निर्णय नं. १०४१७ - लागु औषध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४१७ - लागु औषध भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/०८/०५ ६१९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।८।५ मुद्दा: लागु औषध ०७२-CR-१५०५ पुनरावेदक / प्रतिवादी : छन्दासिं तामाङको छोरा धादिङ जिल्ला झारालाङ गा.वि.स. वडा नं. ७ संयुङ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको रमेश भन्ने बै लामा विरूद्ध प्रत्यर्थी / वादी : प्र.ना.नि. सुनिल श्रेष्ठसमेतको प्रतिवेदनले नेपाल सरकार ०७२-CR-१९२६ पुनरावेदक / प्रतिवादी : शिव मंगल सहनीको छोरा पर्सा जिल्ला लिपनी गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको जियालाल सहनी विरूद्ध प्रत्यर्थी / वादी : प्र.ना.नि. सुनिल श्रेष्ठसमेतको प्रतिवेदनले नेपाल सरकार ०७३-CR-००३१ पुनरावेदक / प्रतिवादी : नेमा थापा तामाङको छोरा धादिङ जिल्ला तिम्लिङ गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको ए थापा तामाङ विरूद्ध प्रत्यर्थी / वादी : प्र.ना.नि. सुनिल श्रेष्ठसमेतको प्रतिवेदनले नेपाल सरकार ०७३-CR-०१३४ पुनरावेदक / प्रतिवादी : वासुदेव राउत कुर्मीको छोरा पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं. १८ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको महेशप्रसाद कुर्मी विरूद्ध प्रत्यर्थी / वादी : प्र.ना.नि. सुनिल श्रेष्ठसमेतको प्रतिवेदनले नेपाल सरकार सामान्यतः फौजदारी कसुरमा प्रति अभियुक्तउपरको कसुर छुट्टाछुट्टै प्रमाणित हुनुपर्ने तथा कसुरको मात्रासमेत प्रति अभियुक्त स्थापित हुनुपर्ने हुन्छ तथापि सामूहिक रूपमा एकआपसमा संगठित जालो भई गरेको कसुरमा कसुरको मात्रा पनि सामूहिक रूपमै समान हुने । केवल फरक-फरक स्थानमा पक्राउ परेको तथा सबैको साथबाट लागु औषध बरामद नभएको कारणले मात्र प्रतिवादीहरूको कसुरको मात्रा पनि फरक रहेको अनुमान गर्न नमिल्ने । (प्रकरण नं.१३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा, विद्वान्‌ अधिवक्ताहरू श्री मोहनबहादुर बन्जारा क्षेत्री, श्री राधिका महत, श्री राजुप्रसाद धिमाल, श्री दिलकुमारी राई, श्री महेश नारायण दास प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाश गौतम अवलम्बित नजिर : ने.का.प.२०७५, अंक ८, नि.नं.१००७५ सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री कुलप्रसाद शर्मा काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा पुनरावेदन अदालत पाटन यस अदालतमा पुनरावेदन परेको मितिः- २०७२/१२/१६ २०७३/०२/२३ २०७३/०४/०७ २०७३/०४/३१ फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड का.जि.का.म.पा. वडा नं. २९ स्थित नयाँ बस पार्कबाट बाहिर निस्कने मुल गेटअगाडि बायाँतर्फको सार्वजनिक सडक किनारामा मिति २०६९/०६/०२ को बिहान ६:०० बजेको समयमा शंकास्पद रूपमा फेला परेका ए थापा तामाङ र जयराम तामाङलाई नियन्त्रणमा लिई निजहरूको शरीर तलासी लिँदा ए थापा तामाङले पिठ्युँमा बोकेको J