निर्णय नं. १०४०२ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४०२ - निषेधाज्ञा भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/०७/०३ ३३७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्‍भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७६।७।३ ०७४-CI-०९५८ मुद्दाः निषेधाज्ञा पुनरावेदक / निवेदक : नरिश्वरको नाति उमापतिको छोरा जिल्ला गुल्मी साबिक अर्वेनी गा.वि.स. वडा नं. ८ हाल ऐ. कालीगण्डकी गाउँपालिका वडा नं. २ मा बस्ने पदमपाणि न्यौपाने विरूद्ध विपक्षी / प्रत्यर्थी : गुल्मी जिल्ला अदालत तम्घास, गुल्मीसमेत जायजात गर्नुपर्ने सम्पत्ति बाबु निवेदकको नाममा हुँदैमा छोराको समेत हक लाग्ने अचल सम्पत्तिबाट साहुको बिगो भराउने कारबाही गर्न बाधा नदेखिने । (प्रकरण नं.४) पुनरावेदक / निवेदकका तर्फबाट : विपक्षी / प्रत्यर्थीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल माननीय न्यायाधीश श्री बामदेव ज्ञवाली उच्च अदालत तुलसीपुर, बुटवल इजलास आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : उच्च अदालत तुलसीपुर बुटवल इजलासको मिति २०७४।०९।१२ को आदेशउपर निवेदकको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम परेको पुनरावेदन पत्रको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ: तथ्य खण्ड विपक्षीमध्येका मोतिप्रसाद पौडेल वादी र जीवननारायण न्यौपाने प्रतिवादी भई रूपन्देही जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गर्ने गराउने कार्य गरी रूपन्देही जिल्ला अदालतबाट २०७१।८।२३ मा वादी दाबीबमोजिम सावाँ ब्याज भरी भराउने ठहरी फैसला गराई सोउपर विपक्षी जीवननारायणको तत्कालीन पुनरावेदन अदालत बुटवलमा पुनरावेदन परी मिति २०७३।६।३ मा सुरू फैसला सदर हुने ठहरी फैसला भएको रहेछ । सो कुरा मलाई थाहा जानकारी थिएन । विपक्षीमध्येका मोतिप्रसादले उक्त लेनदेन मुद्दाको फैसलाबमोजिम बिगो भराई पाउँ भनी निवेदक मेरा नाउँमा नापी दर्ता भएको जिल्ला गुल्मी अर्वेनी गा.वि.स. वडा नं. ८ का कि.नं. २८६, ३०३, ३०५, ५९२, ५९४, ५२६, ५९८, २९९, २०० र ऐ.वडा नं. ९ को कि.नं. ५३ समेतका जग्गा जेथा देखाई मलाई थाहा जानकारी मन्जुरी केही नभएको व्यवहार सम्बन्धमा मेरो नामको अचल सम्पत्ति लिलाम बिक्री गर्ने गराउने नियतद्वारा मिति २०७३।९।२४ मा रूपन्देही जिल्ला अदालतमा बिगो कोर्ट फी भराई पाउँ भनी दरखास्त दर्ता गरी अदालतबाट सम्पत्ति धनी म निवेदकका नाउँमा जारी भएको ७ दिने म्याद सूचनासमेत बिचबिचैमा गुपचुपमा तामेल गर्ने गराउने कार्य गरेका रहेछन । बिगो भराउने जग्गा गुल्मी जिल्ला अदालतको क्षेत्राधिकारअन्तर्गत पर्ने भएकाले बिगो मुद्दा गुल्मी जिल्ला अदालतमा पठाएको र अदालतबाट मेरो उल्लिखित जग्गा जायदात तायदातको लागि वादीलाई मिति २०७४।५।३० गतेको तारेख मुकरर भएको छ भन्ने कुरा हल्ला सुनेको हुँदा मेरा कानून व्यवसायीमार्फत विपक्षी मोतिप्रसादले दिएको दरखास्त र मेरा नाउँको म्याद सूचनाको प्रतिलिपि सराई हेर्दा विपक्षीहरू आपसमा मिली म निवेदकका नाउँको जेथा लिलाम बिक्री गर्ने गराउने षड्यन्त्रमा लागेको कुरा प्रस्ट हुन आएको र उक्त कार्य रोकी पाउन अन्य वैकल्पिक प्रभावकारी कानूनी उपचारको बाटो नभएको हुँदा रिट निवेदन गर्न आएको छु । मुलुकी ऐन, लेनदेन व्यवहारको ८ नं. मा घरको मुख्यले गरेको व्यवहार वा मुख्य जानकारको सहीछाप वा लिखत भएको व्यवहार मात्र गोश्वारा धनबाट चल्छ भन्ने र सोही महलको ९ नं. मा घरको मुख्यबाहेक अरूले गरेको व्यवहारमा निजको हक नपुगेसम्म साहुले सो धन