निर्णय नं. १०४१२ - मानव बेचबिखन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४१२ - मानव बेचबिखन भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/०२/१९ २११६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।२।१९ ०७४-CR-१४२७ मुद्दा:- मानव बेचबिखन पुनरावेदक / वादी : परिवर्तित नाम हनुमानढोका (१) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला काठमाडौं, दहचोक गा.वि.स. वडा नं. ४ बस्ने विनोद ढकालसमेत मानिसलाई जतिसुकै दुःख पीडा वा गरिबी भए पनि कसैले कसैलाई मृगौला बेच्न उत्प्रेरणा दिने तथा सहयोग गर्ने कार्य निश्चय नै उसको नैतिकता, सामाजिक जवाफदेहिता र कानूनको समेत बर्खिलाप भई त्यस्तो कार्य कानूनी अपराधको रूपमा परिभाषित हुन जान्छ र सो कार्य गरेबापत मानिस दण्डित पनि हुनैपर्ने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री डम्बर काफ्ले प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ मा. न्या. श्री अब्दुल अजीज मुसलमान पुनरावेदन अदालत पाटन फैसला न्या.पुरूषोत्तम भण्डारी : नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा तत्कालीन न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । सुरूको जाहेरी दरखास्त, घटना विवरण कागज, प्रतिवादीहरूको बयान, अभियोग पत्र, साक्षीहरूको बकपत्र, सुरू काठमाडौं जिल्ला अदालतको फैसला, वादी प्रतिवादी दुवैतर्फको पुनरावेदन पत्र र पुनरावेदन अदालत पाटनको फैसलासमेतको बेहोरा उक्त पुनरावेदन अदालत पाटनको मिति २०७३।०३।०७ को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन । यस अदालतको निर्णय नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री डम्बर काफ्लेले गर्नुभएको बहस सुनी मिसिल संलग्न कागजातहरूको अध्ययन गर्दा, प्रतिवादीहरू विनोद ढकाल, कृष्णबहादुर दर्जी तथा सार्की लामा तामाङसमेतको आपसी योजना, मिलेमतो, एवं संलग्नतामा पीडित हनुमानढोका (१) लाई ललाई फकाई प्रलोभन एवं झुक्यानमा पारी भारतको नयाँ दिल्लीस्थित सिंघानिया अस्पतालमा लगी अवैध रूपमा निज पीडितको बायाँतर्फको मृगौला झिक्ने कार्य भएको पुष्टि हुन आएकोले प्रतिवादीहरू विनोद ढकाल र कृष्णबहादुर दर्जीको उक्त कार्य मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) विपरीत दफा ४(१)(ग) बमोजिमको कसुर हुँदा सोही कसुर अपराधमा निज प्रतिवादीहरूलाई ऐ. ऐनको दफा १५(१)(ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम निज प्रतिवादीहरूबाट पीडितलाई मनासिब माफिकको क्षतिपूर्ति भराई यी प्रतिवादीहरूको उक्त कार्य नैतिक पतन गरेको फौजदारी कसुरसमेत हुँदा ऐ. ऐनको दफा २२ बमोजिम नैतिक पतनतर्फको कसुर कायम गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी भएकोमा प्रतिवादीहरू विनोद ढकाल र कृष्णबहादुर दर्जीले पीडितलाई ललाई फकाई भारतमा पुर्याई रू. दुई लाख दिई कानूनविपरीत मृगौला झिकेको देखिँदा यी प्रतिवादीहरूले मानव बेचबिख