निर्णय नं. १०४२४ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४२४ - परमादेश भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/१०/१२ ३०२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।१०।१२ ०६९-CI-१०५२ मुद्दा:- परमादेश पुनरावेदक / निवेदिका : राजमानको नातिनी हरिभक्तको छोरी भक्तपुर जिल्ला झौखेल गाउँ विकास समिति वडा नं.८ बस्ने कविता आगन्जा विरूद्ध प्रत्यर्थी / विपक्षी : भक्तपुर जिल्ला झौखेल गाउँ विकास समिति वडा नं.८ स्थित झौखेल गाउँ विकास समितिसमेत संविधानमा कुनै व्यक्तिको जन्म हुँदा निजको बाबु वा आमा नेपालको नागरिक रहेमा नेपालभित्र फेला परेको पितृत्व वा मातृत्वको ठेगान नरहेको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्ने व्यवस्था तथा नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई समेत वंशजको आधारमा नागरिकता दिने व्यवस्थाहरू आलंकारिक व्यवस्था होइनन् । ती व्यवस्था कार्यान्वयन गराउनु सबै सम्बन्धित निकायको कर्तव्यभित्रको विषय हुने । (प्रकरण नं.१०) निवेदन दिएको दश वर्षभन्दा बढीको समय हुँदासमेत निवेदकले पेस गरेको कागजमा उल्लिखित नाता वास्तविक हो वा होइन सो नाताको आधारमा नभए कुन कानूनी आधारमा सिफारिस गर्न सकिन्छ भन्ने सम्बन्धमा टुङ्गो नलाग्दा निज हालसम्म राज्यविहीन अवस्थामा बसेको देखिने । कुनै पनि विषयमा लामो समयसम्म पनि अनिर्णित अवस्थामा रहनुलाई कुनै पनि कारणले उचित मान्न सकिँदैन । अरूलाई दोष पन्छाएर कोही कसैले पनि आफ्नो जिम्मेवारी तथा उत्तरदायित्वबाट उन्मुक्ति पाउन नसक्ने । (प्रकरण नं.११) पुनरावेदक / निवेदिकाका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री उमेशप्रसाद गौतम तथा विद्वान् अधिवक्ताहरू श्री उपेन्द्रप्रसाद अर्याल र श्री रिना डंगोल प्रत्यर्थी / विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान स्थानीय स्वायत्त शासन ऐन, २०५५ नेपाल नागरिकता ऐन, २०६३ पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल माननीय न्यायाधीश श्री सत्यराज गुरूङ उच्च अदालत पाटन आदेश न्या.अनिलकुमार सिन्हा : उच्च अदालत पाटनको मिति २०६९।१०।३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) (क) अन्तर्गत यस अदालतमा निवेदिकाको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य-खण्ड म निवेदिका भक्तपुर जिल्ला झौखेल गा.वि.स. वडा नं.८ बस्ने हरिभक्त र नारायणमायाको छोरी, रामचन्द्र आगन्जाकी बहिनी भई हालसम्म एकासगोलमा बसी आएको र २०६४ सालमा एस.एल.सी. र २०६७ सालमा १२ कक्षामा उत्तीर्ण गरेको शैक्षिक एवं चारित्रिक प्रमाण पत्रसमेत प्राप्त गरेको छु । मैले वंशजको नाताले नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्ने कुरामा शंका छैन । नागरिकता प्रमाण पत्र जिल्ला प्रशासन कार्यालयले दिने भए पनि जन्मस्थान र नाता खुल्ने गरी स्थानीय निकायको सिफारिस लिनुपर्ने हुन्छ । सो सिफारिस लिनको लागि म गाउँ विकास समिति कार्यालय, झौखेलमा जाँदा उक्त कार्यालयका पियन राजेश सिजख्वाले मसँगको व्यक्तिगत रिसइवीका कारण तत्कालीन गा.वि.स. सचिव धातामणी पोखरेलले नागरिकताबाट वञ्चित गराउन सर्जमिन कागजहरूमा समेत सही गराउन खोजेको र निजको सचिवको सरूवा भइसकेपछि पुन: सिफारिसको निम्ति जाँदा सो गा.वि.स. कार्यालयका पियन राजेश सिजख्वाले आफू उक्त कार्यालयमा रहेसम्म सिफारिस