निर्णय नं. १०४२० - कर्तव्य ज्यान, जबरजस्ती करणी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४२० - कर्तव्य ज्यान, जबरजस्ती करणी । भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/१२/०३ ४१६१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७६।१२।३ मुद्दाः कर्तव्य ज्यान, जबरजस्ती करणी । ०७१-CR-००४१ पुनरावेदक / वादी : मोटरदास भन्ने रामजी दास तत्माको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बारा, छाताप्रिया गा.वि.स. वडा नं.२ बस्ने शिवजी महतोको छोरा साहेव महतोसमेत ०७५-RC-०१७२ / ०७६-FN-०२२९ पुनरावेदक / वादी : मोटरदास भन्ने रामजी दास तत्माको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बारा, छाताप्रिया गा.वि.स. वडा नं. २ बस्ने पल्टु मुखियाको छोरा विरेन्द्र मुखिया विन ०७४-RC-०१५५ पुनरावेदक / वादी : मोटरदास भन्ने रामजी दास तत्माको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बारा, छाताप्रिया गा.वि.स. वडा नं. २ बस्ने शिवजी महतोको छोरा साहेव महतो गम्भीर प्रकृतिको सजाय हुने मुद्दामा कुनै कारणबाट सम्बन्धित प्रतिवादी उपस्थित हुन नआएको स्थितिमा पनि निजको प्रतिवाद गर्नेसम्बन्धी स्वच्छ सुनुवाइ (Fair trial) को अधिकार सुरक्षित हुन सकोस भन्ने अभिप्रायले न्याय प्रशासन ऐन, २०७३ को दफा १०(४) मा प्रावधान व्यवस्थित गरिएको देखिन्छ । स्वच्छ सुनुवाइको मान्यताअनुसार यो प्रावधान ऐनमा समावेश भएको हो र यसलाई नेपालको संविधानको धारा २०(९) को सापेक्षतामा पनि हेर्न सकिन्छ । तसर्थ प्रतिवादीकी आमाले मुद्दामा अनुपस्थित रहेको छोराको हकमा भनी पेस गरेको निवेदन बेहोरालाई समेत हेरी, सोलाई समेत जानकारीमा लिई न्याय निरूपण गर्नु पर्ने । (प्रकरण नं.३) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रूद्रप्रसाद आचार्य प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान् अधिवक्ता श्री मन्जुल गौतम अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०७३ सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री अवधविहारी सिन्हा बारा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- मा. न्यायाधीश श्री जीवनहरि अधिकारी माननीय न्यायाधीश श्री उमेशकुमार सिंह पुनरावेदन अदालत हेटौंडा फैसला न्या.ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- जिल्ला बारा, छातापिप्रा गा.वि.स. वडा नं. १ स्थित सरेसवा खोला जमीनमा निलो रंगको च्यादर विच्छाई सुतेको अवस्थामा मृत अवस्थामा रामदुलारी दासको लास रहेको, मृतक नजिकै कलेजी रंगको चप्पल मिलाएर राखेको, टाउको मुनि तथा वरपर रगत बगेको, रगतको छिर्का उछिटिएको, मृतक लासको बायाँ गाला निलो भई फुलेको, नाकबाट रगत बगेको, बायाँ कानको लोती काटी रगत बगेको, निधारमा अं. ७ इन्च गोलाईको कडा वस्तुले प्रहार गरी छाला च्यातिई सोबाट रगत बगी अनुहारमा लागेको, योनि वरपर तरल पदार्थ देखिएको भन्ने बेहोराको घटनास्थल लासजाँच मुचुल्का । मिति ०६७।११।४ गते राति मेरो छोरी रामदुलारी देवीलाई छोरीले प्रयोग गरेकै ९८१५२८२६७१ नं. को मोबाइलमा को-कसले सम्पर्क गरी बोलाई घटनास्थलमा लगी कर्तव्य गरी मारेको हुँदा अपराधीलाई पत्ता लगाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मृतककी आमा भागमती देवी दासको कागज र सोही बेहोराको मृतकको बुबा रामजी दासको जाहेरी दरखा