निर्णय नं. ४४१२ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४१२ - लिखत बदर भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४७/११/१५ ४०१५ निर्णय नं. ४४१२ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकशरी बास्तोला सम्वत् २०४६ सालको दे.पु.नं. ४९१ फैसला भएको मिति : २०४७।११।१५।४ मा पुनरावेदक/वादी : कास्की जि.देउराली गा.पं. वा.नं. ४ बस्ने कौशिलादेवी घिमिरेसमेत विरुद्ध विपक्षी/प्रतिवादी : कास्की जि. पो.न.पं. वा.नं. ३ नदिपुर बस्ने पार्वतीदेवी पाण्डेसमेत मुद्दा : लिखत बदर (१) माइतीबाट दिएको धन दाइजो भन्नु पर्नेमा त्यस्तो धनलाई पेवा भन्ने उल्लेख गर्दैमा त्यस्तो धन सम्पत्ति माइतीबाट दिएको होइन भन्ने स्थिति हुँदैन राजीनामामा तिमीलाई माइतीले दिएको सम्पत्ति मासेको भनेकोले सो सम्पत्ति धन माइतीले दिएकै भन्ने कुरामा उक्त राजिनामा लिखतैबाट विवाद नदेखिँदा त्यस्तो सम्पत्ति धनलाई जुनसुकै शब्द प्रयोग भए पनि सो सम्पत्ति धन माइतीबाटै दिएको धन भन्ने कुराको विवाद नहुँदा राजीनामा लिखतमा पेवा भन्ने उल्लेख हुँदा त्यस्तो सम्पत्ति अन्यथा रहेछ भन्न र अमान्य गर्न नमिल्ने । (प्रकरण नं. १५) (२) पाएको सम्पत्ति माइतीको धन मासे बापत पाएको र त्यस्तो सम्पत्ति सो नाताबाट हक भोगी चर्ची आएको र मन्जूरी नहुनेले सो लिखत बदर गराउन नसकेकोले स्त्री अंशधनको महल बमोजिम त्यस्तो सम्पत्ति निजी एकलौटी सम्पत्ति हुने । (प्रकरण नं. १६) (३) ऐनको म्यादभित्र मौकैमा लिखत बदर गराउन नसकेको स्थितिमा सम्पत्ति सगोलको हो र सगोलमा नै रहेकोले बदर गराउन हामी आएनौं भन्ने वादीहरुको भनाई मिल्दो देखिन्न, सगोलबाट विवादको सम्पत्तिले निजी एकलौटी रुप लिएपछि त्यस्तो सम्पत्तिमा असर पर्ने व्यक्तिले मौकैमा उजूर गरी त्यस्तो लिखतलाई बदर गराउनु पर्ने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह विपक्षीतर्फबाट: विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर फैसला न्या.त्रिलोकप्रताप राणा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार रहेछ । (साविक पेज नं. ७४५) २. मेरा पति रुद्रनाथ र कौशिलाबाट जन्मेका छोरा विष्णुहरी र ऋषिराम हुन् । पति दुई छोरा आजसम्म सगोलमा परलोक भएपछि आमा र हामी मुल अंशियारबाट बण्डा गरी पाउने विष्णुहरी सो बाट पाउने लिलादेवी हुन् । विपक्षी लिलादेवी समेत हामी अंशियार आजसम्म सगोलमा नै बसी आएका र हाम्रो पैतृक सम्पत्ति बढे बढाएको जग्गा जमीन हरेक अंशियारको नाउँमा रहे भएको छ । कास्की रुपाकोट गा.पं. वडा नं. ३ को प्रस्तुत कि.नं. १३५६ को रोपनी ०–१३–१–३ को घर जग्गा विपक्षी लिलादेवीका नाउँमा रहे भएको र नापीमा पनि निजका नाउँमा दर्ता भएको छ तापनि हामी सबैको भाग बण्डा लाग्ने जग्गा हो । निजले एकलौटी आफूखुश गरी बेच्न पाउने होइन । कि.नं. १३५६ को घरजग्गा विपक्ष लिलादेवी दिने विपक्ष पार्वतीदेवी लिने गरी पचासौं हजार मूल्य पर्नेलाई मोल रु. १०,०००।– थैली राखी मिति २०४०।११।२२ मा राजीनामा पारीत गरेछन् । सो कुरा २०४१।७।५ मा नक्कल सारी लिंदा थाहा पाएकोले लेनदेन व्यवहारको १० नं. प्रतिकूल भएको उक्त राजीनामाको घर जग्गा म, कौशिला ऋषिरामको पूरै एक एक बण्डा र म विष्णुहरीको भागमा २ छोरा समेत ४ अंशियार हुँदा मेरा हक बदर गरी हक इन्साफ पाउँ भन्ने समेत कौशिला विष्णुहरी, ऋषिराम घिमिरेको फिराद दावी । ३. प्रतिवादी मध्येकी लिलादेवी कौशिलाको छोरी बुहारी व