निर्णय नं. १०४०६ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४०६ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७५/१२/२५ २५६२ प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७५।१२।२५ ०७१-CR-१२२० मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला सुन्दरादेवी गाउँ विकास समिति वडा नं. २ घर भई हाल कारागार कार्यालय नुवाकोटमा कैदमा रहेका ताराप्रसादको छोरा वर्ष ३२ को पुष्पराज सिटौला विरूद्ध प्रत्यर्थी / वादी : ................ को जाहेरीले नेपाल सरकार नाबालकले करणीजस्तो अपराधका बारेमा बोलेको कुरा अन्यथा प्रमाणित नभएको अवस्थामा त्यसलाई प्रमाणको रूपमा ग्रहण गर्दा बेमनासिब हुने नदेखिने । (प्रकरण नं.२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकबहादुर कार्की अवलम्बित नजिर : सम्बद्ध कानून: प्रमाण ऐन, २०३१ अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री किरणप्रसाद शिवाकोटी नुवाकोट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टेकराज नेपाल माननीय न्यायाधीश श्री थीरबहादुर कार्की पुनरावेदन अदालत पाटन फैसला न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड नुवाकोट जिल्ला सुन्दरादेवी गा.वि.स वडा नं.३ स्थित पूर्वमा हुतराज श्रेष्ठको खेतबारी, पश्चिममा सार्वजनिक भीर पाखो, उत्तरमा अम्मरबहादुर अधिकारीको खेतबारी र दक्षिणमा सार्वजनिक पाखो यति चार किल्लाभित्र रहेको तल माथि बाँसको झ्याङ भएको बिचमा ३/४ जना बस्न मिल्ने ओडार, उक्त ओडारमा केही दिनअगाडि फुकेको आगोको खरानी तथा माटोको भाग दबिएको र खोस्रिएको जस्तो देखिएको, उक्त ओडारनजिक रहेको पीडित बोल्न नसक्ने महिलाले लगाएको कपडा पछाडिको भाग तथा टाउको पछाडिपट्टि खरानी लागि सेतो देखिएको बेहोरा ठीक छ भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मिति २०६९।१०।२६ गते ....................की छोरी वर्ष ४३ की बोल्न नसक्ने नाम परिवर्तित नुवाकोट ६(छ) लाई पुष्पराज सिटौलाले दिनको अं.१६:३० बजेको समयमा जबरजस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ................ को निवेदन । मिति २०६९।१०।२६गते अन्दाजी १५:०० बजेको समयमा नुवाकोट जिल्ला सुन्दरादेवी गा.वि.स वडा नं. ३ स्थित डाँडाटोल बाँसको झ्याङको कुनामा मेरो जेठी दिदी अं. वर्ष ४३को बोल्न नसक्ने लाटी नाम परिवर्तित नुवाकोट ६ (छ) लाई पुष्पराज सिटौलाले जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडितको भाइ ................ को जाहेरी दरखास्त । पीडित नाम परिवर्तित नुवाकोट ६(छ) को स्वास्थ्य परीक्षण हुँदा योनिमा पुरूषको लिङ्ग प्रवेश एवम् घर्षण भएको पाइन्छ भन्नेसमेत बेहोराको परीक्षण प्रतिवेदन । म आफ्नो घर परिवारसँग खेती किसानी गरी आएकोमा मिति २०६९।१०।२६गतेका दिन मेरो घरमा पूजा भएको कारण बिहानैबाट पूजापाठ गरी अं.१०:०० बजेको समयमा पूजा सकी खाना खाई दिनको अं. ३/४ बजेको समयमा मेरो घरदेखि अं.१०/१५ मिनेटको दुरीमा रहेको डाँडाटोल भन्ने ठाउँमा पाइपमा आए