निर्णय नं. १०४१९ - निर्णय बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४१९ - निर्णय बदर भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/०५/११ २५५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७६।५।११ ०६८-CI-१३५१ मुद्दा : निर्णय बदर पुनरावेदक : नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंसमेत विरूद्ध प्रत्यर्थी : पश्चिमाञ्चल डेभलपमेण्ट बैंक लि.का प्रबन्ध सञ्चालक लक्ष्मण ज्ञवाली हद तोकिएको अवस्थामा उपल्लो हदको जरिवाना गर्दा सो हदभित्रको जरिवाना गर्नु पर्नाको पर्याप्त स्पष्ट आधार र कारण खोल्नु पर्ने । उपल्लो हदको सजाय नगरी कम सजाय गर्दा पनि न्यायको उद्देश्य पूरा हुने देखिएमा अधिकतम सजाय गर्नु न्यायको दृष्टिकोणले मनासिब नमानिने । (प्रकरण नं.६) पुनरावेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री डिल्लीराम न्यौपाने, श्री रेशम राज रेग्मी, तथा श्री हेमराज अधिकारी प्रत्यर्थीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भीम बन्जारा अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल राष्ट्र बैंक ऐन, २०५८ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ सुरू निर्णय गर्ने अधिकारी : गभर्नर श्री युवराज खतिवडा नेपाल राष्ट्र बैंक पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश डा. श्री कुलरत्न भुर्तेल माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल पुनरावेदन अदालत पाटन फैसला न्या.प्रकाशकुमार ढुंगाना : तात्कालीन पुनरावेदन अदालत पाटनको मिति २०६८/१२/१४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन पर्न आएको यस अदालतको अधिकार क्षेत्रभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ : तथ्य खण्ड पश्चिमाञ्चल डेभलपमेन्ट बैंक लिमिटेडको शाखाहरूको आन्तरिक सजावट तथा फर्निसिङसम्बन्धी कार्यका लागि स्थानीय पत्रिकाहरूमा बोलपत्र आह्वान गर्दा संस्थाको आर्थिक प्रशासन विनियमावली, २०६६ अनुसार बोलपत्रदाता फर्म कम्पनीको सम्पूर्ण विवरण, विगतमा बोलपत्रदाताबाट सम्पन्न परियोजनाको विवरण तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र जस्ता तोकिएबमोजिमका न्यूनतम् कागजातहरू बोलपत्र साथ संलग्न गर्नुपर्ने सर्त राखेकोमा उक्त कागजातहरूसमेत नभएको अवस्थामा बोलपत्र स्वीकार गरेको, प्रायः शाखाहरूको आन्तरिक सजावट तथा फर्निसिङसम्बन्धी बोलपत्र सुपर स्टिल फर्निचर, रूना इण्टरप्राइजेज र गायत्री सप्लायर्सले मात्र पेस गर्ने गरेको र उक्त तीनवटा आवेदनमा एकै व्यक्तिको हस्तलिपि भएको पाइएको हुँदा अन्य फर्महरूको किर्ते कागजात खडा गरी सुपर स्टिल फर्निचर बुटवल–३ रूपन्देहीको बोलपत्र स्वीकृत गरेको देखिएको । उक्त कार्य संस्थाको आर्थिक प्रशासन विनियमावलीको मर्मविपरीत भएको र सो कार्यबाट विभिन्न फर्महरूका बिच स्वस्थ प्रतिस्पर्धा नभई संस्थालाई आर्थिक हानि नोक्सानी हुन गएको देखिएकोले त्यस्ता प्रवृत्ति नियन्त्रण गर्ने जिम्मेवारी बैंकका कार्यकारी प्रमुखको रूपमा रहेका प्रबन्ध सञ्चालकको भएकोमा तपाइँले सो जिम्मेवारी निर्वाह नगरेको हुँदा तपाइँलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ७४ को उपदफा (४) को खण्ड (ग) बमोजिम रू.पाँच लाख जरिवाना गर्नु नपर्ने कुनै उचित कारण भए १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्णयानुसार निर्देशन दिइन्छ भन्ने बेहोराको नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले पश्चिमाञ्चल डेभलपमेण्ट बैंकका प्रबन्ध सञ्चालक श्री लक्ष्मण ज्ञवालीलाई पठाएको पत्र । पश्चिमाञ्चल डेभलपम