निर्णय नं. १०४१४ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४१४ - निषेधाज्ञा भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/०८/०८ १६८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।८।८ ०७३-CI-०४२८ मुद्दा:- निषेधाज्ञा पुनरावेदक / निवेदक : जिल्ला सप्‍तरी गा.वि.स. मलेठ वडा नं. २ स्थित सतनाम सतगुरू कबीर पंथ बचन वंश नामकरण गरिएको गुठ्ठी महन्थ पुजारी रामदेव साह विरूद्ध प्रत्यर्थी / विपक्षी : जिल्ला सप्‍तरी गा.वि.स. मलेठ वडा नं. १ बस्ने धर्मी दासको छोरा जामाहिर दास नौनियासमेत गुठी सम्पत्तिको संरक्षण र रेखदेखका लागि दाताले कसैलाई अधिकार प्रदान नगरेसम्म अन्य सम्पत्तिमा जस्तो गुठीको सम्पत्तिमा हकवालाको नाताले अपुतालीको हक सिर्जना नहुने । (प्रकरण नं.३) पुनरावेदक / निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री अविनाशकुमार प्याकुरेल प्रत्यर्थी / विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री माधवप्रसाद पोखरेल माननीय न्यायाधीश श्री उमेशकुमार सिंह पुनरावेदन अदालत राजविराज आदेश न्या.मीरा खडका : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदनपत्र दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड जिल्ला सप्‍तरी गा.वि.स. मलेठ वार्ड नं. २ बस्ने मेरो बज्यै नाता पर्ने बुदी दास भन्‍ने बुद्धि तेलिनले ऐ.ऐ. को सा.कि.नं. ६१७ को हाल सर्वे नापीमा गाउँ ब्लक नं. ५८ को ज.वि. ०-१-११ सतनाम सतगुरू कबिरपंथ बचन बंश नामक गुठीलाई जग्गा दिनुभएको हो । सो जग्गामा गुठी भवन निर्माण गरी संरक्षणको लागि निज बुद्धि तेलिन महन्थ पुजारी भई जीवनभर पूजापाठ गर्दै आएकोमा मिति २०६६।१०।०५ मा मृत्यु भएको हो । निज जीवित छँदै म निजको छोराको छोरा नाति पर्ने निवेदकलाई चेलामा नियुक्ति गरेकाले मृत्युपश्‍चात् मैले पूजापाठ र आउने सन्त महन्थको सेवा सत्कार गर्दै गुठी भवनसमेत निर्विवाद रूपले भोगचलन गर्दै आएकोमा मिति २०७१।०५।२३ का दिन बिहान अ.१० बजेको समयमा विपक्षीहरूले षड्यन्त्र गरी सो जग्गामा हस्तक्षेप गर्न खोजेका हुनाले सो गुठीको जग्गामा भएको मन्दिर र घरमा हस्तक्षेप गर्ने प्रवल आशंका रहेकाले मलाई मन्दिर र घर बसोवासबाट वञ्चित गर्ने उद्देश्यले कुनै किसिमको हस्तक्षेप नगर्नु नगराउनु, जबरजस्ती कागज नबनाउनु भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेशसहितको निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्‍नेसमेत बेहोराको मिति २०७१।६।१ को निवेदन । निवेदन मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार भए सबुत प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु, साथै निवेदन पत्रसाथ पेस भएको २०४८।०६।२७ को दानपत्र र गा.वि.स. कार्यालय मलेठ सप्‍तरीको नाता प्रमाणित प्रमाणपत्रको छायाँ प्रतिबाट निवेदक हकवाला देखिँदा निवेदनमा उल्लिखित जि.स. गा.वि.स. मलेठ वार्ड नं. ४(क) अन्तर्गत ब्लक नं. ५८ को ०-०१-११ जग्गामा भएको मन्दिर र घर बसोवासमा सुविधा सन्तुलनको दृष्‍टिले निवेदकलाई प्रस्तुत निवेदनको टुङ्गो नलागेसम्म कुनै किसिमको हस्तक्षेप नगर्नु नगराउनु भन्‍नेसमेत बेहोराको विपक्षीहरूका नाउँमा जारी भएको अन्तरिम आदेशसहित मिति २०७१।०६।०२ को कारण देखाउ आदेश । दाबीको जग्गामाबुदी दास भन्‍ने बुद्धि तेलिनले सतगुरू कबिर पंथ बचन बंश नामक संस्थालाई दानमा दिएको जग्गा हो । निजले