निर्णय नं. १०४०७ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४०७ - बन्दीप्रत्यक्षीकरण भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/१०/२० ३४७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७६।१०।२० ०७६-WH-०२४५ मुद्दाः- बन्दीप्रत्यक्षीकरण निवेदक : भोजपुर जिल्ला, षडानन्द नगरपालिका वडा नं. १ घर भई हाल जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको गैरकानूनी हिरासतमा राखिएका तीर्थबहादुर राईको हकमा भोजपुर जिल्ला, षडानन्द नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने गणेश राई विरूद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्‍चोकसमेत कुनै पनि नागरिकलाई एकै प्रकृतिको मुद्दामा पटकपटक बन्दी बनाई धरौटी माग भएकोमा धरौटी दाखिला भएपछि पनि थुनामुक्त नगर्नु र यस अदालतको बन्दीप्रत्यक्षीकरणको आदेशबाट थुनामुक्त गरिसकेपछि पनि विभिन्न जिल्लामा लगी पाँचौं पटक सोही प्रकृतिको मुद्दामा निरन्तर थुनामा राख्नु अनुचित, अतार्किक र जवाफदेहिताहीन कार्य हुने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री एकराज भण्डारी, अधिवक्ताहरू श्री कपिलचन्द्र पोखरेल, श्री भुवनप्रसाद निरौला, श्री गंगासागर खत्री, श्री बालकृष्ण गैरे, श्री निरकुमार राई, श्री सन्तोष कोइराला, श्री कान्तिराम ढुंगाना विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री हरिप्रसाद जोशी अवलम्बित नजिर : ने.का.प.२०७६, अंक ४, नि.नं.१०२५३ सम्बद्ध कानून : नेपालको संविधान फौजदारी कार्यविधि संहिता, २०७४ आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको संविधानको धारा ४६, १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः निवेदक तिर्थबहादुर राईलाई मिति २०७६।१०।१४ गते सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरियो । निवेदकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको गैरकानूनी थुनामा राखिएकोमा सोउपर दायर गरेको बन्दीप्रत्यक्षीकरण (०७६-WH-०२१८) को निवेदनउपर सुनुवाइ हुँदा सम्मानित सर्वोच्च अदालतबाट निवेदकलाई गैरकानूनी थुनाबाट मुक्त गर्न प्रत्यर्थीका नाममा आदेश भएको थियो । निवेदकलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जानकारी पाएको छु । निवेदकलाई कानूनविपरीत थुनामा राखी शारीरिक एवं मानसिक यातना दिइएको आशंका छ । निवेदकलाई म्याद थपका लागि भनी प्रत्यर्थी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकसमक्ष उपस्थित गराएको जानकारी पाएको छु । सुरूमा निवेदक तीर्थबहादुर राईलाई मिति २०७६।२।१० मा सिन्धुली जिल्लाको डाँडीगुरासेबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको थियो । मिति २०७६।३।३ मा जिल्ला प्रशासन कार्यालय, सिन्धुलीबाट जनही रू.२१,०००।- (एक्काइस हजार) धरौटी माग भएकोमा धरौटी रकम बुझाउन नसकेका कारण कारागार कार्यालय सिन्धुलीमा राखिएको थियो । मिति २०७६।५।१९ मा जिल्ला प्रशासन कार्यालय, सिन्धुलीबाट ६ महिनाको कैद सजाय हुने ठहर्‍याई फैसला भयो । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको फैसलाबमोजिमको कैद भुक्तान गरेपश्चात् सिन्धुली जिल्ला कारागारबाट मिति २०७६।८।४ मा थुनामुक्त हुनुपर्नेमा थुनामुक्त गरेको कागजमा सहीछाप गराइयो तर थुनामुक्त नगरी दोस्रो पटक रामेछाप पुर्‍याई अभद्र व्यवहार मुद्दा लगाइयो । मिति २०७६।८।२९ मा जिल्ला प्रशासन कार्यालय, रामेछापबाट साधारण तारेखमा मुक्त भएको बेहोरामा सहीछाप गराइयो तर थुनामुक्त नगरी