निर्णय नं. १०४०५ - लागु औषध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४०५ - लागु औषध भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/०९/२८ २९३२ सर्वोच्‍च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।९।२८ ०७५-CR-००६४ मुद्दाः लागु औषध पुनरावेदक / वादी : दाउद मियाँको छोरा जिल्ला मोरङ डाइनिया गाउँ विकास समिति वडा नं.९ घर भई हाल कारागार कार्यालय मोरङ विराटनगरमा कैदमा बस्ने उसमान आलमसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : प्रहरी सहायक निरीक्षक रोहित खुलीमुलीको प्रतिवेदन जाहेरीले नेपाल सरकार न्यायिक स्वविवेकको प्रयोग गर्दा कसुरदारको दोषीपना, त्यस प्रकृतिको अपराधबाट समाजमा पर्ने प्रभाव, पीडित भए निजलाई परेको पीडा, मुद्दाको तथ्यसँग आबद्ध कतिपय विषयहरू विचार गरी कसुरको दायरा निर्धारण गर्नु उपयुक्त हुने । निश्‍चित अवधिको सजायको कानूनी व्यवस्था रहेको अवस्थाबाहेक कुनै पनि आरोपित व्यक्तिउपर पहिलोचोटिको अपराधमा सजाय गर्दा कसुरदारको दोषीपनाबारे स्पष्ट रूपले विचार नगरी एकैपटक उपल्लै हदको सजाय गर्ने हो भने उक्त व्यक्तिको अपराधप्रतिको धारणामा परिवर्तन आउन नसक्ने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री जयप्रसाद प्रसाई प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हरिश्‍चन्द्र इङनाम मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री पुष्पराज कोइराला माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी उच्च अदालत विराटनगर फैसला न्या.पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहमा यस अदालतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ:- तथ्य खण्ड मिति २०७२।११।२४ गते अं.११:३० बजेको समयमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा. नं.४ शान्तिटोल स्थित पूर्वमा मावा खोलाको किनारा, पश्‍चिम मस्जिद हुँदै शान्तिटोल निस्कने कच्ची सडक, उत्तर-दक्षिण मावा खोला करिडोरको कच्ची सडक यति चारकिल्लाभित्र सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आइरहेको को.३ प.१०८ नं.को मोटरसाइकल चेकजाँच गर्ने क्रममा उसमान आलम मियाले चलाई ल्याएको मोटरसाइकल रोकी निजहरूको शरीर खानतलासी लिँदा उसमान आलम मियाले लगाएको पाइन्टको दाहिनेपट्टिको गोजीमा नाइट्रोसन १४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन क्याप्सुल ८ चक्‍कीसमेतका अवैध लागु औषध तथा भारतीय रू.५००।- दरको थान ३, रू.१००।- दरको थान २ गरी जम्मा भा.रू.१,७००।- विभिन्‍न दरको नेपाली रूपैयाँ रू.५५०।- समेत बरामद भएको, त्यस्तै प्रतिवादी ममताज आलमले लगाएको पाइन्टको बायाँपट्टिको गोजीमा नाइट्रोसन १४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ८ चक्‍की र को.३ प.१०८ नं. को मोटरसाइकलमा राखी ममताजले समाती बोकेको जर्किनमा कोरेक्स ६२ थान र रातो झोलामा राखिएको ३४ थान कोरेक्स गरी जम्मा ९६ थान अवैध लागु औषध तथा को.३ प.१०८ नं.को मोटरसाइकलसमेत बरामद भएको भन्‍ने बेहोराको घटनास्थल खानतलासी बरामदी मुचुल्का । मिति २०७२।११।२४ गते अं.११.३० बजेको समयमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा. नं.४ स्थित सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आइरहेको को.३प. १०८ नं.को मोटरसाइकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाइकलमा सवार रहेका उसमान आलम मियाल