निर्णय नं. ४४१३ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४१३ - परमादेश भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/११/०४ २६१२ निर्णय नं. ४४१३ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४८ सालको रि.नं. १३७९ आदेश भएको मिति: २०४८।११।४।१ मा निवेदक : का.न.पा. लाजिम्पाट धोविचौर डेरागरी बस्ने बेन्जामिन पिटरसमेत विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार, गृहमन्त्रालयसमेत (साविक पेज नं. ७४९) विषय : परमादेश (१) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को व्यवस्था सामान्य प्रकारको हो र सोही संविधानको भाग २ को नागरिकता सम्बन्धी व्यवस्था विशेष प्रकारको हो, त्यसकारण यो विशेष व्यवस्था सामान्य व्यवस्था अनुरुप भएन भन्ने कुरा मान्य हुने होइन । श्री ५ को सरकारले यस विशेष व्यवस्थाको विपरीत हुने गरी कुनै सम्झौता गरेको छ अथवा गर्दछ भने पनि त्यो लागू हुन नसक्ने । (प्रकरण नं. ६) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री किरणकुुमार शर्मा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ । २. हामी निवेदक लोग्ने स्वास्नी मध्ये जोन पिटरको नाती, वटो विटरको छोरा स्वीटजरलैण्डको नागरिक वर्ष २८ को वेन्जामिन पिटर र खुमबहादुर तिलिजाको छोरी धवलागिरी अञ्चल म्याग्दी जिल्ला शिख गा.वि.स. वडा नं. ५ घर भई हाल का.जि.का.न.पा. लाजिम्पाट धोविचौर डेरा गरी बस्ने वर्ष २२ की मीनाकुमारी तिलिजाको मिति २०४७।१।२५ मा विधिवत रुपले जिल्ला कार्यालय काठमाडौंमा विवाह दर्ता समेत गरी लोग्ने स्वास्नीको हैसियतले बसेका छौं । हाल हाम्रो एक सन्तान छोरा समेतको जायजन्म भइसकेको छ नेपाल कानुनको विदेशी सम्बन्धी नियमावली, २०३२ र सो संशोधन २०४५ समेतबाट नेपालमा भिसा सम्बन्धी कुरामा नेपाली पुरुष नागरिक र स्त्री नागरिक बीच भेदभाव गरेकोले हाम्रो घरवार बसाउने प्राकृतिक अधिकारमा समेत आघात पर्न गएकोले उपचारको लागि निवेदन गर्न आएका छौं । विदेशी सम्बन्धी नियमावली, २०३२ को नियम १४ (३) मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएको विदेशी स्वास्नी मानिसले भिसाको म्याद थप्नु पर्ने छैन र त्यस्तो वैवाहिक सम्बन्ध कायम रहुन्जेल र त्यसपछि तीन महिनाको सम्मको लागि निजको भिसा बहाल रहेको मानिने छ भन्ने व्यवस्था गरेको छ भने उक्त नियमावलीको संशोधन, २०४५ नियम १४(४) मा उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली स्वास्नी मानिससंग वैवाहिक सम्बन्ध भएका विदेशी लोग्ने मानिसलाई साधारणतया १ वर्ष भित्र अधिकतम् ४ महिनाको लागि मात्र गैरपर्यटक भिसा दिइने छ भन्ने व्यवस्था गरेको छ । माथि उल्लेखित व्यवस्थाबाट नेपाली पुरुष नागरिकलाई एक प्रकार र नेपाली स्त्री नागरिकलाई अर्को प्रकारको व्यवहार गरेको छ भने स्वयं विदेशी पुरुष र स्त्रीलाई पनि भेदभावपूर्ण व्यवहार गरेकोले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को समानताको हक विरुद्ध भएकोले सो नियम बदरभागी छ । भिसाको म्याद थप गरी माग्नका लागि निवेदन दर्ता गर्न भनी सम्बन्धित केन्द्रीय अध्यागमन कार्यालयमा जाँदा निवेदन दर्ता गर्न समेत इन्कार गरी सामान्य व्यक्ति उपर गरिने व्यवहार समेत गएिन, जसको यसै सम्मानित सर्वोच्च अदालतमा २०४६।८।२० को रिट नं. मा मिति २०४७।४।१० मा ग्लेन ब्र्र्राडफोर्ड सिमन्स, विरुद्ध गृह मन्त्रालय र केन्द्रीय अध्यागमन कार्यालय भएको परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरी पाउ