निर्णय नं. १०४१६ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४१६ - जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/०८/०८ ३५३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।८।८ ०७५-CR-१२९३ मुद्दा :- जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : भूपालमान थापाको छोरा जिल्ला मोरङ केराबारी गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय मोरङमा थुनामा रहेको प्रकाश थापा विरूद्ध प्रत्यर्थी / वादी : सांकेतिक नाम एकताको जाहेरीले नेपाल सरकार कसुर गरिरहेको अवस्थामा प्रत्यक्ष देख्ने र कसुरदारको पञ्जाबाट पीडितलाई बचाई प्रहरी बिटसम्म ल्याउने व्यक्ति रहेको कुरा प्रत्यक्षदर्शीहरूको मौकाको कागज तथा सो कुरा पुष्टि हुने गरी अदालतमा गरेको बकपत्रबाट देखिन आएकोमा यस्तो प्रमाणलाई ग्रहण गर्नु पर्ने । (प्रकरण नं.८) घटनापश्चात् भएको पीडितको शारीरिक परीक्षण प्रतिवेदनले वस्तुगत प्रमाणको स्थान लिन्छ । त्यसैगरी, स्वयम् पीडित जो घटनाको असर र प्रभावबाट पीडामा परेको हुन्छ त्यस्तो व्यक्तिको कथनलाई जबरजस्ती करणीको कसुरमा झनै महत्त्वपूर्ण प्रमाण मानिने । (प्रकरण नं.९) कानूनबमोजिमको रीत पुर्याई सूचना दिँदासमेत अदालतमा उपस्थित नभई कुनै अभियुक्त फरार रहन्छ भने निजको उपस्थितिपश्चात् अदालतबाट हुने इन्साफको अनुमान गरी उपस्थित सहप्रतिवादीको हकमा समूहिक रूपमा गरेको आपराधिक कार्यको दायित्वलाई स्थगित गरी राख्न नमिल्ने । (प्रकरण नं.१५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७५, अंक ३, नि.नं.९९८१ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू फैसला गर्ने: माननीय न्यायाधीश श्री हरिश्चन्द्र इङनाम मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री उमेशकुमार सिंह माननीय न्यायाधीश श्री हरिप्रसाद भण्डारी उच्च अदालत विराटनगर फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : उच्च अदालत विराटनगरबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९ (१) बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः तथ्य खण्ड जिल्ला मोरङ केराबारी गा.वि.स. वडा नं. ६ पिर्रे जङ्गल स्थित पूर्वमा खदम खोला, पश्चिममा जङ्गल, उत्तरमा डागीतर्फ जाने सानो गोरेटो बाटो, दक्षिणमा जङ्गल यति चार किल्लाभित्र रहेको जङ्गलको घारी भएको सो ठाउँमा आलो स्याउला ओछ्याएको, सो स्याउला र जमिनहरू प्रतिकारको क्रममा माडिएको जस्तो देखिएको, सोही ठाउँमा सांकेतिक नाम (V) कुमारीलाई प्रतिवादी प्रकाश थापा, पप्पु कार्की र अशोक बस्नेतसमेतले मिति २०७१।२।९ गते अं. १०:३० बजेको समयमा जबरजस्ती करणी गरेको भन्ने बेहोराको घटनास्थल मुचुल्का । मेरो भतिजी छोरी वर्ष १५ की सांकेतिक नाम (V) कुमारी धरान स्थित बोर्डिङ स्कुलमा विद्यालय जाने आउने क्रममा मिति २०७१।२।९ गते बिहानको समयमा सदाझैं विद्यालय जान्छु भनी किताबको ब्याग बोकी गएकोमा निज बेहोस अवस्थामा दिनको २/३ बजेको समयमा घर आई मलाई केटाहरूले जबरजस्ती करणी गरे भनी सुनाइन् । के कसरी को कस्ले जबरजस्ती करणी गरे भनी निजबाट बुझ्दा, म विद्यालयबाट आइरहेको अवस्थामा ३ जना केटाहरूले खदम खोलाबाट मलाई मोटरसाइकलमा जबरजस्तीपूर्वक उठाइ हाली बोल्न चटपटाउनसमेत नदिई केही पर जङ्गलमा लगी मोटरसाइकलबाट ओराली हामीले जे भन्छौ त्यही गर्नुपर्छ भनी मलाई करकापमा पारी चिसोकोक हो भनी जबरजस्