निर्णय नं. १०४०० - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४०० - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७५/१०/२४ ४११६ सर्वोच्‍च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७५।१०।२४ ०७३-CR-०३१५ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : कृष्णबहादुर श्रेष्ठको छोरा, काभ्रेपलाञ्चोक जिल्ला, शंखुपाटिचौर गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय, धुलिखेलमा थुनामा रहेका देवलाल श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : नाम परिवर्तित काभ्रे ३०(ट) को जाहेरीले नेपाल सरकार जबरजस्ती करणीसम्बन्धी अपराधमा ‘सहमतिको अभाव’ लाई महत्त्वपूर्ण तत्त्वको रूपमा लिइन्छ र जबरजस्ती करणीको कसुर स्थापित हुनको लागि पीडितको सहमति बिना करणी गरिएको हुनुपर्ने । सहमति वैध हुनको लागि उक्त मन्जुरी स्वतन्त्रतापूर्वक पूर्ण सचेत अवस्थामा दिइएको हुनुपर्छ र सहमति दिने मानिसलाई उक्त कार्यको परिणामको बारेमा पूर्णरूपमा ज्ञान हुनुपर्छ । कुनै कार्यको लागि सहमति दिनु भनेको आफ्नो तर्क र विवेकको प्रयोग गरी स्वइच्छाले उक्त कार्यको लागि मन्जुरी दिनु हो । यसकारण सहमति दिन सक्ने वा नसक्ने भन्‍ने विषय मानिसको मानसिक क्षमतासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ र कुनै कार्य गर्नको लागि सहमति दिन सक्छ वा सक्दैन भन्‍ने कुराको निर्क्यौल गर्दा विवेक (Reason) को प्रयोग गर्न सक्ने मानसिक अवस्था छ वा छैन भन्‍ने कुरालाई हेरिनुपर्ने । (प्रकरण नं.७) साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को प्रतिबन्धात्मक वाक्यांशमा प्रयुक्त होस ठेगानमा नरहेको भन्‍ने शब्दावलीले मानसिक रूपमा सामान्य अवस्थामा नरहेको कारणले कुनै कार्यको प्रकृति तथा परिणामको बारेमा तर्कसङ्गत रूपमा बुझ्न सक्ने अवस्था नरहेको भन्‍ने बुझ्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री प्रकाशबहादुर के.सी. प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री कृष्णराम कोइराला काभ्रेपलाञ्चोक जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की माननीय न्यायाधीश श्री हेमराज पन्त पुनरावेदन अदालत पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७२।३।२९ को फैसलाउपर प्रतिवादी देवलाल श्रेष्ठको तर्फबाट दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ:- तथ्य खण्ड काभ्रेपलाञ्चोक जिल्ला शंखुपाटीचौर गा.वि.स. वडा नं. ५ स्थित पूर्वमा श्यामपाटी कुरगाउँ, पश्चिममा जगतबहादुर तामाङको सुन्तला बारी, उत्तरमा जगतबहादुर तामाङकै सुन्तला बारी र दक्षिणमा मानबहादुर तामाङको खाली जग्गा यति चार किल्लाभित्रको स्थानमा जगतबहादुर तामाङकै जस्ताको छाना भएको ढुङ्गा माटोले बनेको गोठ टहरा रहेको र उक्त गोठ टहराभित्र प्रतिवादीहरू देवलाल श्रेष्ठ र नवराज तामाङ दुवैजना मिली पीडित हाल नाम परिवर्तित काभ्रे ३० (ठ) लाई मिति २०७०।१२।१० गते दिउँसो १४:३० बजेको समयमा जबरजस्ती करणी गरेको घटनास्थल चारकिल्लासहितको मुचुल्का । २०७०।१२।१० गते दिउँसो १४:३० बजे म जाहेरवालाको छोरी हाल नाम परिवर्तित काभ्रे ३० (ठ) लाई प्रतिवादीहरू देवलाल श्रेष्ठ र नवराज ता