निर्णय नं. १०३९९ - वैदेशिक रोजगार कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३९९ - वैदेशिक रोजगार कसुर भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/०९/१६ ४११९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।९।१६ ०७३-CR-०९९४ मुद्दाः वैदेशिक रोजगार कसुर पुनरावेदक / वादी : महानगरीय अपराध महाशाखा, हनुमानढोका, काठमाडौंको पत्र जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : माधवप्रसाद न्यौपानेको नाति, नेत्रलाल न्यौपानेको छोरा पाल्पा जिल्ला सिद्धेश्‍वर गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ गौरीघाट बस्ने तथा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका गौशाला स्थित अर्थ भिजन मेनपावर प्रा.लि. (ई.प्र.नं. ७४९/०६४/०६५) का सञ्‍चालक विष्णुप्रसाद न्यौपानेसमेत प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार अनुसन्धानको समयमा संकलित प्रमाणहरू थुनछेकको प्रयोजनको सन्दर्भमा मात्र प्रमाण योग्य हुन जाने । कसुर प्रमाणित हुनको लागि प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार विवादरहित स्वतन्त्र तथ्ययुक्त प्रमाणबाट पुष्टि नभएको अवस्थामा बलपूर्वक ऐनको विपरीत व्याख्या गरी कसुरदार ठहर गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री सुरेन्द्र वीर सिंह बस्न्यात सदस्य श्री धीरबहादुर चन्द सदस्य श्री लेखनाथ पौडेल वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं फैसला न्या.पुरूषोत्तम भण्डारी : वैदेशिक रोजगार न्यायाधिकरण ऐन, २०६४ को दफा ६६(२) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको च.नं.११५१ मिति २०७१।९।२६ गतेको पत्र साथ गैरकानूनी तवरले लेवनान हुँदै इराक जाँदै गरेका आइती तामाङ, निमा ल्हामु, मनमाया तामाङ, गंगा नगरकोटी र कुमारी लामासमेत ५ जना महिलालाई थप अनुसन्धानका लागि यस महाशाखामा पठाइएकोमा यस महाशाखाबाट भएको प्रारम्भिक अनुसन्धानबाट उल्लिखित महिलाहरूलाई अर्थ भिजन मेनपावर सर्भिसेज प्रा.लि.बाट लेवनान हुँदै इराक पठाउने गरेको बुझिन आएकोले निजहरू गैरकानूनी तवरले विदेश इराक जान खोजेको महिलाहरू एवं त्यस्तो कार्यमा संलग्न मेनपावरलाई आवश्यक कारबाही हुन मिसिल संलग्न कागजातसहित मानिसहरू पठाइएको बेहोरा अनुरोध गरिन्छ भन्‍ने बेहोराको महानगरीय अपराध महाशाखा, हनुमानढोका, काठमाडौंको पत्र । काठमाडौंको गौशालामा रहेको अर्थ भिजन मेनपावरले मान्छे पठाउँछ भन्‍ने थाहा पाई अर्थ भिजन मेनपावरमा फोन गर्दा मेनपावरको मान्छेले मैले अरूलाई पनि कुर्दिस्तान पठाएको छु तपाइँलाई पनि पठाउँला त्यहाँ राम्रो कमाई हुन्छ भनेकाले मेनपावरको मान्छेलाई भेटी पासपोर्ट र रू.६०,०००।- (अक्षेरूपी साठी हजार) बुझाएको र त्यसको दुई महिनापछि भिसा आयो भनी मेनपवारको मान्छेले फोन गरी मलाई मेनपावरमा बोलाई मिति २०७१।९।२६ गएकी हुँ । सोही दिन दिउँसो १ बजे उडान रहेछ । मेनपावरमा पुगेपछि हामी सबैलाई मेनपावरका मान्छेले एकै ठाउँमा राखेर हाम्रो पासपोर्ट र भिसालगायतका कागजातहरू हामीहरूलाई दिई १ बजे उडान छ । प्लेन उडेपछि दुबई पुग्नु अगावै लेवनानको भिसालगायतका कागजात च्यात्‍नु, लेवनानको भिसा एयरपोर्टमा देखाउनको लागि मात्र हो, लेवनानक