त धारणा राखी संविधान एवं कानूनविपरीत बन्दी बनाउने कार्य गरेको मान्‍नुपर्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री एकराज भण्डारी, विद्वान्‌ अधिवक्ताहरू श्री कपिलचन्द्र पोखरेल, श्री सन्तोष कोइराला र श्री राजु अधिकारी विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री टेकराज भुसाल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान सर्वोच्च अदालत नियमावली, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ आदेश न्या.मीरा खडका : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार छः- तथ्य खण्ड सुरूमा निवेदक धनबहादुर वि.क.लाई मिति २०७६।०३।२६ मा डेराबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा करिब २ महिना हिरासतमा राखियो । हातहतियार तथा संगठित अपराधसमेत मुद्दामा मिति २०७६।०५।२४ मा सुनसरी जिल्ला अदालतबाट साधारण तारेखमा राख्‍ने आदेश भएको थियो । तर निवेदकलाई थुनामुक्त नगरी अदालत हाताबाटै पुनः दोस्रो पटक पक्राउ गरी इलाका प्रहरी कार्यालय, इटहरी ल्याई मिति २०७६।०५।२४ देखि थुनामा राखी विष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा चलाइयो । उक्त मुद्दामा सुनसरी जिल्ला अदालतबाट मिति २०७६।०७।१५ मा रू.२०,०००।– (बीस हजार) धरौटी माग भएबमोजिम मिति २०७६।०७।१५ मै धरौटी दाखिला गरियो । तर पुनः तेस्रो पटक पक्राउ गरी संखुवासभा पुर्‍याई जिल्ला प्रहरी कार्यालय संखुवासभामा थुनामा राखी संगठित अपराध हातहतियारसमेत मुद्दा चलाइयो । निवेदकलाई संगठित अपराध हातहतियारसमेत ४ वटा मुद्दा चलाएकोमा मिति २०७६।०७।१९ मा २ वटा मुद्दामा संखुवासभा जिल्ला अदालतबाट साधारण तारेखमा छोड्ने आदेश भयो भने संगठित तथा आगजनी मुद्दामा रू.१५,०००।– (पन्ध्र हजार) र संगठित तथा हातहतियारसमेत मुद्दामा रू.५,०००।– (पाँच हजार) धरौटी माग भएकोमा तत्काल उक्त धरौटी रकम बुझाउन नसकेका कारणले संखुवासभा जिल्ला कारागारमा थुनामा बसी मिति २०७६।०९।०३ मा धरौटीबापतको रकम दाखिला गरियो । धरौटी रकम दाखिला गरेपछि संखुवासभा जिल्ला अदालत चैन