निर्णय नं. ८२६३ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२६३ - उत्प्रेषणसमेत भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०३/०१ ४०३२ निर्णय नं. ८२६३ फागुन, २०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६४ सालको रि.नं. –WO–०८९६ आदेश मितिः २०६६।३।१।२ विषय : उत्प्रेषण समेत । निवेदकः रौतहट जिल्ला, अकोलवा गा.वि.स. वडा नं. ५ स्थायी घर भई बीरगञ्ज नगरपालिका वडा नं. ७ बस्ने जि.प्र.का. तनहुँको प्र.ना.नि. पदबाट वर्खास्त गरिएको हरिनाथप्रसाद विरुद्ध विपक्षीः नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं समेत § अपराधी भनी अदालतबाट घोषित व्यक्ति नै प्रहरी पदमा पुर्ननियुक्ति हुदै जाने हो भने यसले प्रहरीप्रति जनआस्था नहुने मात्र होइन अन्य Law Abiding इमानदार अनुशासित नैतिकवान प्रहरी कर्मचारीको मनोवललाई समेत असर गर्ने । (प्रकरण नं.७) § समानताको हकको अर्थ एक वर्गले पाउन नसक्ने सुविधा पाएको कारण अर्को वर्गलाई पनि कानूनले दिन नहुने सुविधा सहुलियत वा फाइदा पनि दिलाउने होइन । यस्तो व्याख्या गर्नु भनेको संविधानले दिएको समानताको हकको गलत बुझाइ र गलत अर्थ गराइ तथा गलत व्याख्या हुनजाने। (प्रकरण नं.१२) § कानूनले दिएको हक वा अधिकार वा सुविधा एउटै प्रकारको एउटै अवस्थाको एउटै वर्गकाहरू मध्ये कसैलाई उपभोग गर्न दिने तर त्यस्तै समान वर्गका अरु कसैलाई नदिने गरेको अवस्थामा मात्र यस अदालतले त्यसरी कानूनले दिइरहेको हक वा सुविधा वा अधिकार हननमा हक प्रचलन गराउन आदेश गर्दछ । तर कानूनले दिन नहुने सहुलियत कुनै अधिकारीले कसैलाई दिलाएको आधारमा अरुलाई पनि त्यस्तो सुविधा प्राप्त हुन नसक्ने । (प्रकरण नं.१३) § हक र अधिकार कानूनबाट मात्र प्राप्त हुन्छ । कानूनले नदिएको सुविधा कसैले गैरकानूनी तरिकाले प्राप्त गर्दैमा त्यस्तो सुविधा अर्कोले पनि दावी गर्न सक्दैन । कानूनले प्रदान नगरेको हक वा सुविधा कुनै अधिकारीले कानूनको गलत व्याख्या वा आफ्नो अधिकारको दुरुपयोग गरी गलत निर्णय गरी कसैलाई कुनै सुविधा दिन्छ र त्यही आधारमा अन्य समान वर्गकोले पनि त्यस्तो सुविधा दावी गर्छ भने कसैले गलत तरीकाले कानूनविपरीतको सुविधा प्राप्त गर्दैमा अर्कोले पनि त्यस्तो सुविधा दावी गर्न नसक्ने । (प्रकरण नं.१५) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की र विद्वान अधिवक्ता श्री सतिश झा विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री रमेश पोखरेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § प्रहरी ऐन, २०१२ को दफा ३३ (क) ३३(ख) र दफा ३४(ग) र (घ) § प्रहरी ऐन २०१२ को दफा १०(१)(क)(ख) आदेश न्या.बलराम के.सी.: नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२/१०७(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण एवं आदेश निम्न प्रकार छ :— निवेदकलाई पश्चिमाञ्चल क्षेत्रीय प्रहरी विशेष अदालतले प्रहरी ऐन २०१२ को दफा ३४ को (ग) र (घ) अनुसारको कसूर गरेको ठहराई मिति २०५८।३।२८ मा निवेदकलाई १५ दिन कैद सजाय हुने गरी क्षेत्रीय प्रहरी विशेष अदालत पोखराबाट फैसला गरी सो फैसलाको आधारमा प्रहरी महानिरीक्षकले ऐ ऐनको दफा १०(१) (ख) अनुसार वर्खास्त समेत गरेको जानकारी मिति २०५८।५।१२ मा प्राप्त भएको मा ऐ.ऐ. नं. को दफा ३६(१) बमोजिम तोकिएको ३५ दिन भित्रै केन्द्रीय प्रहरी विशेष अदालतमा मिति २०५८।६।९।३ मा पुनरावेदन पत्र चढाएको नोकरीबाट वर्खास्त गर्ने गरेको निर्णय बदर गरी पुनः पदमा वहाल गरिपाऊँ भनी तत्कालीन