निर्णय नं. १०४१० - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४१० - मानव बेचबिखन तथा ओसारपसार भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/०९/०२ २१७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।९।२ ०७३-CR-११३१ मुद्दा:- मानव बेचबिखन तथा ओसारपसार पुनरावेदक / वादी : परिवर्तित नाम पोखरा ४७ को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : चितवन जिल्ला, गुञ्जनगर गाउँ विकास समिति वडा नं. ६ बस्ने रामप्रसाद गुरूङ मानव बेचबिखन एवं ओसारपसारको मुद्दामा पीडितलाई प्रतिवादीले वास्तवमै बेचबिखन गर्न लगेको हो ? वा विवाह गर्न वा विवाह गरेर श्रीमान् श्रीमती भई लगेको र गएको हो भन्ने तथ्य पहिल्याउन अति गाह्रो हुने । सो तथ्यको निर्क्यौलमा पुग्न प्रथमतः अधिक मात्रामा पीडितको भनाइमा नै भर पर्नुपर्ने र सोही आधारमा नै निष्कर्षमा पुग्नुपर्ने । (प्रकरण नं.९) पीडित अदालतसमक्ष उपस्थित भएर बकपत्र नगरे पनि सुरूमा अदालतसमक्ष भएको प्रमाणित बयानको महत्त्व र तौलमा कमी भएको भने हुँदैन । पीडित अदालतमा उपस्थित भएर सुरूमा अदालतबाट प्रमाणित भएको बयानको विपरीत प्रतिवादीको पक्ष र समर्थनमा हुने गरी गरेको बकपत्रभन्दा निज अदालतमा उपस्थित नै नभएर बकपत्र नगरेको अवस्थामा प्रतिवादी विरूद्धको कसुरलाई स्थापित गराउन बढी सघाउ पुर्याइरहेको हुन्छ । सुरूको प्रमाणित बयानलाई समर्थन हुने गरी पीडित अदालतमा उपस्थित भई बकपत्र नै नगरे पनि पीडितले मौकामा प्रतिवादीको कसुर विरूद्धमा सप्रमाण गरेको किटानी बकपत्र कानूनी आधारबिना निरर्थक नहुने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री खड्गबहादुर गुरूङ अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रामप्रसाद ओली कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ उच्च अदालत पोखरा फैसला न्या.तेजबहादुर के.सी.: उच्च अदालत पोखराको मिति २०७३।०७।०७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क) र (ख) बमोजिम वादीको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी यस अदालतबाट दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः तथ्य खण्ड साथी पूजा रानामगरमार्फत चिनजान भएका रामप्रसाद गुरूङले मसँग आफ्नो धनमाल जग्गा जमिन प्रसस्त छ, ब्रिटिस आर्मीको लाहुरे हुँ, चलअचल सम्पत्ति मनग्य छ भनी विभिन्न लोभ प्रलोभन देखाई माया ममताका कुरा गरी प्रेम प्रस्ताव राखी विवाह गरी लान्छु भनी भरविश्वासमा पारी मिति २०७१।०३।२७ गते मागी विवाह गरी घरमा लान्छु भनी मलाई लिई गएकोमा आफ्नो घरमा नलगी निजको धर्मदिदी भन्नेको घर कोठामा पुर्याई एकान्त समयमा अन्यत्र व्यक्तिसँग फोनमा कुरा गरी राम्रो माल ल्याएको छु, राम्रो दाम पर्छ, समय मिलाई बोर्डर पार गराउँछु भनी कहिले नेपाली भाषा तथा कहिले हिन्दी भाषामा कुराकानी गरी विवाह गरेको श्रीमतीको बहाना गरी भारततर्फ बिक्री वितरण गर्न लाने योजना बनाई ममाथि मानव बेचबिखन तथा ओसारपसारको कसुर अपराध गरेको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडि