निर्णय नं. १०४१८ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४१८ - अंश चलन भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/०७/०५ ९१३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७६।७।५ मुद्दाः अंश चलन ०७१-CI-०७०९ पुनरावेदक / प्रतिवादी : मोहनप्रसाद उपाध्याय शर्माकी माइली श्रीमती सर्लाही जिल्ला परवानीपुर गा.वि.स. वडा नं. ६ घर भई हाल ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ४ बस्ने शारदादेवी खतिवडा विरूद्ध प्रत्यर्थी / वादी : का.जि.का.म.न.पा. वडा नं. ३५ बस्ने सावित्रीदेवी खतिवडासमेत ०७२-CI-११४६ पुनरावेदक / वादी : मोहनप्रसाद उपाध्याय शर्माको जेठी श्रीमती का.जि.का.म.न.पा. वडा नं. ३५ बस्ने सावित्रीदेवी खतिवडा विरूद्ध प्रत्यर्थी / प्रतिवादी : मोहनप्रसाद उपाध्याय शर्माकी माइली श्रीमती सर्लाही जिल्ला परवानीपुर गा.वि.स.वडा नं. ६ घर भई हाल ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ४ बस्ने शारदादेवी खतिवडासमेत बाबु आमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीका लागि पैतृकसरह हुन्छ । सौतेनीआमाले बकसपत्र, दाइजो जुनसुकै माध्यमबाट प्राप्त गरेको सम्पत्ति आफ्नो छोरा छोरीलाई पैतृक हुने, सौतेनीतर्फबाट जन्मेका छोरा छोरीको लागि नहुने भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.१६) वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री युवराज भण्डारी प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री मीरा ढुङ्गाना, श्री सर्मिला श्रेष्ठ, श्री पुन्यशिला दवाडी, श्री शकुन्तला बस्नेत अवलम्बित नजिर : ने.का.प.२०४२, अंक १, नि.नं.२२२३ ने.का.प.२०६४, अंक २, नि.नं.७८१४ ने.का.प.२०७५, अंक ९, नि.नं.१०१०१ सम्बद्ध कानून : नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री चन्द्रबहादुर सारू काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री टिकाबहादुर हमाल मा.न्या.श्री सहदेवप्रसाद बास्तोला पुनरावेदन अदालत पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम वादी प्रतिवादीहरूले दोहोर्याई हेरिपाउँ भनी दिएको निवेदनमा यस अदालतको मिति २०७१।९।१३, र मिति २०७२।९।२७ मा निस्सा प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ : तथ्य खण्ड हामी फिरादीको पति पिता विपक्षी मोहनप्रसाद शर्माका तीन श्रीमतीमध्ये जेठी श्रीमती म सावित्रीदेवी खतिवडा, माइली श्रीमती शारदादेवी खतिवडा र कान्छी श्रीमती सावित्री खतिवडा भएकोमा जेठी श्रीमती म सावित्रीदेवी खतिवडा तर्फबाट फिरादी नारद खतिवडाको मात्र जायजन्म भएको छ । माइली श्रीमतीबाट तीनजना छोरीहरूको जायजन्म भएकोमा तीनवटै छोरीको बिहे भई आ-आफ्नो घर गइसकेको अवस्था छ । कान्छी विपक्षी सावित्री खतिवडाको तर्फबाट अहिलेसम्म कुनै जायजन्म भएको छैन । परिवारमा ५ जना अंशियार छौं । हामी अंशियारबिच अंशबन्डा भएको छैन । अंशियारहरूको विवाह खर्च पर सार्नु पर्ने अवस्थासम्म छैन । म वादी सावित्रीदेवी खतिवडाको विपक्षी मोहनप्रसादसँग धर्म परम्पराअनुसार २०१५ सालमा विवाह सम्पन्न भएको र हाम्रो सम्बन्धबाट २०२९ सालमा छोरा नारदप्रसाद खतिवडाको जन्म भएको हो । पतिले विपक्षी शारदादेवी खतिवडालाई २०३० सालमा विवाह गरी ल्याउनु भए तापनि हामी एकसाथ बस्दै आएका थियौं । विपक्षी पति पिता नेपाली सेनामा कार्यरत भएको हुँदा नोकरीको सिलसिलामा विभिन्न ठाउँमा जाँदा अधिकांश