निर्णय नं. १०४१३ - घुस रिसवत लिई भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४१३ - घुस रिसवत लिई भ्रष्टाचार गरेको भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/०९/१५ ८२४९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।९।१५ ०७५-CR-०६१३ मुद्दाः घुस रिसवत लिई भ्रष्टाचार गरेको पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत गोकुल पन्तसमेतको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जय जोशीको नाति विष्णु जोशीको छोरा बझाङ जिल्ला, मौलाली गा.वि.स.वडा नं.८ घर भई जनकपुर उपमहानगरपालिका वडा नं.४ बस्ने नापी कार्यालय धनुषाअन्तर्गत २ नं. नापी टोलीका अमिन कृष्णप्रसाद जोशी भ्रष्टाचारको कसुर स्थापित हुनको लागि प्रतिवादीबाट रकम बरामद हुनु नै पूर्ण एवम् पर्याप्त प्रमाण हुन सक्दैन । प्रतिवादीले सो रकम स्वेच्छाले माग गरेको र स्वेच्छाले घुसबापतको रकम लिएको तथ्य वस्तुनिष्ठ, विश्वसनीय, प्रचुर एवम् पर्याप्त प्रमाणद्वारा परिपुष्टि हुनु पर्ने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश मरासनी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०२१, अंक २, नि.नं.२२९ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री द्वारिकामान जोशी मा. न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य मा. न्यायाधीश श्री नारायणप्रसाद पोखरेल विशेष अदालत काठमाडौं फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) र विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भर्इ दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः धनुषा जिल्ला, धनुषा नगरपालिका वडा नं.५ स्थित मेरो गाउँ ब्लकको जग्गा नापी गर्दा मेरो भोगचलनमा रहेको जग्गा मलाई जानकारी नगराई सन्तोषी यादवको नाममा नापी गराएकोमा मलाई जानकारी भएपछि म नापी कार्यालय, धनुषामा गई कार्यालय प्रमुखसँग यस विषयमा जानकारी गराउँदा कार्यालय प्रमुखले फिल्डमा खटिने अमिन कृष्णप्रसाद जोशीलाई भेट्न भनेकोमा निजलाई भेटी यस विषयमा कुराकानी गर्दा निज अमिनले मसँग रू.३०,०००।– दिनुहोस् म तपाइँको काम गरिदिन्छु भनी रकम माग गरेको हुँदा घुस / रिसवत माग गर्ने कर्मचारीलाई कारबाही गर्नु उपयुक्त हुने देखिएकोले सो कुराको जानकारी यस आयोगमा गराएको छु । निजले मसँग उल्लिखित कार्यको निमित्त रू.३०,०००।– माग गरेकोले निजलाई दिनका लागि सो रकम नगद उपलब्ध गरार्इ पाऊँ र मबाट निजले घुस / रिसवत लिएको अवस्थामा फेला परेमा निजलाई दशी प्रमाणसहित पक्राउ गरी कारबाही गरिपाउँ भन्‍नेसमेतको बेहोराको उजुरीकर्ता सूर्यनारायण यादवको मिति २०७३।१२।२० को उजुरी निवेदन । उजुरवालाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबास महोत्तरीबाट भरपार्इ कागजमा उल्लिखित दर र नम्बरका ३० थान नोटहरूको हुने रू.३०,०००।- बुझिलिई निवेदकले मिति २०७३।१२।२० मा गरिदिएको भरपार्इ कागज । उजुरीमा उल्लिखित कामको सम्बन्धमा अमिन कृष्णप्रसाद जोशीसँग गरिएको वार्तालाप रेकर्ड भएको सि.डी. निवेदनसाथ पेस गरेको भन्‍नेसमेत बेहोराको मिति २०७३।१२।२० को निवेदन तथा सि.डी. एक थान । नापी कार्यालय, धनुषाका अमिन कृष्णप्रसाद जोशीले घुस / रिसवत स्वरूप रू.३०,०००।– माग गरेको भन्‍ने उजुरीकर्ता सूर्यनारायण यादवको निवेदनको आधारमा निजलाई भरपार्इ गरार्इ रकम उपलब्ध गराइएको हुँदा आरोपि