निर्णय नं. १०४०४ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४०४ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/०३/२५ २२५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७६।३।२५ ०६७-WO-०७७८ मुद्दा : उत्प्रेषण / परमादेश रिट निवेदक : ऋषिराम पौडेलको छोरा तनहुँ जिल्ला थप्रेक गाउँ विकास समिति वडा नं. ६ घर भई क्यामिन उच्च माध्यमिक विद्यालय, कलेस्ती तनहुँको माध्यमिक शिक्षक तह तृतीय श्रेणीमा कार्यरत सूर्यमणि पौडेल विरूद्ध विपक्षी : शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरसमेत केवल सामान्य प्रकारको मानवीय त्रुटिलाई आधार बनाई अन्य सबै सर्त, योग्यता र प्रक्रिया पूरा गरेको अवस्थामा कार्य सम्पादन मूल्याङ्कनबापतको अंक गणना नगरी स्तरवृद्धिको अवसरबाट वञ्‍चित गर्नु न्यायोचित देखिन नआउने । (प्रकरण नं.४) बढुवा निर्णय गर्ने पुनरावलोकनकर्ताले मूल्याङ्कन गर्दा विवेक पुर्‍याउन नसकी केही प्राविधिक त्रुटि गरेको कुराको दुष्परिणाम लामो समयपछि आएर बढुवा पाएका शिक्षकहरूलाई वहन गराउनु समन्यायिक दृष्टिले मनासिब नदेखिने । (प्रकरण नं.७) रिट निवेदकका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपाने तथा विद्वान् अधिवक्ता श्री मदन रेग्‍मी विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री चन्द्रकुमार पोखरेल, विद्वान् वरिष्‍ठ अधिवक्ता श्री रविनारायण खनाल तथा विद्वान् अधिवक्ता श्री शान्तिदेवी खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ :- रिट निवेदन बेहोरा निवेदक २०५३ सालदेखि माध्यमिक तृतीय श्रेणीको विज्ञान शिक्षकमा अस्थायी सेवा गर्दै आएको र शिक्षक सेवा आयोगको मिति २०६०।५।१८ को सिफारिस र जिल्ला शिक्षा कार्यालय, तनहुँको मिति २०६०।८।१० को निर्णयानुसार क्यामिन उच्च माध्यमिक विद्यालय, कलेस्ती, तनहुँको माध्यमिक तह तृतीय श्रेणीको विज्ञान शिक्षक पदमा स्थायी नियुक्ति भई हालसम्म अविच्छिन्न सेवा गर्दै आएको छु । विपक्षी शिक्षक सेवा आयोगले तनहुँ जिल्लाको माध्यमिक शिक्षक तह द्वितीय श्रेणी पद संख्या १२ मा बढुवाको लागि विज्ञापन नं. ००५/०६६-६७ मा विज्ञापन प्रकाशित गरेकोले म निवेदकले तोकिएबमोजिम बढुवा फाराम भरी समावेश भएकोमा शिक्षक सेवा आयोग क्षेत्रीय बढुवा समिति, पश्चिमाञ्चलले बढुवाका लागि म निवेदकलाई पाँचौं नं. मा राखी १२ औं मा महेन्द्र न्यौपानेको ७६.३१ देखाई बढुवा सिफारिस गरी शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३४ को प्रयोजनार्थ मिति २०६७।७।१२ को गोरखापत्रमा बढुवाको सूचना प्रकाशित गरेकोमा सोउपर उजुरी परी विपक्षी शिक्षक सेवा आयोगले पुनरावलोकन गरी हेर्दा भनी शिक्षक सेवा आयोग, क्षेत्रीय बढुवा समिति, पश्चिमाञ्चल, पोखराले १२ जनामध्ये ५ नं.मा बढुवा सिफारिस गरेको म निवेदकलगायतको ज्येष्ठताक्रममा नै तलमाथि पारी बढुवा नतिजा पुनरावलोकनसम्बन्धी सूचना भनी मिति २०६७।९।२३ को गोरखापत्रमा प्रकाशित गरी तपाइँको शैक्षिक सत्र २०६४ को का.स.मु भरेको मिति केरमेट गरी सच्याएकोले सो शैक्षिक सत्रको अंक समावेश नगरिएको र नाम प्रकाशित उम्मेदवारको भन्दा तपाइँको प्राप्ताङ्क कम भएको भन्ने कारण देखाई बढुवा सूचीमा समावेश हुन नसकेको भनी आयोगको मिति २०६७।९।२२ को निर्णयानुसार अनुरोध छ भनी मिति २०६७।९।२३ मा तयार गरेको पत्र मिति २०६७।१०।१४ मा बु