निर्णय नं. १०४११ - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४११ - ज्यान मार्ने उद्योग भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/०८/०४ ४५८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७६।८।४ ०७५-CR-०८४४ मुद्दाः ज्यान मार्ने उद्योग पुनरावेदक / वादी : मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं.७ बस्ने राजेन्द्र सहनीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : मोरङ जिल्ला, साबिक कटहरी गा.वि.स. वडा नं.२ बस्ने अजयकुमार कामतसमेत ठोस तथ्ययुक्त आधार प्रमाणबेगर अनुमान प्रमाणकै भरमा मुद्दामा एक पक्षले आफ्नो नियन्त्रण राखी संकलन गरेको प्रमाण जुन प्रमाण अदालतमा परीक्षण नै नभएको अवस्थामा प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.११) उद्योगमा पनि त्यही आपराधिक मनसाय रहनु पर्छ, जुन कर्तव्य ज्यानको कसुरको लागि आवश्यक हुन्छ । यहाँ निन्दित मनसाय, निर्ममता, दयाहीनता त्यही श्रेणीको हुनुपर्छ जुन कर्तव्य ज्यानमा हुन्छ । उद्योग ठहर्नको लागि केवल तयारी मात्र नभई अभियुक्तले वारदात घटाउने मनसायका साथ सोतर्फ गम्भीर प्रयास गरेको र सो कार्य खतरनाकरूले पूर्ण अपराधको नजिक (Dangerous proximity to the end) हुनुपर्ने । (प्रकरण नं.१३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री राधिका सुवाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या. श्री पुष्पराज थपलिया मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती माननीय न्यायाधीश श्री राजेन्द्र खरेल उच्च अदालत विराटनगर फैसला न्या.पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड मिति २०७२।११।१९ का दिन हाम्रो गाउँको मानिस स्वर्गबास भएकाले विराटनगर सिंगीया खोलामा गई निजको दाहसंस्कार गरी राखेकाले अं.११:३० बजेको समयमा मेरो भाइ जिल्ला मोरङ, विराटनगर ७ बस्ने वर्ष २४ को जितेन्द्र सहनी तथा निजको साथी ऐ. बस्ने वर्ष २३ को संजय साहसमेत दुवैजना चिया खान जिल्ला मोरङ, कटहरी २ स्थित हाटखोलाको हटियामा जाँदा सो स्थानमा प्रतिवादी विक्रम कटुवालसमेतका अन्य नामथर थाहा नभएका निजकै २ जना साथीहरू उक्त स्थानमा बाटो ढुकी बसी मेरा भाइसमेत उक्त स्थानमा पुग्दा निजहरूले बिनाकारण विभिन्न अश्लिल शब्दहरू प्रयोग गरी राखेको बेला निज विपक्षीहरू अजयकुमार कामत तथा महमद अरमान र २ जना अपरिचित मानिसहरूले मेरा भाइ र संजय साहलाई समाती आफ्नो नियन्त्रणमा लिई लछार पछार गरी राखेको बेला विपक्षी विक्रम कटुवालले मेरो भाइ जितेन्द्र सहनीको ज्यान लिने मनसायले धारिलो हतियार छुरीले पेटको भागमा प्रहार गरी निजको आन्द्रासमेत बाहिर निस्किएको र मेरो भाइको साथी संजय साहको पछाडिको भाग कोखामा छुरी प्रहार गरी मुर्छा परी लड्दा स्थानीय मानिसहरूले देखी हल्ला खल्ला गर्दा निज प्रतिवादीहरू भागी गएका र घाइतेहरूलाई स्थानीय मानिसहरूले उपचारको लागि गोल्डेन अस्पताल लगी मलाई घटनाको जानकारी गराएको हुँदा म उक्त अस्पतालमा जाँदा सख्त घाइते अवस्थामा देखेँ यसरी निज प्रतिवादीहरूले पूर्वाग्रह राखी पेट र कोखाजस्तो संवेदनशील स्थानमा धारिलो हतियार छुरी प्रहार गरी मरणासन्न अवस्था बनाएको हुँदा निजहरूको